देश तथा समाज पत्रिका

डायमण्ड माविमा १७१ विद्यार्थी दीक्षित, उच्च शिक्षामा ज्ञानको खोजीका अथाह अवसर ः प्रा.डा. ईन्द्रप्रसाद तिवारी

लेखनाथ, असार २१, पोखरा महानगरपालिका–२७ स्थित डायमण्ड माध्यमिक विद्यालयमा यस वर्ष कक्षा १२ उत्तीर्ण गरेका १७१ जना विद्यार्थी दीक्षित भएका छन् ।दीक्षान्त समारोहका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. ईन्द्रप्रसाद तिवारीले दीक्षित विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरी शैक्षिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेको बताए। उनले विद्यालयको निरन्तरको मेहनत र समर्पणको प्रतिफल नै आजको उपलब्धि भएको उल्लेख गरे । उनले कक्षा १२ पछिको अध्ययन विद्यार्थीका लागि महत्वपूर्ण मोड भएको भन्दै यस अवधिमा अभिभावक र विद्यालयको… पुरा पढौ

फोटो पत्रकार अक्षयकोषमा बरिष्ठ फोटो पत्रकार सुदुर्शन रञ्जितद्वारा ६३ हजार प्रदान

पोखरा २१ असार, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा वरिष्ठ फोटो पत्रकार सुदर्शन रञ्जितले आर्थिक सहयोग गरेका छन् । पत्रकार रञ्जितले अक्षयकोषमा नगद ६३ हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । पोखरामा रही फोटोको माध्यामबाट पोखराको खेलकुद गतिविधीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म चिनाउन महत्वपूर्ण योगदान गरेका पत्रकार रञ्जितले कास्कीमा रहेका फोटो पत्रकारहरुको हक हितका लागि स्थापना गरिएको फोटो पत्रकार अक्षयकोषमा सहयोग गरेको… पुरा पढौ

विश्वकर्मा सेवा समाज कास्कीको नवनिर्मित भवन उद्घाटन

पोखरा, विश्वकर्मा समुदायको सामाजिक, शैक्षिक र सांस्कृतिक रूपान्तरणमा क्रियाशील विश्वकर्मा सेवा समाज कास्कीको तेस्रो साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन समारोह शनिबार पोखरा महानगरपालिका–७, रामकृष्ण टोल, घारीपाटनस्थित समाजकै प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ । २०६९ सालमा स्थापना भएको यस समाजले आफ्नै सुविधासम्पन्न भवन निर्माण गरी उद्घाटन गरेको हो । कार्यक्रममा समाज र राष्ट्रका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने बौद्धिक एवं व्यावसायिक व्यक्तित्व, ज्येष्ठ नागरिक र भवन निर्माणमा सहयोग गर्ने मनकारी दाताहरूलाई भव्य सम्मान गरिएको थियोे । सो अवसरमा वोल्दै… पुरा पढौ

लोकभजन चुड्काहरू अध्यात्मिक चेतना, सामाजिक सद्भावको प्रतीकः प्रदेश प्रमुख भट्ट

पोखरा, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले हाम्रा अमूल्य सांस्कृतिक सम्पदामध्ये लोकभजन चुड्काहरू अध्यात्मिक चेतना, सामाजिक सद्भाव र सांस्कृतिक निरन्तरताको महत्वपूर्ण प्रतीक रहेको बताउनुभएको छ । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनमा प्रमुख अतिथि भट्टले हिमाल, पहाड र तराईका विभिन्न समुदायले सिर्जना गरेका लोकगीत, लोकभजन, लोकनृत्य, भाषा, साहित्य, कला र संस्कारहरूले हाम्रो राष्ट्रिय जीवनलाई समृद्ध बनाएको बताउनुभयो । ‘नेपालको मौलिक पहिचान यसको सांस्कृतिक विविधतामा निहित छ । यिनै भजन चुड्कामा जुन… पुरा पढौ

गण्डकी मिडिया समिटमा ‘पत्रकारितामा एआई’ बारे संवाद

पोखरा, पत्रकारितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबारे पोखरामा शनिबार घनीभूत संवाद भएको छ । सेसनका वक्ताले एआईबिनाको न्यूज रुमको कल्पना गर्न नसकिने तर्क गरे । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश आयोजनामा गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोहमा ‘पत्रकारितामा एआई’ सेसन भएको हो । सेसनमा वक्ता थिए–अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेत, एआईका विज्ञ दोभान राई र सञ्चार उद्यमी एवं कन्टेन्ट क्रियटर महेश भण्डारी । सञ्चारकर्मी रघुनाथ वाग्लेले सहजीकरण गरेको कार्यक्रममा वक्ताले एआई प्रविधि अहिले दू्रत गतिमा विकास हुँदै गएको… पुरा पढौ

सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई पितृ शोक

पोखरा, २१ असार, सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई पितृ शोक परेको छ । उहाँका बाबु एकप्रसाद थापा मगरको ८१ वर्षको उमेरमा आइतबार बिहान उपचारकै क्रममा हस्पतालमा निधन भएको उहाँको पारीवारिक श्रोतले जनाएको छ । पोखरा महानगरपालिका–९, बसपार्क निवासी थापा मगरको पोखरा–१५ स्थित हरियोखर्क अस्पतालमा उपचारका क्रममा बिहान करिब ७ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँ केही समयदेखि विभिन्न रोगबाट प्रभावित भई उपचाररत हुनुहुन्थ्यो। वि.सं.२००२ असार २७ गते कास्कीको हालको रुपा गाउँपालिका–६, मोहरियामा जन्मनुभएका स्वर्गीय थापा मगरका श्रीमती,… पुरा पढौ

