देश तथा समाज पत्रिका

छठको मुख्य दिन पोखरामा मनाइयो छठ पर्व, वर्षाले सूर्यका भक्तलाई पूजा गर्न कठिन (भिडियोे सहित)

दीननाथ बराल,पोखरा, २९ कात्तिक, पर्यटकीय नगरी पोखरामा यस वर्षको छठ पर्व उल्लास र भक्तिभावका साथ मनाइदैछ । छठ पर्वको मुख्य दिन आइतबार पोखराका विभिन्न चार स्थानमा सामूहिक रूपमा छठ पूजा गरिएको छ । तर अस्ताउँदो सूर्यलाई अर्र्घ दिने समयमा एक्कासि वर्षा भएपछि छठ पूजा गरिरहेका व्रतालु तथा सूर्यका भक्तजनलाई भने सास्ती भएको छ । https://www.youtube.com/watch?v=ZqWNOR_nVrM&t=213s पोखराको नदीपुरस्थित नारायणथान मन्दिर परिसर, बैदामस्थित केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनार), रिठ्ठाघाट त्रिवेणीधाम (कालीखोला) र कमलपोखरी क्षेत्रमा छठ पर्व विशेष उत्साहका साथ पहिलो दिनको… पुरा पढौ

गण्डकी प्रधानमन्त्री कप महिला टी–२० छनोटमा नवलपुरको जित, पर्वत ३२ रनले पराजित

पोखरा, पोखरामा जारी गण्डकी प्रधानमन्त्री कप (पीएम) महिला टी–२० क्रिकेट छनोट प्रतियोगितामा नवलपुरले पर्वतमाथि ३२ रनको सहज जित हासिल गरेको छ। नवलपुरले दिएको ७६ रनको लक्ष्य पछ्याएको पर्वत कमजोर ब्याटिङ प्रदर्शन गर्दै १३.१ ओभरमा ४३ रनमै समेटिएपछि नवलपुर विजयी भएको हो। पर्वतका लागि ओपनर दिपिका सापकोटा र सुशिला भट्टराईले समान १०–१० रन बनाउनु नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। दुवैले समान १० बलमा एक–एक चौका प्रहार गरेका थिए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। पर्वतका एन्जल अधिकारीले ४, योगिता केसी… पुरा पढौ

पीएम कप महिला टी–२० छनोट ः कास्कीको दोश्रो जित

पोखरा २९, कार्तिक, गण्डकी प्रदेशस्तरीय पीएम कप महिला टी–२० छनोट प्रतियोगितामा कास्कीले आफ्नो अपराजित यात्रा जारी राखेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आज (आइतबार) भएको लिग चरणको खेलमा बागलुङलाई फराकिलो ८९ रले पराजित गर्दै कास्कीले लगातार तेस्रो जित हात पारेको हो । पहिले ब्याटिङ गरेको कास्कीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । टोलीका लागि चन्द्रमाया बरालले सर्वाधिक ४१ रनको योगदान दिनुभयो । उहाँले चार चौका प्रहार गर्न सफल हुनु भयो । सृजना… पुरा पढौ

दसौँ राष्ट्रिय खेलकुद केन्द्रित छनोट प्रतियोगिता गण्डकीमा अन्तिम चरणमा, खेलाडीसहित ७७९ जनाको टोली सहभागी गराउने तयारी

दीननाथ बराल,पोखरा, २९ कात्तिक, कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै गण्डकी प्रदेशमा खेलाडी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ। प्रतियोगितामा प्रदेशको तर्फबाट खेलाडीसहित ७ सय ७९ सदस्यीय टोली सहभागी गराउने तयारीसहित प्रदेश खेलकुद परिषद् गण्डकीले छनोट, प्रशिक्षण र व्यवस्थापनका कामलाई तीव्रता दिएको परिषदले पोखराक्लिकलाई जनाएको छ । परिषद्का अनुसार गण्डकीबाट ६ सय ५६ जना खेलाडीले राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने प्रारम्भिक योजना छ। राष्ट्रिय खेलकुदमा समावेश ३२ खेलमध्ये कुस्तीबाहेक ३१ खेलमा गण्डकीको सहभागिता रहनेछ। प्रदेश खेलकुद परिषद्का… पुरा पढौ

मंसिर १ गतेदेखि पोखरामा पनि कर सप्ताह मनाइने, लक्ष्य भन्दा १३ प्रतिशत बढी राजस्व संकलन, १ अर्ब ७१ करोड राजश्व संकलन

दीननाथ बराल, पोखरा २९, कार्तिक, आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामै राजस्व संकलनमा लक्ष्यभन्दा बढी प्रगति हासिल गर्न सफल भएको छ । कार्यालयले असोज मसान्तसम्ममा निर्धारित लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन गरेको कार्यालयले दिएको तथ्याङकमा उल्लेख छ । कार्यालयले असोज मसान्तसम्म १ अर्ब ७१ करोड ५७ लाख ९८ हजार रुपैयाँ संकलन गर्न सफल भएको कार्यालयले जनाएको छ । यो निर्धारित लक्ष्यभन्दा २० करोड ३० लाख २२ हजार रुपैयाँ बढी हो । लक्ष्यको तुलनामा… पुरा पढौ

