हुन्डाईको ‘अल–न्यू भेन्यु’ पोखरामा बिक्रि वितरण सुरु, सुरुवाती मूल्य ४८ लाख ९६ हजार

-


     पोखरा क्लिक     
     असाेज ७ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ७, असोज,

हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘अल–न्यू भेन्यु’ पोखरामा औपचारिक रूपमा सार्वजनिक गरिएको छ । नयाँ डिजाइन, आधुनिक प्रविधि, आरामदायी सुविधा तथा सुरक्षा प्रणालीसहितको नयाँ भेन्यु अब पोखरा तथा आसपासका ग्राहकका लागि उपलब्ध गराइएको लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक शुनिल श्रेष्ठले बताउनु भयो ।

कार्यकारी निर्देशक श्रेष्ठ तथा निर्देशकहरू चन्द्र राज भण्डारी, कृष्ण श्रेष्ठ र शुभ्रत श्रेष्ठले संयुक्त रूपमा नयाँ भेन्यु सार्वजनिक गर्नुभएको हो । नेपाली बजारमा नयाँ भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीका अनुसार यो एसयूभी तीन भेरियन्टमा उपलब्ध छ । जसमा एचएक्स–२, एचएक्स–५ प्लस र एचएक्स–५ डीसीटी रहेका छन् । एचएक्स–२ र एचएक्स–५ प्लसमा १ हजार १९७ सीसी कप्पा एमपीआई पेट्रोल इन्जिन दिइएको छ भने एचएक्स–५ डीसीटीमा ९९८ सीसी कप्पा टर्बो जीडीआई पेट्रोल इन्जिन उपलब्ध छ । विभिन्न इन्जिन तथा गियरबक्स संयोजनमार्फत ग्राहकको आवश्यकता र रुचिअनुसार विकल्प उपलब्ध गराइएको कम्पनीले जनाएको छ । नयाँ भेन्युको बाहिरी डिजाइनमा आधुनिक तथा आकर्षक स्वरूपलाई प्राथमिकता दिइएको छ। गाडीको अगाडिको भागमा ट्विन हर्न एलईडी डीआरएल तथा डार्क क्रोम ग्रिल राखिएको छ । त्यस्तै, पछाडिको भागमा होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प तथा सिग्नेचर सी–पिलर गार्निस उपलब्ध छन् । यी डिजाइन विशेषताले भेन्युलाई नयाँ तथा फरक स्वरूप प्रदान गर्ने कम्पनीको भनाइ छ ।

नयाँ भेन्युको भित्री भागमा पनि आधुनिक प्रविधि र सुविधालाई प्राथमिकता दिइएको छ। गाडीमा १०.२५ इन्चको सीसीएनसी इन्फोटेनमेन्ट प्रणाली उपलब्ध छ । यसमा वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटोको सुविधा दिइएको छ। त्यस्तै, डिजिटल क्लस्टर तथा पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफसमेत उपलब्ध छन् । कम्पनीका अनुसार यी सुविधाले चालक तथा यात्रुको यात्रा अनुभवलाई थप सहज र सुविधाजनक बनाउनेछन्। नयाँ भेन्युमा दुई प्रकारका पेट्रोल इन्जिन विकल्प उपलब्ध छन् । १.२ लिटर कप्पा एमपीआई पेट्रोल इन्जिन दैनिक आवतजावत तथा सहज सञ्चालनलाई ध्यानमा राखिएको विकल्प हो भने १.० लिटर कप्पा टर्बो जीडीआई पेट्रोल इन्जिन थप टर्बो कार्यसम्पादन चाहने ग्राहकका लागि उपलब्ध गराइएको छ ।तीनवटै भेरियन्टमा इन्जिन तथा गियरबक्सको संयोजन फरक रहेको कम्पनीले जनाएको छ ।

सुरक्षातर्फ नयाँ भेन्युमा ६ वटा एयरब्याग, एबीएससहित ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट तथा हिल–स्टार्ट असिस्ट कन्ट्रोललगायतका सुविधा उपलब्ध छन् ।कम्पनीका अनुसार यी सुरक्षा प्रविधिले विभिन्न अवस्थामा गाडीको नियन्त्रण र स्थिरता कायम राख्न सहयोग गर्छन्। नयाँ भेन्यु अब पोखरास्थित हुन्डाईको आधिकारिक सोरुममा उपलब्ध भइसकेको छ। पोखरा तथा आसपासका ग्राहकले सोरुममा पुगेर गाडीको बाहिरी डिजाइन, भित्री सुविधा, प्रविधि, इन्जिन तथा विभिन्न भेरियन्टबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् । कम्पनीले ग्राहकको आवश्यकता, रुचि र बजेट अनुसार छनोट गर्न सकिने गरी नयाँ भेन्युलाई तीन भेरियन्टमा उपलब्ध गराएको जनाएको छ ।