पुष १४ देखि पोखरा कप अन्तर क्लव स्तरिय खुला पुरुष भलिबल प्रतियोगिता हुने
दीननाथ बराल पोखरा १८, मंसिर आउदो पुष १४ गते देखि पोखरा कप अन्तर क्लव स्तरिय खुला पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको छ । आउदो पुषको १४ देखि १६ गतेसम्म पोखरा ६ लेकसाइडमा रहेको बसुन्धरा पार्कमा उक्त प्रतियोगिता हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । रेवान पोखराको २५ औं सडक महोत्सवको अवसरमा उक्त प्रतियोगिता हुने भएको पोखरा महानगरपालिका भलिबल संघका अध्यक्ष राम बहादुर लामिछानेले बताउनु भयो । प्रतियोगितामा करिब १२ टिमको सहभागिता हुने आफुहरुले अपेक्षा…
पुरा पढौ
युनाइटेड क्लबद्धारा रुकुम पश्चिका भुकम्प प्रभावितलाइ न्यानो कपडा वितरण
पोखरा १८, मंसिर युनाइटेड क्लब पोखराले आफ्नो सामाजिक कार्यक्रम अन्तर्गत भुकम्प प्रभावित क्षेत्रमा पुगी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकलाई सिरक र विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । देउसीभैलो कार्यक्रम गरी बचत भएको रकमबाट स्थापित विपद ब्यवस्थापन कोष मार्फत युनाइटेड क्लबले कार्तिक १७ गते जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु बनाइ गएको भुकम्पबाट प्रभावित रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १० बिसौनीचौरका बासिन्दालाई मध्यनगर गरी सोही स्थानमा रहेको ऐश्वर्य आधारभुत आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र उनका अभिभावकहरुलाई सिरक वितरण गरिएको हो ।…
पुरा पढौ
कास्कीमा नयाँ दर्ता हुने सवारी साधनलाई अब इम्बोस्ड नम्बर अनिवार्य
दीननाथ बराल पोखरा १७, मंसिर केही समय अनिवार्य गरिएको इम्बोस्ड नम्बर कास्कीमा नयाँ दर्ता हुने सवारी साधनबाट पुनः इम्बोस्ड नम्बर अनिवार्य गरिएको छ । यातायात व्यवस्था कार्यालय सवारी, कास्कीमा नयाँ दर्ता हुने सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न अनिवार्य गरिएको हो । यातायात व्यवस्था कार्यालय सवारी कास्कीले २०८० मंसिर १० गतेबाट अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न सूचना जारी गरेको थियो । पहिलो चरणमा नयाँ दर्ता गरेकाहरुको लागि अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न आव्हान गरिएको यातायात व्यवस्था कार्यालय सवारी कास्कीका कार्यालय…
पुरा पढौ
बिमा र दुर्घटनाको जोखिम व्यबस्थापन गर्दा पृथ्वी राजमार्ग बस संचालक कम्पनीलाई यस बर्ष ९२ लाखको आर्थिक भार
दीननाथ बराल पोखरा १७, मंसिर पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि.ले यस आर्थिक बर्ष २०७९÷२०८० बाट बिमा र दुर्घटना जोखिम व्यबस्थापनमा सहजीकरण गर्दा करिब ९२ लाखको आर्थिक भार परेको छ । गत बर्ष सामान्य ढंगले संचालन भएको प्रा.लि.ले यस बर्ष देखि सवारी दुर्घटनाको बिमा देखि दुर्घटना व्यबस्थापनमा सहजीकरण गर्दा यस बर्ष ९२ लाख ७३ हजार ६६ रुपैया आर्थिक भर पर्न गएको प्रा.लि.का अध्यक्ष योगेन्द्र बहादुर के.सी.ले बताउनु भयो । उक्त आर्थिक भारलाई संस्थाले अघिल्लो बर्षको केही बचत रकम सहित आन्तरिक…
पुरा पढौ
बेगनासतालमा मोटरबोट बन्द गर्न महानगरको निर्देशन
दीननाथ बराल पोखरा १७, मंसिर विगत ६ महिना देखि बेगनासतालमा संचालनमा रहेको मोटरबोट बन्द गर्न निर्देशन दिइएको छ । बेगनासताल डुंगा व्यवसायी समितिलाई एक पत्र लेखेर पोखरा महानगरपालिकाले मोटरबोट बन्द गर्न निर्देशन दिएको हो । मोटरबोट सञ्चालन गर्दा अन्य डुंगा व्यवसायमा असर पु¥याएको, माछा लगायतका जलचरको प्रजनन तथा विकासमा प्रत्यक्ष असर गरेको जनगुनासो आएका कारण महानगरले तत्काल मोटरबोट बन्द गर्न आदेश दिएको आदेश जारी गरेको पत्रमा उल्लेख गरिएको छ । मोटरवोट सञ्चालन गर्दा अनुमति नलिएको भनि बेगनासताल मत्स्य व्यवसायी समिति…
