देश तथा समाज पत्रिका

एभरेस्ट एफएमले मंसिर १२ गते शनिबार रक्तदान कार्यक्रम गर्ने

पोखरा, मंसिर २, एभरेस्ट मिडिया हाउसको आयोजनामा मंसिरको दोस्रो शनिबार पोखरामा बृहद रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । एभरेस्ट मिडिया हाउसको छैटौं बार्षिकोत्सवको अवसरमा मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको आयोजनामा यहि मंसिर १२ गते शनिबार रक्तदान कार्यक्रम हुने भएको हो । ‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागि बनौं” भन्ने मूलमन्त्रका साथ रेडियो प्राङ्गण पोखरा–५ पस्र्याङमा रक्तदान कार्यक्रम हुने कार्यक्रम संयोजक बरिष्ठ समाचार वाचक शिशिर पौडेलले जानकारी दिए । विहान ७ बजे शुरु हुने रक्तदान… पुरा पढौ

फोहोरबाट मोहोर आम्दानी गर्ने लक्ष्यसहित पोखरामा सुरु भयो आरयू फेस्ट (भिडियो सहित)

दीननाथ बराल, पोखरा २, कार्तिक, फोहोरलाई समस्याका रूपमा मात्र नभई आम्दानी र रोजगारीको स्रोतका रूपमा उपयोग गर्ने उद्देश्यसहित पोखरामा आज (बुधबार) देखि दोस्रो संस्करणको ‘आरयू फेस्ट २०२६’ सुरु भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा दिगो फोहोर व्यवस्थापन, पुनः प्रयोग तथा पुनर्चक्रणमार्फत हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित पोखराको इभेण्ट सेन्टरमा उक्त उक्त महोत्सव सुरु भएको हो । https://www.youtube.com/watch?v=2uS-Dth3nlg विहिबारसम्म चल्ने महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त महोत्सवले फोहोरबाट कसरी मोहोर आम्दानी गर्न सकिन्छ भन्ने गतिलो पाठ सिकाएको बताउनु… पुरा पढौ

अपराजित रहँदै कास्कीलाई ‘पीएम कप’ महिला टी–२० छनोटको उपाधि

पोखरा, घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेको कास्कीले गण्डकी प्रदेशस्तरीय ‘पीएम कप’ महिला टी–२० क्रिकेट छनोट प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको उपाधि भिडन्तमा स्याङ्जालाई पाँच विकेटले पराजित गर्दै कास्कीले च्याम्पियन बन्ने गौरव हासिल गरेको हो । प्रतियोगिताभर अपराजित रहेको कास्कीले चार खेलबाट आठ अङ्क जोड्दै उपाधि जितेको हो । अन्तिम खेलमा स्याङ्जाले प्रस्तुत गरेको ८८ रनको सामान्य लक्ष्य कास्कीले १९ ओभरको दोस्रो बलमा पाँच विकेटको क्षतिमा भेट्टायो । कास्कीको जितमा रेखा तामाङले निर्णायक… पुरा पढौ

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला पूर्ण रूपमा नष्ट

पोखरा, पोखरा महानगरपालिका–१६, घार्मीखोलास्थित अन्नपूर्ण आत्मनिर्भर बाल आश्रममा आगलागी हुँदा दुईवटा भवनको माथिल्लो तला पूर्ण रूपमा जलेर नष्ट भएको छ । मंगलबार दिउँसो करिब ४ः३० बजे आश्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको कार्यालयका सूचना अधिकारी विरेन्द्रकुमार पासवानले बताए । प्रहरीका अनुसार इँटा र बाँसले बनेका तथा टिन र मार्बलको छाना भएका दुईतले दुवै भवनको माथिल्लो तलामा आगलागीबाट पूर्ण क्षति पुगेको छ । माथिल्लो तलामा राखिएका अन्नपात,… पुरा पढौ

पोखरा रात्रिकालीन सडक दौडलाई यसपालि भव्य रूपमा सम्पन्न गर्न पोखरा–९ को विशेष सहयोगसहित सहकार्य

पोखरा २, मंसिर, पोखराको पर्यटन प्रवद्र्धनसँगै खेलकुद संस्कृतिको विकास र रात्रिकालीन पर्यटनलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यले आयोजना हुन लागेको दोस्रो संस्करणको ‘पोखरा रात्रिकालीन सडक दौड प्रतियोगिता–२०८३’ लाई भव्य रूपमा सम्पन्न गर्न पोखरा महानगरपालिका वडा नं. ९ ले विशेष सहयोगसहित सहकार्य गर्ने भएको छ । ‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ भन्ने मूल नाराका साथ आगामी पुस १० गते शुक्रबार आयोजना हुने प्रतियोगितालाई सफल बनाउन वडा नं. ९ ले आर्थिक, भौतिक तथा आवश्यक अन्य सहयोग गर्ने प्रतिबद्धता जनाएको हो। प्रतियोगिताका लागि वडाले चालु… पुरा पढौ

