देश तथा समाज पत्रिका

गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसललाई वडा १२ ले सघाउने

पोखरा, कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिको आयोजनामा असोज २ गते देखि संचालन हुने गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसल प्रतियोगिता –२०८३’लाई पोखर वडा नम्बर १२ ले सहयोग गर्ने भएको छ । पोखरा महानगरपालिका १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले मिडिया कप फुटसललाई सहयोग गर्ने सहमति भएको बताए । अध्यक्ष बास्तोलाले प्रतियोगितालाई सहयोग गर्न पाउँदा गौरवान्वित भएको महशुस गर्दै फुटसललाई सभ्य र भव्य बनाउन आफ्नो साथ रहने जानकारी दिए । यस अवसरमा आयोजक कल्प मिडियाका अध्यक्ष सुरज श्रेष्ठले प्रतियोगिता सफल पार्न हातेमालो गरेकोमा… पुरा पढौ

पब्लिक फोरकेले प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगिता गर्ने

भाद्र,९, पोखरा, बार्दली मिडिया प्रा.लि. द्धारा सञ्चालित पब्लिक फोरके टेलिभिजन पोखराको आयोजनामा दशौँ संस्करणको गण्डकी प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । हरितालिका तीजको अवसर पारेर कृषि र कृषकका सम्भावना, महिला कृषकलाई उद्यम तथा पर्यटन का लागि प्रेरित गर्दै उनिहरुको आत्मसम्मान र संघर्षका कथालाई मौलिक तीज गीतमार्फत उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । गण्डकी प्रदेशका ११ जिल्लाबाट छनोट भएका उत्कृष्ट समूहबीच यही भदौ २२ गते सोमबार पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा ग्रान्ड फिनाले हुने… पुरा पढौ

पोखराबाट नियमित अन्तरास्ट्रिय उडान गराउने बिषमा पोखराका पर्यटन व्यवसायी र यूएईका राजदूत बीच छलफल

पोखरा, पोखराबाट नियमित अन्तरास्ट्रिय उडान गराउने बिषमया पोखराका पर्यटन व्यवसायी र यूएईका राजदूतबीच पोखरा–दुबई उडानबारे छलफल भएको छ । पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष तथा नाटा गण्डकी प्रदेशका पूर्वअध्यक्ष पोम नारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य बासुदेव त्रिपाठी, होटल संघ गण्डकी प्रदेशका अध्यक्ष हरि शर्मा गैरे, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, नाट्टा गण्डकी प्रदेशका कार्यकारी सदस्य विजय पौडेल तथा विशेष उपस्थितिका रूपमा नाटा केन्द्रीय अध्यक्ष भरतजंग पाण्डे लगायत पर्यटन व्यवसायीहरूको… पुरा पढौ

संघ हाम्रो परिवार’देखि डिजिटल रूपान्तरणसम्म स् शोभा गौतम प्यानलका प्रतिबद्धता

पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदकी प्रत्याशी शोभा गौतम नेतृत्वको प्यानलले उद्योगी–व्यवसायीको साझा हित, संस्थागत सुशासन, डिजिटल रूपान्तरण, लगानी प्रवद्र्धन तथा पोखराको आर्थिक विकासलाई केन्द्रमा राखेर प्रतिबद्धता सार्वजनिक गरेको छ । आगामी भदौ २० र २१ गते हुने महाधिवेशनका लागि गौतम नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुंगाना, कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठ र उपमहासचिवमा यादव पोखरेल उम्मेदवार छन्। प्यानलले संघलाई पारदर्शी, उत्तरदायी, प्रविधिमैत्री तथा सबै उद्योगी–व्यवसायीको… पुरा पढौ

‘रोड टु एभरेस्ट’को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडौं, सगरमाथाको साहस, चुनौती, जलवायु परिवर्तन र मानवीय संघर्षलाई समेटिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । निर्मल श्रेष्ठको निर्देशनमा बनेको ५० मिनेट लामो वृत्तचित्रमा ५० वर्ष नाघेका राज गुरुङको सगरमाथा आरोहण यात्रालाई मुख्य कथाका रूपमा प्रस्तुत गरिएको छ। वृत्तचित्रमा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पासहित अन्य सहयात्रीहरू पनि देखिनेछन्। दुई वर्षको अनुसन्धान तथा निर्माणपछि तयार भएको वृत्तचित्र नेपाली र अंग्रेजी दुवै भाषामा निर्माण गरिएको छ। सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले कथा… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघमा दुई प्यानल सहित नयाँ नेतृत्व चयनका लागि चार जनाबीच प्रतिस्पर्धा हुने

