पोखरा १३, माघ
पोखरामा आज (शनिबार) देखि खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० सुरु भएको छ । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना उक्त प्रतियोगिता सुरु भएको हो ।
यही माघ २८ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन पोखरा ६ स्थित वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले गर्दै संसारमा लोकप्रिय खेल स्नोकरलाई नेपालमा अझै व्यबस्थित बनाउनु पर्ने बताउनु भयो । खेलकुदले व्यक्तिलाई आत्म अशुसासन, समाजमा शान्ति सुरक्षा समेत कायम गर्न मद्वत पुग्ने उहाँले बताउनु भयो । स्नोकर खेलको नेपाली समाजमा हेर्ने दृष्टिकोण अझै परिवर्तन गर्न आवश्यक भएको बताउनु डिएसपी श्रेष्ठले खेलाडीहरु अन्य भन्दा बढी अनुशासित र मर्यादित बन्न सुझाव दिनु भयो । नेपाली समाजमा स्नोकर खेललाई हेर्न दृष्टिकोटमा परिवर्तन हुदै आएको उहाँको भनाई थियो ।
संघका केन्द्रीय अध्यक्ष सरोज मुल्मीले २०५२ सालमा नेपालमा स्नोकर संघ गठन भएको र कास्कीमा पहिलो शाखा विस्तार भएको उल्लेख गर्दै तर राखेपले यस खेलको प्रबद्र्धनमा खासै सहयोग नगरेको गुनासो गर्नु भयो । ७७ जिल्लामा स्नोकर खेल पुगेको दाबी गर्दै उहाँले नेपालकै उत्कृष्ट मध्यको एक स्नोकर हाउस फाईनल स्कोर हाउस भएको जनाउनु भयो । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्नोकर प्रतियोगिता गर्ने तयारी गरेको उहाँले बताउनु भयो । नवौं राष्ट्रिय प्रतियोगिता स्नोकर नसमेटिएको उहाँले गुनासो गर्नु भयो । स्नोकर खेलको अन्तरािष्ट्रय मान्यता प्राप्त संस्था एबिएस, आबीएससंग समन्वय गरेको अध्यक्ष मुल्मीले बताउनु भयो । खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा सहभागी गराउन कठिन भएको अध्यक्ष मुल्मीले बताउनु भयो । ४ सय ५० काठमाडौंमा स्नोकरको क्लव भएको संघले जनाएको छ । १६ जिल्ला गठन भएको खेल गतिविधि नगरे संघ खारेज गर्ने उहाँले चेतावनी दिनु भयो ।
संघ कास्कीका संस्थापक अध्यक्ष वसन्त गौचनले यस खेललाई करिब ४ दशक अघि ८ जना खेलाडीहरु मत्र खेल्ने गरेकोमा हाल यस खेल भद्र व्यक्तिहरुले शान्त र शारीरिक व्ययमका लागि समेत खेल्न थालेको बताउनु भयो । संघ कास्कीका प्रथम उपाध्यक्ष रामजी सुनारले यस खेलमा नेपालको राम्रो सम्भावना भएको बताउदै वल्ड क्वालिफाईन राउन्डमा खेलमा सहभागी नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताउनु भयो । प्रा.लि.का अध्यक्ष बि.क.को अध्यक्षतामा उद्घाटन सत्र समापन भएको सन्ध्या श्रेष्ठले बताउनु भयो ।
पोखरामा विगत दुई बर्ष देखि फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजनामा गण्डकी प्रदेश स्तरिय खुल्ला स्नोकर प्रतियोगिता गर्दै आएको सन्र्दभमा प्रा.लि.ले नयाँ खेलाडी उत्पादन सहित यस खेलको प्रबद्र्धन गरी, स्नोकर खेलको विकासको लागि पनि उक्त प्रतियोगिता आयोजना गरेको प्रा.लि.का अध्यक्ष सोम बि.क.ले बताउनु भयो । खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले कास्की विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा उक्त प्रतियोगिता हुने भएको अध्यक्ष बि.क.ले जनाउनु भयो । प्रतियोगितामा १ सय २३ जना खेलाडीहरु सहभागि हुनु भएको छ । पोखरा क्षेत्रबाट मात्र ६६ जना अन्य खेलाडी अन्य विभिन्न जिल्लाबाट सहभागि हुनु भएको अध्यक्ष बि.क.ले बताउनु भयो ।
प्रतियोगितामा विजेता हुने खेलाडीलाई १ लाख ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । त्यसै गरी प्रतियोगितामा उपविजेतालाई ७० हजार र तेश्रो हुने दुई जना खेलाडीलाई जनही २०÷२० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको हो । उक्त प्रतियोगिता फाइनल स्कोर स्पोर्टस (स्नोकर हाउस) मा यही माघ २८ गतेसम्म संचालन हुने भएको प्रा.लि.का संचालक मध्यका एक प्रताप गुरुङले बताउनु भयो । उक्त प्रतियोगिताको मुख्य सहयोग पोखरा महानगरपालिकाले गर्ने भएको छ ।