इमेज सहकारी ठगीमा देवकुमार नेपालीलाई ८ वर्ष कैद, सवा करोड जरिवानाको फैसला

पोखरा, इमेज बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणमा जिल्ला अदालत कास्कीले सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सात जनालाई कैद, जरिवाना र पीडितको रकम असुल गर्ने फैसला सुनाएको छ। अदालतको फैसलासँगै लामो समयदेखि चर्चामा रहेको इमेज सहकारी ठगी प्रकरणले अर्को कानुनी मोड लिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासले गत कात्तिक १७ गते नेपालीलाई ८ वर्ष कैद र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो। फैसलाको जानकारी भने ढिलो गरी सार्वजनिक भएको हो।… पुरा पढौ

विश्व शान्तिको कामना गर्दै पोखराबाट लुम्बिनीसम्म २२० कि.मी.ध्यानमय पदयात्रा हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा १, मंसिर, विश्व शान्तिको कामना गर्दै मानिसको मनमा शान्ति, प्रेम, करुणा र सकारात्मक चेतनाको विकास गर्ने उद्देश्यसहित पोखराको बराङदेखि भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म २२० किलोमिटर लामो ध्यानमय पदयात्रा हुने भएको छ । विकासनन्द फाउन्डेसन विश्व परिवारको आयोजनामा यही मङ्सिर ३ गतेदेखि १२ गतेसम्म दोस्रो मनोक्रान्ति विश्व शान्ति ध्यानमय पदयात्रा सञ्चालन हुने भएको आज पोखरा २३ को बराङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=tMfeUltjnjE ’आफ्नो लागि साधना, अरूका लागि सेवा’ भन्ने मूल नारासहित आयोजना… पुरा पढौ

फोहोरबाट मोहोर बनाउने अभियान सहित बुधबारदेखि पोखरामा ‘आरयू फेस्ट’ हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा, १ मङ्सिर पर्यटकीय नगरी पोखरामा फोहोरबाट मोहोर बनाउने अभियान सहित भोलि( बुधबार) देखि ‘आरयू फेस्ट’ हुने भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा रिसाइकलिङ तथा अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना (जीसीआरयू) परियोजनाअन्तर्गत दोस्रो संस्करणको ‘आरयू फेस्ट २०२६ ः रि–थिंक २०२६’ यही मङ्सिर २ र ३ गते पोखरा–६, बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा सञ्चालन हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=OFSb67OWnWA कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालको सहयोगमा आयोजना हुन… पुरा पढौ

व्यासमा आँखा उपचार केन्द्र सञ्चालन, स्थानीयलाई सहज सेवा

पोखरा, १ मंसीर, आँखाको ज्योति मानव जीवनको अमूल्य सम्पत्ति हो । आँखा सम्वन्धी सामान्य समस्याको समयमै उपहिचान र उपचार हुन नसक्दा मानिसले दृष्टिसम्वन्धी गम्भीर समस्या भोग्नुपर्ने अवस्था आउने संवेदनशीलतालाई मध्यनजर गर्दै तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । व्यास नगरपालिकाको कार्यालय परिसरमा स्थापना गरिएको उक्त केन्द्र नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग तथा व्यावस्थापनमा सञ्चालनमा ल्याइएको हो ।कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख न्यौपानेले आँखा उपचार केन्द्र सञ्चालनमा आएसंगै नगरपालिकाका साथै आसपास क्षेत्रका नागरिकले… पुरा पढौ

पोखरामा पनि कर सप्ताह सुरु, सात दिनसम्म विभिन्न कार्यक्रम गरिँदै

दीननाथ बराल,पोखरा, १ मङ्सिर, राष्ट्रिय कर दिवस २०८३ को अवसर पारेर पोखरामा पनि कर सप्ताहका कार्यक्रम सुरु भएका छन् । आन्तरिक राजस्व कार्यालय पोखराले मंगलबार बिहान प्रभातफेरी आयोजना गर्दै सप्ताहव्यापी कार्यक्रमको सुरुवात गरेको हो । ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ आयोजित प्रभातफेरी पोखरा सभागृहबाट सुरु भएको थियो । सृजनाचोक, रत्नचोक, वाई चोक, राष्ट्र बैंक चोक हुँदै सहिदचोकबाट रत्नचोकस्थित आन्तरिक राजस्व कार्यालय पुगेर प्रभातफेरी समापन भएको थियो । कर तिर्नु राज्यप्रतिको नागरिकको जिम्मेवारी मात्र… पुरा पढौ