देश तथा समाज पत्रिका

नेपाल र पोखराको पर्यटन प्रबद्र्धन गर्न चिनियाँ शहरमा पोखरेली, पोखरा देखि छेङ्दु नियमित उडान गर्न व्यवसायीको माग

चिन,छेन्दु ७, चैत, यति वेला पोखराका पर्यटन व्यवसायीहरु चिनिया शहरमा पर्यटक बोलाउन आएका छन् । पोखरा महानगरपालिकाको नेतृत्वमा पोखराका पर्यटन व्यवसायीहरु नेपाल र पोखराको प्रवद्र्धन गर्न गर्दै चिन भ्रमणमा रहेका छन् । पोखराका मेयर धनराज आचार्यको नेतृत्वको २६ सदस्य टोलीले चिनको ९ करोड जनसङख्या भएके प्रान्त सिचुवान प्रशान्तका विभिन्न शहरहरुमा प्रबद्र्धन गर्दै चिनिया पर्यटकलाई नेपाल र पोखरा आउन निमन्त्रणा समेत गरिएको छ । टोलीले छेङदुका टूर अपरेटरसँग छलफल गरेका छन् । उनीहरुले नेपालमा चीनया पर्यटक कसरी बढी ल्याउन सकिन्छ भनेर… पुरा पढौ

पोखरा महानगरका कर्मचारी गिरी पक्राउ

पोखरा ७, चैत पोखरा महानगरपालिका अधिकृत स्तरका कर्मचारी कपिल गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । पोखरा महानगरपालिका विरुद्ध अख्तियारमा परेका उजुरी हेर्ने फोकल पर्सनको जिम्मेवारी पाएका गिरीलाई महानगरपालिकाको कार्यालय अगाडि रहेको रक्षा नर्सरीबाट आयोगको टोलीले रकम सहित बिहीबार नियन्त्रणमा लिएको जनाएको छ । उनको साथबाट २५ हजार रुपैयाँ बरामद गरिएको जनाइएको छ । गिरीले आफू निर्दोष रहेको जिकिर गरेका छन् । आफूलाई नियोजित ढंगबाट फसाउन खोजिएको उनले आरोप लगाए । पुरा पढौ

फोहोरलाई मोहोरमा परिणत गर्दै पोखरामा सुरु भयो अर्बको लगानीमा हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घर निर्माण

पोखरा ४, चैत्र, पोखरामा पटक पटक फोहोर व्यबस्थापन गर्ने बिषयले टाउको दुखाई भएको अबस्थामा अब भने अर्ब भन्दा बढी लगानीमा फोहोरलाई मोहोरमा परिणत गर्ने गरी महत्वकाक्षि योजना सुरु भएको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घर निर्माण गरिने भएको छ । उक्त परियोजना अन्र्तगतको घरको आज (सोमबार) एक समारोहका बिच शिलान्यास गरिएको पोखरा महानगरपालिकाले जनाएको छ… पुरा पढौ

पोखरामा पर्यटक आकर्षण गर्न फेवा महोत्सव हुने

पोखरा, ४ चैत, पर्यटनको राजधानि पोखरामा पर्यटक आकर्षण गर्न फेवा नव बर्ष महोत्सव २०८२ हुने भएको छ । पर्यटनको दोश्रो सिजनको रुपमा मानिने यस मौसममा आन्तरिक तथा बाह्यि पर्यटकलाई आकर्षण गर्न यस बर्ष पनि नेपाली नयाँ बर्षको अवसरमा उक्त महोत्सव हुने भएको आज(सोमबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव बर्ष महोत्सव २०८२ को तयारी तीव्र रुपमा अगाडि… पुरा पढौ

पोखरा कप राष्ट्रिय ह्यान्डबल, लिग चरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त हुने

सागर सुनार,पोखरा ४ चैत, प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगितामा लिग चरणका खेलहरु सकिएका छन् । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा जारी राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको दोस्रो दिन लिग चरणका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । सोमबार भएको समुह ‘बी’ तर्फको भएको विभागिय डर्वीमा त्रिभुवन आर्मीले जित हासिल गरेको छ । आर्मीले अर्को विभागिय टोली एपिएफलाई १९–१४ को अन्तरले पाखा लगायो । आर्मीको जितमा आकाश अधिकारीले सर्वाधिक… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशक विच भेटवार्ता, प्रदेशको प्राथमिकतामा सहकार्य गर्न मुख्यमन्त्री पाण्डेको प्रस्ताव

