देश तथा समाज पत्रिका

रोटरी क्लब अफ पोखराको १७ औँ पदस्थापन समारोह सम्पन्न

पोखरा, रोटरी क्लब अफ पोखराले आफ्नो १७ औँ पदस्थापन समारोह शुक्रबार पोखरामा सम्पन्न गरेको छ। समारोहमा रोटरी वर्ष २०२६÷२७ का अध्यक्ष रो. राजकुमार गुरुङको नेतृत्वमा गठित १९ सदस्यीय नयाँ कार्यसमितिलाई औपचारिक रूपमा पदस्थापन गराइएको थियो। समारोहका प्रमुख अतिथि रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ (नेपाल तथा भुटान) का डिष्ट्रिक्ट गभर्नर इलेक्ट डा. ईश्वरी प्रसाद ढकालले क्लबले विगत १६ वर्षदेखि सामाजिक सेवा, सामुदायिक हित तथा नेतृत्व विकासका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । उनले रोटरी वर्ष २०२६÷२७… पुरा पढौ

सीप र अवसर जोड्न पोखरामा रोजगार मेला (भिडियो सहित)

दीननाथ बराल, पोखरा १९, असार, बेरोजगार युवा र रोजगारदातालाई एउटै थलोमा जोड्ने उद्देश्यका साथ पोखरामा आज (शुक्रबार) भएको रोजगार मेला (जब फेयर) मा करिब ३ हजार युवा रोजगारको खोजिमा आउनु भएको छ । पोखरा उद्योग वाणिज्य संघ र ग्रोथ सेलर्सको संयुक्त आयोजना तथा पोखरा महानगरपालिकाको प्रवद्र्धनमा आयोजित मेलामा गण्डकी प्रदेशका करिब ३ हजार युवा बिद्यार्थीहरु नयाँ रोजगारको खोजिमा उक्त मेलामा सहभागि भएको ग्रोथ सेलर्सका संस्थापक अध्यक्ष मोहनराज ओझाले बताउनु भयो । https://www.youtube.com/watch?v=bOFLhLqnYrg&t=620s मेलामा सहभागी युवाले विभिन्न कर्पोरेट हाउस तथा व्यावसायिक… पुरा पढौ

पोखराबाट एलजीको ‘इसेन्सियल सिरिज’ सार्वजनिक, नेपाली परिवारको आवश्यकता र बजेटलाई लक्षित गर्दै नयाँ घरेलु उपकरण बजारमा

पोखरा, नेपालको चर्चीत ब्राण्ड एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताको आवश्यकता, जीवनशैली र बजेटलाई केन्द्रमा राख्दै ‘एलजी इसेन्सियल सिरिज’ अन्तर्गतका नयाँ घरेलु उपकरण सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा पोखराको टेम्पल बेल होटलमा आयोजित विशेष कार्यक्रममा नयाँ उत्पादन शृंखलाको औपचारिक अनावरण गरेको हो। कार्यक्रममा सीजी इलेक्ट्रोनिक्सका जनरल म्यानेजर सन्देश भुर्तेल, डेपुटी जनरल म्यानेजर सचिन गुप्ता, गण्डकी प्रदेश एरिया म्यानेजर सुनिल न्यौपाने तथा पोखराका लागि एलजीका आधिकारिक विक्रेता न्यू साण्ड एण्ड भिजनका सञ्चालक मनोहर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।… पुरा पढौ

मणिपाल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्टिन सहित ७ व्यवसायलाई जनही ५० हजार जरिवाना

दीननाथ बराल,पोखरा, १९ असार, पोखरामा ५ दिन संयुक्त बजार अनुगमन गर्दा मणिपाल शिक्षण अस्पतालको क्यान्टिन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्टिन सहित ७ व्यवसायलाई जनही ५० हजार जरिवाना गरिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको नेतृत्वमा प्रशासन सहित पोखरा महानगर सहित अन्य सरोकारवालाहरुको अनुगमन टोलीले असार १५ देखि १९ गतेसम्म ५ दिन गरेको बजार अनुगमनका क्रममा पोखराका एक सामुदायिक हस्पिटल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्यान्टिन र मणिपालका क्यान्टिनहरुलाई ५० हजार जरीवाना गराएको प्रशासनले आज (शुक्रबार) जारी गरेको प्रेस… पुरा पढौ

पोखरा रंगशालामा खेलाडी तथा खेलकुदकर्मीलाई अब निःशुल्क शुद्ध पिउने पानी

पोखरा, पोखरा रंगशालामा अभ्यास, प्रतियोगिता तथा अन्य गतिविधिमा सहभागी हुने खेलाडी, प्रशिक्षक, खेलकुदकर्मी, दर्शक तथा आगन्तुकले अब निःशुल्क शुद्ध पिउने पानीको सुविधा पाउने भएका छन्। पोखरा महानगरपालिका वडा नं। १० ले रंगशालामा शुद्ध पिउने पानीको पहुँच सुनिश्चित गर्ने उद्देश्यले करिब १ लाख ५० हजार रुपैयाँ लागतको युरोगार्ड आरओ वाटर प्युरिफायर जिल्ला खेलकुद विकास समिति कास्कीलाई हस्तान्तरण गरेको हो। शुक्रबार रंगशालामा आयोजित कार्यक्रममा वडा अध्यक्ष राजेश गुरुङले उक्त फिल्टर हस्तान्तरण गरेका हुन्। कार्यक्रममा वडा अध्यक्ष गुरुङले आफू पनि पूर्वखेलाडी भएकाले रंगशालामा… पुरा पढौ