पुरा पढौ
१६ औं हिसान कास्की स्पोर्टस मिटको उपाधि प्रतिभाले उचाल्यो
पोखरा १७, मंसिर उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० कास्कीको आयोजनामा आइतबार सम्पन्न १६ औं हिसान कास्की स्पोर्टस मिटको उपाधि प्रतिभा माविले उचालेको छ । पोखरा रंगशालामा सम्पन्न स्पोर्टस मिटमा सर्वाधिक २२ अंक बटुल्दै प्रतिभाले उपाधि उचालेको हो । गत सस्करणको समेत उपाधि विजेता रहेको प्रतिभाले छात्र–छात्र बास्केटबलमा प्रथम, टेवुल टेनिसमा ७ पदक तथा व्याडमिन्टनमा एक पदकका साथ कूल २२ अंक बनाउँदै रनिङ शिल्ड आफै संग राख्न सफल भएको हो । सम्पन्न स्पोर्टस मिटमा करुणानिधी मावि कुल १६…
पुरा पढौ
व्यापार मेलामा जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुलाई प्रवेश निःशुल्क
पोखरा,१७ मंसिर पोखराको नयाँबजारमा मंसिर २१ गतेबाट सुरु हुने ३२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेलामा जेष्ठ नागरिक तथा अपाङ्ता भएकाहरुलाई प्रवेश निःशुल्क हुने भएको छ । मेला प्रवेशको लागि सर्वसाधारणको लागि एक सय रुपैयाँ र विद्यार्थीको हकमा ६० रुपैयाँ टिकट कायम गरिए पनि जेष्ठ नागरिक र अपाङ्ता भएकाहरुको सम्मानका निम्ति निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजक संस्था पोखरा उद्योग वािणज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए । ‘हामीले आयोजना गर्ने मेला उद्यमशीलता विकासको पुनित कार्यमा समर्पित छ,हामी मेलामा बढीभन्दा बढी…
पुरा पढौ
पोखरेली टेनिस खेलाडीहरु टेनिस टुर गर्दै चितवनमा
पोखरा १७, मंसिर टेनिस टुरका लागि चितवन आइपुगेका पोखरेली टेनिस खेलाडीको एउटा समुले चितवनमा मैत्रीपूर्ण टेनिस खेलेका छन् । उनीहरु चितवनस्थित प्रिमियर टेनिस एकेडेमीमा सिंगल्स तथा डबल्सका प्रतिस्पर्धाका लागि कोर्टमा उत्रिए । नौं सदस्यि टेनिस टोलीमा खेलाडीहरु गोपीबहादुर भट्टराई, सूर्यबहादुर भुजेल, धरम बहादुर लामिछाने, राज गुरुङ्ग, भिष्मराज पौडेल, विश्वराज पौडेल, बिरेन्द्र लामा, लक्ष्मण लामा, विनय थापा, देव श्रेष्ठ रहेका छन् । चितवनको भरतपुरस्थित उक्त टेनिस एकेडेमी खैरहनी नगरपालिका–१३, गवइक कुमार जंग क्षेत्रीले सञ्चालन गरेका हुन् । साढे दश कठ्ठा जग्गा…
पुरा पढौ
सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न
पोखरा १७, मंसिर सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न भएको छ । २०६३ मा स्थापना भएको सहकारी ऐन नियम अनुसार समुदाय विकास कार्यक्रमका लागिा रेडियो सराङ्गकोट, सङ्गै सदस्यको आर्थिक विकासको लागि बचत तथा ऋण कारोबार गर्दै आएको छ । साधारण सभाको शुभारम्भ गर्दै राष्ट्रिय सहकारी बैंकका क्षत्रीय प्रमुख नरेश पाण्डेले संस्थालाई स्ंस्थालाई दिर्घकालिन रुपमा अगाडी बढाउन , जगेडाकोष बृद्दि सङ्गै सदस्यहरुले मेरो सहकारी भन्ने भावनाको विकास गराउनुपर्ने बताए समाजको विकासमा सहकारीको भुमिका महत्वपूर्ण रहेकोले सबै सहकारी एउटै टोकरीमा…
पुरा पढौ
पवित्र साकोसको विद्यार्थी सम्मान
१७ मंसिर पोखरा पवित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शैक्षिक सत्र २०८० सम्ममा १०+२ देखि विद्यावारिधि तह पूरा गरेका शेयर सदस्य र सदस्यका छोराछोरी गरी २२ जनालाई सम्मानित गरेको हो । विद्यार्थीलाई संस्थाका सल्लाहकार श्रीबहादुर रानाभाट, ठाकुरप्रसाद रानाभाट र अध्यक्ष बुद्धिबहादुर रानाभाटलगायतले सम्मान अर्पण गरेका थिए । संस्थाका सल्लाहकार श्रीबहादुर रानाभाटले विद्यार्थी भाइबहिनीलाई सही बाटोमा डो¥याउन स–साना सम्मान र प्रोत्साहनले पनि ठूलो प्रेरणा मिल्ने धारणा राखे । रानाभाट÷भाट समाज नेपालका कास्की…
पुरा पढौ