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेट वीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले शसक्तिकरणको क्षेत्रमा प्रदेश र स्थानीय तहलाई युएनडिपीले गर्दै आएको सहयोग प्रभावकारी रहेको बताए । युएनडिपीले दिगो बिकास, फोहोरमैला व्यवस्थापन, नवप्रवर्तन, उद्यमशीलताको क्षेत्रमा गण्डकी प्रदेश भित्र गर्दै आएको सहयोगको प्रशंसा गर्दै मुख्यमन्त्री पाण्डले भने  ‘पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, जलवायू परिर्वतनको लगायत प्रदेशको प्राथमिकताका क्षेत्रमा युएनडिपीसँग सहकार्य गर्न हामी तयार छौँ ।’… पुरा पढौ

बटुवालाई सडकमै गणित पढाए मदरल्याण्डका विद्यार्थीले

पोखरा, चैत ४, पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविका विद्यार्थीले बाटोमै उभिएर बटुवालाई गणितबारे ज्ञान दिएका हुन । नेपाल गणित समाज गण्डकी प्रदेशको आयोजनामा सञ्चालित ‘म्याथमेटिक्स अन द स्ट्रिट’ कार्यक्रममार्फत बाटो हिडिरहेका बटुवालाई गणितको सामान्य नियम र ज्ञान सिकाएको समाजका गण्डकी अध्यक्ष डा. त्रिभुवन शर्मा बरालले जानकारी दिए । ‘गणितको ज्ञान कक्षाकोठामा मात्र सीमित हुनुहुँदैन । घरको भान्सामा पनि गणितको महत्व छ । हामीले बाहिरबाट हेर्दा गणित पढाउन कक्षाकोठा नै चाहिन्छ भन्ने मान्यता छ । त्यही मान्यता चिर्नका लागि बाटोमा गणित… पुरा पढौ

पोखरा कप राष्ट्रिय पुरुष ह्यान्डबल सुरु, दुइ खेल जित्दै गण्डकी सेमीफाइनलमा

पोखरा ३, चैत, प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा आइतबारदेखि राष्ट्रिय ह्यान्डबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन घरेलु टोलि गण्डकीले दुई खेलमा जित निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको छ । गण्डकीले सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हराउँदै अन्तिम चारको यात्रा सुरु गरेको हो । प्रतियोगिताको पहिलो दिन कुल चार खेल सम्पन्न भए । पहिलो खेलमा… पुरा पढौ

भरतपुरका १ सय २९ सुकुम्बासी घरधुरीलाई लालपूर्जा वितरण

चितवन, चितवनको भरतपुरमा १ सय २९ जना भूमिहिन दलित तथा सुकुम्बासी घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा ९लालपूर्जा० वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा न ११ का १ सय १६, वडा नम्बर १५ का ९ र वडा नम्बर २६ को ४ गरी १ सय २९ घरधुरीलाई आज ९आइतबार० एक कार्यक्रमकाबीच लालपूर्जा वितरण गरिएको हो । लालपूर्जा वितरण गर्दै भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले नयाँ कानुनको व्यवस्था गर्ने बताउनुभयो । अहिले गौचरन, चिहानडाँडा, मध्यवर्ती क्षेत्र, वन क्षेत्र, नुन खर्कलगायतका क्षेत्रका बस्तीमा समस्या… पुरा पढौ

पर्यटन सिजन सुरु भएसंगै पोखरामा होटल अकुपेन्सि ४० प्रतिशत, पोखरा भ्रमण बर्ष २०२५ भरी होटल आवासमा २० प्रतिशत छुट

दीननाथ बराल, पोखरा ३, चैत, पर्यटनको राजधानि पोखरामा हाल होटल अकुपेन्सि करिब ४० प्रतिशत रहेको छ । पर्यटनको दोश्रो सिजनको रुपमा मानिने (मार्च, अप्रिल र मे) को सिजन सुरु भएसंगै पोखरामा हाल होटल अकुपेन्सि करिब ४० प्रतिशत रहेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । पोखरामा हाल भारतिय करिब १०, तेश्रो मुलुकका पर्यटक करिब १० र आन्तरिक पर्यटक भने २० प्रतिशत जसो रहेको उहाँले उल्लेख गर्नुभयो । होली पर्वको दिनमा पोखराको लेकसाइडको सडकै भरी देखिएको थियो नी… पुरा पढौ