देश तथा समाज पत्रिका

पार्टीकारितामा कलम सुताएर पत्रकार बन्न सकिँदैन

पोखरा २६, कार्तिक शनिवार पोखरामा सम्पन्न एक कार्यक्रमका वक्ताले पत्रकारिता क्षेत्रलाई मजबुद बनाउन पत्रकार स्वयम्ले पार्टीकारितामा कलम सुताउन नहुने धारणा राखेका छन् । स्वतन्त्र पत्रकार संघ कास्कीको ११ औं वार्षिक साधारण सभाका वक्ताले उक्त कुरामा जोड दिएका हुन् । सभाको उद्घाटन गर्दै संघका ज्येष्ठ पत्रकार उदयबहादुर अमात्यले स्वतन्त्र पत्रकारिता समुन्द्र भएकाले समुन्द्रसम्मको यात्रामा आउने उज्झनमा डगमगाउन नहुने बताए । संघका संस्थापक केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले आफ्नो कलम पार्टीकारितामा सुताएर पत्रकार बन्न खोज्नेहरू स्वतन्त्र पत्रकारिताको तपस्यामा नअटाउने धारणा राखे । संघकी… पुरा पढौ

राष्ट्रिय माविको हीरक जयन्तीका लागि भेला, मुल आयोजक र कार्य सम्पादन समिति गठन

पोखरा, २६ कार्तिक स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक जयन्ती मनाउने तयारीमा जुटेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले शनिबार सरोकारवालको भेला सम्पन्न गरेको छ । आउदो मंसिर २० गते विद्यालय आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गदैछ । हीरक जयन्तीको पुर्व सन्ध्यामा शनिबार विद्यालयमा अध्य्यन गरेका पुर्व विद्यार्थी, पुर्व शिक्षक÷कर्मचारी, पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सदस्य, पुर्व शिक्षक अभिभावक संघका पदाधिकारी र सदस्य सगै सरोकारवाला बिचको भेला… पुरा पढौ

पोखरामा विद्युतीय गाडी सेरेस–३ को डेलिभरी सुरु

पोखरा २६, कार्तिक विद्युतीय गाडी सेरेस–३ को डेलिभरी पोखरामा सुरु भएको छ । सेरेसका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता थापा मोटर्सले गाडी बुकिङ गर्ने ग्राहकलाई डेलिभरी दिन सुरु गरेको हो । तिहार अगाडि नै १० जना ग्राहकले सेरेस गाडी गुडाउन पाउने गरी डेलिभरी सुरु गरिएको प्रालिका सञ्चालक राज बजिमयले जानकारी दिए । उक्त इलेक्ट्रिक कारले पोखरा क्षेत्रका उत्साहजनक प्रतिक्रिया पाइरहेको उनले बताए । ‘ग्राहकबाट प्राप्त प्रक्रियाबाट हामी उत्साही छौं,’ उनले भने, ‘यो गाडी विद्युतीय सवारी मध्येमा पहिलो रोजाईमा पर्नेमा हामी… पुरा पढौ

एलजि एसोसिएसनले जित्यो लामाचौर कप फुटबलको उपाधि

पोखरा २६, कार्तिक प्रथम लामाचौर कप फुटबल प्रतियोगिता २०८० को उपाधि एलजि एसोसिएसनले जितेको छ । एलसी ब्रदर्स युनाइटेड आयोजनामा लामाचौर फुटबल मैदान, गोस्तेघाटमा शनिबार भएको फाइनलमा एन टु कफि सप टुँडीखेललाई सडेनडेथमा ५–४ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । च्याम्पियन बनेको एलजिले नगद २ लाख रुपैयाँसहित सिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता एन टुले १ लाख रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपर्‍यो । विजेता खेलाडीहरुलाई पूर्व खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, क्लबका अध्यक्ष शंकर केसी, खेल… पुरा पढौ

पुन समाज बन्यो देउसी भैलो च्याम्पीयन

पोखरा २६, कार्तिक पोखरा टेलिभिजनले नेपालमै पहिलो पटक आयोजना गरेको मौलिक देउसी भैलो महोत्सवमा पुन समाज पोखरा च्याम्पियन बनेको छ । बिभिन्न स्थान बाट छनौट भई उत्कृष्ठ सात टोलीले प्रतिशपर्धा गरेकोमा पुन समाज मौलिक देउसी भैलो च्याम्पीयन २०८० बन्न सफल भएको हो । च्याम्पियन टोलीले नगद पन्ध्र हजारको साथमा ट्रफि तथा प्रमाण पत्र प्राप्त गरेको छ । पोखरा उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रमको उद्धघाटन गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुुुसिला सिंखडाले गर्नुभएको थियो । कार्यक्रमको उद्धघाटन गर्दै… पुरा पढौ