पितृस्मृतिमा सात लाखको ‘आमा चौतारी’ सत्तल निर्माण, सामाजिक सेवामा गुरुङ परिवारको उदाहरणीय योगदान

पोखरा, २१ असार, पोखराको ऐतिहासिक तथा धार्मिकस्थल श्री गणेश तथा भद्रकाली मन्दिर परिसरमा पितृस्मृतिमा सात लाख रुपैयाँको लागतमा ‘आमा चौतारी’ पाटी–सत्तल निर्माण गरिएको छ । मन्दिर सेवा समितिको गुरुयोजनाअन्तर्गत भक्तजन, ज्येष्ठ नागरिक तथा सर्वसाधारणलाई विश्राम गर्ने सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको कलात्मक सत्तल गुरुङ परिवारले आफ्ना दिवंगत माता–पिता तथा सासू–ससुरा स्वर्गीय पतिराम गुरुङ र काली गुरुङको स्मृतिमा निर्माण गराएका हुन्। साविक कास्कीको पुरानोगाउँ–वारचोक तथा हाल पोखरा–१२ लालीगुराँस टोल निवासी ईश्वरबहादुर गुरुङ–बत्तीमाया गुरुङ, ग्रान्ड मास्टर तुलसीकुमार गुरुङ–गंगा गुरुङ, सीआई दीपेन्द्रकुमार… पुरा पढौ

रोटरी क्लब अफ पोखरा मिडटाउनको रजत जयन्ती तथा २५औँ पदस्थापन समारोह सम्पन्न

पोखरा, असार २१, रोटरी क्लब अफ पोखरा मिडटाउनले आफ्नो स्थापना कालको २५ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती तथा २५औँ पदस्थापन समारोह सम्पन्न भएको छ । समारोहमा रोटरियन सङ्गीता तिमिल्सिनाले रोटरी वर्ष २०२६–२७ का लागि क्लबको अध्यक्षको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै नेतृत्व सम्हाल्नुभएको छ । निवर्तमान अध्यक्ष रोटरियन उपेन्द्र प्रसाद पौडेलले गाभेल, चार्टर प्रमाणपत्र तथा अध्यक्षीय कलर हस्तान्तरण गरी नेतृत्व औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको थियो । समारोहको उद्घाटन प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर इलेक्ट रोटरियन डा. आई.पी. ढकालले… पुरा पढौ

गण्डकी प्रदेश सरकारले उद्योग वाणिज्य नीति तयार गर्ने ः मन्त्री रिमाल

लेखनाथ,। गण्डकी प्रदेशकाउद्योग तथापर्यटनमन्त्री यशोदा रिमालले उद्यमीव्यवसायीहरू केवल करदातामात्रनभई राष्ट्र निर्माणको आर्थिक समृद्धिको मेरुदण्ड भएको बताउँदै प्रदेश सरकार निजी क्षेत्रसँग साझेदारी गरेरै अघि बढ्ने प्रतिबद्धता जनाएकी छिन्। शनिबार लेखनाथउद्योग वाणिज्य संघको ३०औं स्थापनादिवस तथा २९औं वार्षिकोत्सवकार्यक्रमलाईसम्बोधनगर्दै उनले यस्तो वताएकीहुन । मन्त्री रिमाललेउद्योग, व्यापार र उद्यमशीलताविनाकुनै पनि राष्ट्रको आर्थिक समृद्धिको परिकल्पनागर्न नसकिने बताईन ।“उद्योग र व्यापारको विकासविनाप्रदेशको विकासको परिकल्पनागर्न सकिँदैन,“उनले भनिन्, “त्यसकारण सरकार निजी क्षेत्रलाई जहिले पनि सम्मानगर्दैसमस्या समाधानतर्फ उन्मुख रहन्छ।“ कार्यक्रममामन्त्री रिमालले सरकारले निजी क्षेत्रका कुरा पर्याप्त रूपमा सुन्ननसकेको यथार्थ… पुरा पढौ

प्रेस रजिष्ट्रारको कार्यालयबाट अग्रज ५ पत्रकार सम्मानित, प्रदेश सरकार खारेज भए द्धन्द हुन्छः मुख्यमन्त्री पाण्डे (भिडियो सहित)

पोखरा, २० असार, गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले अग्रज पत्रकारको सम्मानको थालनी गरेको छ । पोखरामा शनिबार आयोजित गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोहमा गण्डकी प्रदेशका ५ जना अग्रज पत्रकारलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा पोखराका अग्रज पत्रकार स्व। केशवराज पराजुली, तिलकमान गुभाजू, नवलपुरका प्रेमचन्द्र रौनियार, तनहुँका विश्वबन्धु भण्डारी र पर्वतकी सरस्वती शर्मा जिज्ञासु हुन् । https://www.youtube.com/watch?v=YpFr2Gow5Fw प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरुलाई जनही ५० हजार राशि, ताम्रपत्र र दोसल्लाले सम्मान गरे । ३ दिनअघिमात्र… पुरा पढौ