सृजना विकास केन्द्रको साधारण सभामा बोल्दै प्रजिअ गुरुङले सामाजिक रूपान्तरणका संवाहक बन्न सामाजिक सङ्घसंस्थालाई आग्रह

पोखरा, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले सामाजिक सङ्घसंस्थाहरू समाज रूपान्तरणका संवाहक बन्नुपर्ने बताउनुभएको छ। उहाँले सामाजिक संस्थाहरूले आफ्नो उद्देश्यअनुरूप पारदर्शी, जबाफदेही र सुशासित ढङ्गले काम गर्दै समुदायको विकासमा थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको हो। पोखरा–८, सिमलचौरस्थित सृजना विकास केन्द्रको ४९औँ वार्षिक साधारण सभा तथा ४६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गुरुङले राज्यको पहुँच सबै क्षेत्रमा एकैपटक पुग्न नसक्ने अवस्थामा सामाजिक सङ्घसंस्थाहरूले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद, जनसेवा र सामुदायिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै… पुरा पढौ

पोखरामा धुमधाामका साथ मनाइदै छ छठ पर्व (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २८ कात्तिक, पर्यटकीय नगरी पोखरामा पनि यस वर्षको छठ पर्व धुमधामका साथ मनाइने भएको छ । पोखराका मुख्य गरी ४ ठाँउमा सामुहिक रुपमा धुमधामका साथ मनाउने तयारी सुरु भएको छठ पूजा समितिहरुले पोखराक्लिकलाई बताउनु भएको छ । https://www.youtube.com/watch?v=rDUDWhAZH10&t=9s पोखराका विभिन्न छठघाटमा सरसफाइ, सजावट तथा आवश्यक व्यवस्थापनका काम अघि बढाइएको विभिन्न स्थानका छठ पूजा समितिहरुले उल्लेख गरेका हुन् । पोखरामा मुख्यगरी नदीपुरस्थित नारायणथान मन्दिर परिसर, बैदामस्थित केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनार), रिठ्ठाघाट त्रिवेणीधाम (कालीखोला) र कमलपोखरी गरी चार… पुरा पढौ

पद्मश्री बचत तथा ऋण सहकारी संस्थाको १९औँ वार्षिक साधारण सभा

पोखरा, पद्मश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड न्यूरोडको १९औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि सो सहकारी संस्थाका संरक्षक एवं सल्लाहकार कपिलनाथ कोइरालाले पानसमा दियो बालेर सभाको समुद्घाटन गरेका थिए । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि कोइरालाले वर्तमान समयमा सहकारीहरूका बारेमा विभिन्न कुराहरू बुझ्न आवश्यक रहेको बताएका छन् । कुन सहकारी असल हो र कुन सहकारी खराब हो भन्ने छुट्याउन हामीलाई आवश्यक रहेको धारणा राख्दै उनले बजारमा सहकारी डुबेका विभिन्न हल्लाहरू चलेको बताए । कार्यसमितिको… पुरा पढौ

घरेलु टिम कास्कीको विजयी सुरुवात, चन्द्रमाया बरालको अलराउण्ड प्रदर्शन

दीननाथ बराल,पोखरा २८, कार्तिक, गण्डकी प्रदेश प्रधानमन्त्री कप महिला टी–२० छनोट क्रिकेट प्रतियोगिता २०८३ को उद्घाटन खेलमा घरेलु टिम कास्की जिल्ला महिला क्रिकेट टोलीले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा आज(शनिबार) सम्पन्न उद्घाटन खेलमा घरेलु टीम कास्कीले नवलपुरलाई १९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । टस जितेर नवलपुरकी कप्तान श्रेया शर्माले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको कास्कीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ११६ रनको योगफल तयार पारेको थियो । कास्कीका लागि चन्द्रमाया… पुरा पढौ

श्रीधर शर्माले मुख्यमन्त्रीसहित मन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरे

पोखरा, गण्डकी प्रदेश खेलकुद परिषद्का पदमुक्त सदस्य सचिव श्रीधर शर्माले आफूलाई पदमुक्त गर्ने प्रदेश सरकारको निर्णयविरुद्ध मुख्यमन्त्रीसहित मन्त्री तथा सम्बन्धित सरकारी निकायविरुद्ध उच्च अदालत पोखरामा अदालतको अवहेलना रिट दायर गर्नुभएको छ । त्यसै गरी प्रमुख सचिव, मन्त्रालयका सचिव, हाल तोकिएका सदस्य सचिव सहितका ७ जनालाई विपक्षी बनायर रिट दायर गरेको शर्माले जनाउनु भयो । आफूविरुद्धको छानबिन, प्रतिवेदन र स्पष्टीकरणसम्बन्धी विषय उच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा मन्त्रिपरिषद्ले पदमुक्त गर्ने निर्णय गर्नु अदालतको आदेश र न्यायिक प्रक्रियाको अवमूल्यन भएको शर्माको जिकिर छ… पुरा पढौ