आठबिसकोटका भूकम्पपीडितलाई पब्लिक टिभीले बाँड्यो १० लाखको राहत

पोखरा २६, कार्तिक पब्लिक फोर के टेलिभिजनले भूकम्पपीडितलाइ राहत वितरण गरेको छ । रुकुमको आठविसकोट नगरपालिकाका भूकम्पपीडितलाई टेलिभिजनले राहत वितरण गरेको हो । शनिबार आठविसकोटका भूकम्पले प्रभावित १ सय परिवारलाई राहत वितरण गरेको टेलिभिजनका प्रबन्ध निर्देशन मन क्षेत्रीले बताए । १० लाख रुपैयाँ बराबरको राहत सामाग्री बाँडेको उनले जानकारी दिए । भूकम्पले घरबार गुमाएर राहत अतिआवश्यक परिवारलाई छनोट गरेर दिएको उनले जानकारी दिए । ‘तत्काललाई खान र बस्नमिल्ने खालको राहत वितरण गरेका छौं’, क्षेत्रीले भने । उनका अनुसार त्रिपाल ब्ल्यांकेट,… पुरा पढौ

विपद ब्यवस्थापन कोषको सहयोगार्थ युनाइटेडको देउसीभैलो

कार्तिक २६, पोखरा प्रत्येक वर्ष जस्तै यो वर्षपनि युनाइटेड क्लव पोखराले विपद ब्यवस्थापन कोष सहयोगार्थ देउसीभैलो कार्यक्रम गर्ने भएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि पोखरामा खुल्ला चिडियाखाना निर्माणको अवधारणा संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाइटेड क्लवले दिपावलीको अवसर पारी आगामी कार्तिक ३० गते पोखरा अमरसिंह चोकमा देउसीभैलो कार्यक्रमको आयोजना गर्ने भएको क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । विगतका वर्षहरुमा जस्तै यो पटक पनि युनाइटेड क्लबले आफ्नो विपद ब्यवस्थापन कोषको सहयोगार्थ देउसीभैलो कार्यक्रमको आयोजना गर्न… पुरा पढौ

पोखराको सेतीनदीमा दुई वटा अत्याधुनिक पुलको शिलन्यास

दीननाथ बराल पोखरा २६, कार्तिक पोखराको पृथ्बीराजमार्ग अन्र्तगत पर्ने पृथ्बीचोक क्षेत्र (चाइनापुल) नजिक सेतीनदी माथि निर्माण हुन लागेको अत्याधुनिक डिजाइनका दुई वटा पक्की पुलको शिलन्यास गरिएको छ । पोखराको सेतीनदी माथि टावर सहितको दुई वटा पक्की पुल निर्माण गर्ने कामको अनौपचारिक रुपमा केही समय अघि देखि सुरु भए पनि यसको औपचारिक रुपमा शनिबार एक समारोहका बिच शिलन्यास गरिएको हो । रसुवा कन्स्ट्रक्सन कम्पनीले १ अर्ब ७ करोड २४ लाख २६ हजार ५ सय रुपैयाँ (भ्याट सहित) निर्माण गर्न लागेको उक्त… पुरा पढौ

पोखरामा यस बर्ष करिब २ करोडको फूलको कारोवार हुने अपेक्षा

दीननाथ बराल पोखरा २६, कार्तिक नेपालीहरुको अर्को ठुलो चार्ड तिहार पर्वको अवसरमा पोखरा यस बर्ष पनि करिब २ करोड मुल्य बराबरको फूलको कारोवार हुने अपेक्षा गरिएको छ । गण्डकी प्रदेशको राजधानि पोखरामा यस बर्ष पनि स्थानिय जातको फूल सहित उन्नतजातको सयपत्री फूलको करिब तिहार पर्वको अवसरमा दुई करोड भन्दा बढीको कारोवार हुने भएको व्यवसायीहरुले अपेक्षा गर्नु भएको छ । एक करोड मुल्य बराबरको पोखराका नर्सरी व्यवसायी र एक करोड मुल्य बराबरको व्यवसायीक कृषक तथा केही साना किसानबाट फुलको कारोवार हुने… पुरा पढौ

आज धनधान्यकी देवी लक्ष्मीको पूजा गरिदै ,कुकुर तिहार पनि आजै

पोखरा २६ कार्तिक । यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक… पुरा पढौ