बिहानै पोखरामा बिद्यार्थी बोक्ने ईभि हाईस दुर्घटनामा, विद्यार्थीको सकुशल उद्धार

पोखरा, असार १९, पोखराको मुस्ताङचोकमा आज बिहान विद्यालयको विद्यार्थी बोक्ने ईभि हाइस दुर्घटनामा परेको छ। उक्त गाडीमा सवार दुई विद्यार्थीको सकुशल उद्धार गरिएको छ । आज बिहान करिब ६ः२० बजे पोखरा–७, मुस्ताङचोकस्थित चार्जिङ स्टेसनमा ह्याप्पी बोर्डिङ स्कुलको ग १ ख ६६२२ नम्बरको हाइस अनियन्त्रित भई ठोक्किएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले पोखराक्लिकलाई जनाएको छ। दुर्घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा गाडीमा रहेका सबै विद्यार्थीको सुरक्षित उद्धार गरिएको थियो। दुर्घटनामा मानवीय क्षति नभएको… पुरा पढौ

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशको अधिवेशन शनिबार पोखरामा हुने

पोखरा, असार १९, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो प्रदेश अधिवेशन भोलि(शनिबार) पोखरामा हुने भएको छ। अधिवेशनको उद्घाटनअघि पोखरा महानगरपालिका–८, सिमलचौरस्थित पशुपतिनाथ मन्दिर परिसरबाट झाँकी र्याली, भजन–चुड्का तथा पञ्चेबाजासहितको सांस्कृतिक र्याली निकालिने भएको प्रतिष्ठानले पोखराक्लिकलाई जनाएको छ। उक्त र्याली सिर्जनाचोक हुँदै साईमन पार्टी प्यालेस पुगेर उद्घाटन समारोहमा परिणत हुने भएको हो । अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षक गरी करिब ३०० जनाको सहभागिता रहने अपेक्षा गरिएको प्रतिष्ठानका प्रदेश अध्यक्ष… पुरा पढौ

लायन्स क्लब अफ पोखरा चौतारीद्वारा गोकुलधामका गाईलाई पशुआहार सहयोग

पोखरा, १८ असार, लायन्स वर्ष २०२६–०२७ को शुभारम्भको अवसर पारेर लायन्स क्लब अफ पोखरा चौतारीले एक उदाहरणीय सामाजिक कार्य गरेको छ। क्लबले आफ्नो नयाँ कार्यकालको पहिलो दिन पोखरा–१४, बाच्छेबुडुवामा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाममा रहेका गाईहरूका लागि पशुआहार तथा खाद्यान्न सामग्री वितरण गरेको हो। एक समारोहका बीच पूर्व बैंकर समेत रहनुभएका क्लबका अध्यक्ष गोविन्दप्रसाद ढकालले राष्ट्रिय परोपकार महासंघ नेपालका अध्यक्ष तथा गोकुलधामका प्रमुख पण्डित कमलनयन गौतमलाई उक्त सहयोग सामग्री हस्तान्तरण गर्नुभयो। नयाँ लायन्स वर्षको पहिलो दिनलाई रचनात्मक र परोपकारी कार्यबाट सुरुवात… पुरा पढौ

पोखरा महानगरद्वारा ६ युवा ‘पोखरा यूथ एक्सेलेन्स अवार्ड २०८३’ बाट सम्मानित

पोखरा, असार १८ युवा उद्यमशीलता, सीप विकास, नवप्रवर्द्धन, पत्रकारिता, खेलकुद, पर्यटन, समाज सेवा तथा अपाङ्गता सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने ६ जना युवालाई पोखरा महानगरपालिकाले ‘पोखरा यूथ एक्सेलेन्स अवार्ड २०८३’ प्रदान गरेको छ। नगर युवा परिषद्को आयोजनामा बिहीबार सम्पन्न यूथ फेस्टिभल २०८३ का अवसरमा महानगर प्रमुख धनराज आचार्यले सम्मानित व्यक्तिहरूलाई दोसल्ला ओढाएर जनही ३० हजार रुपैयाँ नगदसहित अवार्ड प्रदान गर्नुभयो। यस वर्ष पत्रकारिता क्षेत्रमा दुर्गा राना मगर, पर्यटन तथा युवा उद्यमशीलतामा प्रतीकराज पहारी, समाज सेवामा सुदीश पुन, युवा उद्यमशीलता, नवप्रवर्द्धन… पुरा पढौ

पोखरामा असार २० गते विभिन्न ब्राण्डका निःशुल्क कफीको स्वाद लिन पाइने (भिडियो) ,राष्ट्रिय कफी कपिङ च्याम्पियनसिपको उपाधि कफी सहकारी संघ ललितपुरलाई

दीननाथ बराल,पोखरा, १८ असार, के तपाई व्यवसायीक कफी खेति गर्न चहानुहुन्छ ? के तपाई कफीको पारखी हुनुहुन्छ ? साच्चै हामीले कस्तो कफी खाने वा स्वास्थ्यका लागि कफीको महत्व लगायतका बिषयमा बृहत बहस, छलफल र अन्तरक्रिया सहितको राष्ट्रिय कफी प्रदर्शनी यही असार २० गते शनिबार पोखरामा हुने भएको छ । माथि उल्लेखित प्रश्नको गतिलो जबाफ दिने उद्धेश्यले शनिबार पोखरा मालेपाटन (डुमि«बोट) मा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय परिसरको कफी बगैचामा राष्ट्रिय कफी प्रदर्शनी हुने जसले उपभोक्तादेखि कफी उत्पादन… पुरा पढौ