
पोखरा,
एल.जी.एसोसिएसन यु.के.ले पोखरा ९ स्थित वसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।विद्यालयमा एक कार्यक्रमका विच ५ थान कम्प्युटर हस्तान्तरण गर्न पाउँदा खुशी रहेको एल।जी। एसोसिएन नेपालका अध्यक्ष डम्बर जंग गुरुङले बताए ।

पोखरा मनपा वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले स्वागत मन्तव्य गरेकी थिइन् । विद्यालयको भौतिक, सामाजिक र शैक्षिक अवस्था वारे समेट्दै सहयोगी दाताहरु र अतिथीहरुलाई स्वगत गरेकी थिइन् । कार्यक्रममा विशेष अतिथी द्वय एल।जी। एसोसिएन नेपालका अध्यक्ष डम्बर जंग गुरुङ र एल।जी। एसोसिएसन नेपालका वरिष्ठ सल्लाहकार सुनिल गुरूङ ले रू ८० हजार रुपैँया वरावरको ५ थान कम्प्युटर विद्यालयलाई सामूहिक रुपमा हस्तान्तरण गरे । मन्तव्यका क्रममा वरिष्ठ सल्लाहकार सुनिल गुरुङले एल।जी।
सोसिएसन नेपालको विभिन्न देशहरुमा शाखा रहेको जनाउदै यु।के।, हङ्कङ, जापान, अष्ट्रेलिया लगाएतका शाखाहरुद्वारा विभिन्न सामाजिक कार्यहरुमा सहभागी भइरहेको बताउँदै एल।जी फेष्ट यु।के।का संयोजक राजेन्द्र गुरुङ ९कान्छा० लाई स्मरण गर्दै एल। जी एसोसिएसन यु।के का सदस्यहरु एवम् एल।जी। परिवारलाई धन्यवाद व्यक्त गरे । विशेष गरि एल।जी एशोसिएसनको पहलमा हुने एल।जि। फेष्ट अन्तरगत बिभिन्न स्थानहरुमा साँस्कृतिक कार्यक्रमहरु सञ्चालन गर्ने गरेको जानकारी गराउँदै उक्त साँस्कृतिक कार्यक्रममा संकलित रकमद्वारा विभिन्न सामाजिक कार्यहरुमा सहभागी हुने गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथी पोखरा ०९, का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सहयोगी दाताहरु प्रति आभार व्यक्त गर्दै एल।जि। एसोसिएसन परिवारलाई वडा संग पनि समन्वय गरि आगामि दिनहरुमा कार्यक्रम गर्न उत्सुक रहेको बताए ।
कार्यक्रमको समापनका क्रममा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विक्रम थकालीले सहयोगी दाताहरुप्रति धन्यवाद व्यक्त गर्दै प्रदान गरेको कम्प्युटर मार्फत विद्यार्थीहरुको शिक्षण सिकाई र आधुनिक विश्वसंग परिचित हुन प्रभावकारी हुने बताए । सोहि क्रममा एल।जी। एसोसिएसन नेपाल एन्फा प्रेसिडेन्ट कपमा सहभागिताका लागि गण्डकी प्रदेशबाट छनौट हुन सफल भएकोमा बधाई व्यक्त गर्दै सफलताको लागि शुभकामना प्रकट गरे त्यसैगरि एल।जी फेष्ट यु।के।द्वारा सञ्चालित कार्यक्रममा सहभागी दर्शक, कलाकारहरुलाई धन्यवाद ज्ञापन गर्दै एल।जी। एशोसिएसन नेपालको संस्थापक तथा एल।जी। फेष्ट यु।के।का संयोजक राजेन्द्र गुरुङ ९कान्छा०लगाएत टिमका सम्पूर्ण सदस्यहरुको योगदानको प्रसंशा गरे ।
विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेको कार्यक्रममा सहयोगी दाताहरु, एल। जी। एसोसिएसन नेपालका पदाधिकारीहरु, एन्फा कास्कीका अध्यक्ष उज्वल रञ्जित, बिद्यालयका सल्लाहकारहरु, समिति पदाधिकारी, सहारा क्लबका अध्यक्ष केशवराज बराल, पूर्व अध्यक्ष तथा वर्तमान एवम् निवर्तमान पदाधिकारीहरु, विभिन्न संघसंस्थाका पदाधिकारीहरु,छिमेकी टोल विकास संस्था तथा आमा समूहका पदाधिकारीहरु, अभिभावक, शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थयो ।