दीननाथ बराल,पोखरा ९, भदौं, पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि यही भदौं २० र २१ गते महाधिवेशन हुने भएको छ । संघको अध्यक्ष पदमा दुई प्यानल सहित चार जनाले उम्मेदवारी दर्ता गराएसँगै चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ । निर्वाचनमा अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतम अध्यक्ष पदका लागि मैदानमा उत्र्रिनु भएको हो । चार उम्मेदवारमध्ये बलराम आचार्य र शोभा गौतमले पदाधिकारीसहितको प्यानल बनाएर चुनावी अभियान अघि बढाउदा उत्तममान बुद्धाचार्य र… पुरा पढौ

प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस ः यु–१८ उपाधी शास्वतलाई, यु–१६ तर्फ सुरेन्द्र च्याम्पिन

भाद्र ८,पोखरा, गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा पोखरा कलेज अफ म्यानेज्मेण्टको प्रमुख प्रायोजनमा पोखरामा सम्पन्न प्रथम पिसिएम कप खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गत यु–१८ ब्वाईज सिंगलको उपाधी शास्वत बज्राचार्यले जितेका छन् । सोमबार पोखरा रंगशालाभित्रको टेनिस कोर्टमा भएको फाइनल खेलमा सन्दिप विकलाई ६–१,६–१ को सहज सेटमा पराजित गर्दै शास्वतले सो उपाधी जितेका हुन् । त्यस्तै, यु–१४ ब्वाईज सिंगल उपाधी आर्यषराज पौडेलले जितेका छन् । उनले अभिषेक बयलकोटीलाई ६–१, ७–५ को सेटमा पराजित गरेका थिए । यस्तै यू–१६ ब्वाइज… पुरा पढौ

पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले संस्कृति समूहलाई वाद्यवादन सामग्री हस्तान्तरण

पोखरा, नेपालीहरूका प्रमुख चाडपर्व नजिकिँदै गर्दा पोखरा महानगरपालिका वडा नं ३, नदीपुरस्थित संस्कृति समूहलाई वाद्यवादन सामग्री हस्तान्तरण गरिएको छ। पोखरा महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले संस्कृति समूहलाई रु २५ हजार बराबरका विभिन्न वाद्यवादन सामग्री हस्तान्तरण गर्नुभएको हो। चाडपर्वका अवसरमा हुने सांस्कृतिक गतिविधिलाई थप प्रभावकारी बनाउन तथा स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको अध्यक्ष मर्सानीको भनाई रहेको छ । सामग्री हस्तान्तरण गर्दै अध्यक्ष मर्सानीले पोखरा प्राकृतिक सौन्दर्यसँगै कला, संस्कृति र… पुरा पढौ

आर्थिक सशक्तीकरण र कानुनी सचेतना एकअर्काका परिपूरक’ ः मन्त्री गुरुङ

लेखनाथ, ८ भदौ, गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले आर्थिक सशक्तीकरण र कानुनी सचेतना एकअर्काका परिपूरक आधार भएको वताएकी छन । लेखनाथ उद्योग वाणिज्य संघले सोमबार लेखनाथ क्षेत्रका आमा समूह तथा महिला उद्यमीहरूलाई लक्षित गरी आयोजना गरेको कानुनी सचेतना कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री गुरुङले यस्तो बताएकी हुन । महिला उद्यमीले आफ्नो अधिकार र कानुनी प्रक्रियाबारे स्पष्ट जानकारी पाएमा आत्मविश्वास मात्र बढ्दैन, व्यवसाय पनि थप सुरक्षित र प्रतिस्पर्धी बन्छ ।–मन्त्री गुरुङले भनिन् । उनले नेपालको… पुरा पढौ

पोखराको प्याराग्लाइडिङ उडानमा भारी छुट, हाल दैनिक १५० उडान हुदै, आलोपालो सिस्टम हटेसंगै जोखिम बढ्यो

दीननाथ बराल, पोखरा, ७ भदौ, पोखरामा केही महिनाअघिसम्म ८ हजारमा हुँदै आएको साहसिक खेल प्याराग्लाइडिङ उडानको मूल्य हाल ह्वात्तै घटेको छ । आलोपालो प्रणाली हटाएर उडान खुला गरिएपछि केही कम्पनी तथा पाइलटलाई तत्काल फाइदा पुगे पनि समग्र व्यवसायमा असर पर्नुका साथै उडान सुरक्षामा समेत जोखिम बढ्न सक्ने व्यवसायीहरुको भनाई रहेको छ । हाल ३७.५ प्रतिशतले उडान शुल्क घटेसंगै ५ हजारमा प्याराग्लाईडिङ उडान हुने भएको कम्पनीहरुले पोखरााक्लिकलाई बताउनु भयो । करिब २१ महिनासम्म नाको आलोपालो प्रणालीमार्फत उडान सञ्चालन हुँदा दुर्घटनाको अवस्था… पुरा पढौ