
पोखरा १४, माघ
योङ्ग कम्युनिस्ट लिग(वाईसिएल) एबम अनेरास्ववियु क्रान्तिकारी युवा संगठनलाई सामाजिक मुद्धा उठाउन आग्रह गरिएको छ । योङ्ग कम्युनिस्ट लिग (वाईसिएल) एबम अनेरास्ववियु क्रान्तिकारी पोखरा २२ को युवा भेलाको अवसरमा वोल्ने वक्ताहरुले समाजमा धेरै वेतिथी भएको र सरकारबाट हुने विकास निर्माणमा ढिला सुस्ती भएकोले उक्त कार्यलाई छिटो गर्न खबरदारी गर्न आग्रह गरिएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी माओबादि केन्द्रका केन्द्रिय सदस्य एबम,गण्डकी प्रदेशका पुर्ब अर्थमन्त्री राम्जी प्रसाद बराल (जिबन) उक्त कार्यक्रमको उद्घाटन गर्दै युवा संगठनहरु समाजको नमुना भएर काम गर्न आग्रह गर्नु भयो । उक्त युवा भेला कार्यक्रम को अध्यक्षता योङ्ग कम्युनिस्ट लिग पोखरा २२ का निर्बतमान अध्यक्ष हेमराज बराल रहनु भएको थियो । कार्यक्रम सन्चालन सुदिप बराल ले गर्नु भएको थियो ।

भेला बाट अनेरास्ववियु क्रान्तिकारी पो।म।न।पा(२२ को प्रथम अधिबेशनबाट सुदिप बराल को नेतृत्व मा कार्यसमिति गठन भयो भने, सनत कुमार बराल को नेतृत्वमा योङ्ग कम्युनिस्ट लिल (वाईसिएल) पोखरा २२ को कार्यसमिति गठन भएको छ । उक्त भेलामा नेपाल कम्युनिस्ट पार्टी माओबादि केन्द्रका केन्द्रिय सदस्य एबम,गण्डकी प्रदेशका पुर्ब अर्थमन्त्री राम्जी प्रसाद बराल(जिबन) ले आगामी दिनहरुमा युवाहरु लाइ ससक्त बनायर युवा लिडर एबम एउटा होनहार खेलाडी बनाउन आर्थिक एबम भौतिक सहयोग सदैब दिने प्रतिबद्दता व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना सहित आफ्ना भनाइ राखेको कार्यक्रम संयोजक सुदिप बरालले जानकारी दिनुभयो



