देश तथा समाज पत्रिका

पोखराका सुकुम्बासी बस्ती हटाउनु अघि पहिचान र विकल्प दिन अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशको माग (भिडियो सहित)

दीननाथ बराल,पोखरा, १७ वैशाख, अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशले पोखरामा रहेका सुकुम्बासी बस्ती हटाउने कार्य अघि बढाउनु अघि वास्तविक सुकुम्बासीको पहिचान गरी वैकल्पिक व्यवस्था गरेर मात्र हटाउन सरकारसँग जोडदार माग गरेको छ । विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासंघका प्रदेश अध्यक्ष रुद्र गौतमले बिना विकल्प गरिब तथा श्रमजीवी जनताको घरटहरा भत्काउने कार्य अमानवीय हुनु बताउनु भयो । https://www.youtube.com/watch?v=381YA8RLyMk&t=18s सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित रूपमा पुनस्र्थापना नगरी डोजर प्रयोग गरी हटाउने कार्यले सामाजिक अन्याय बढाउने उहाँको भनाई… पुरा पढौ

भ्याट र करबारे तालिम

पोखरा,१७ वैशाख, अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८१÷८२ को प्रतिवेदन अनुसार कुल राजश्व परिचालनमा भन्सार महसुलले २ खर्ब ३० अर्ब,मूल्य अभिवृद्धि कर९भ्याट०ले ३ खर्ब ४१ अर्ब ९३ करोड,अन्तःशुल्कले १ खर्ब ७५ अर्ब १७ करोड,आय करले २ अर्ब ९७ अर्ब ८१ करोड रुपैयाँ योगदान गरेको छ । सो आर्थिक वर्षमा जम्माजम्मी १० खर्ब ४९ अर्ब ८८ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । यो तथ्याङ्कले भन्छ–मूल्य अभिवृद्धि कर ९भ्याट० नेपाली अर्थतन्त्रको मेरुदण्ड हो भने आयकरले त्यसलाई पच्छ्याएको छ । राष्ट्रिय… पुरा पढौ

रिलायन्स फाइनान्सका ग्राहकलाई ट्याक्यूलिटि स्पामा २५ प्रतिशत सम्म छुट हुने

काठमाडौं, रिलायन्स फाइनान्स का ग्राहक वा कर्मचारीलाई व्यक्तिगत सौन्दर्य र स्पा सेवामा आकर्षक छुट पाउने भएका छन् । रिलायन्स फाइनान्स र ट्याक्यूलिटि स्पा बीच भएको नयाँ सम्झौताअनुसार स्पा सेवामा अधिकतम् २५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। साथै, अन्य विभिन्न सेवाहरूमा १५ देखि २० प्रतिशतसम्मको सहुलियत पनि प्रदान गरिनेछ। कमलादीस्थित रिलायन्स फाइनान्सको प्रधान कार्यालयमा सम्पन्न सम्झौतापछि अब तपाईंले यो सुविधा सजिलै प्रयोग गर्न सक्नुहुनेछ। विशेषगरी, मोबाइल बैंकिङ एप वा एटीएम कार्डमार्फत भुक्तानी गर्दा यी छुटहरू लागू हुनेछन्। ट्याक्यूलिटि स्पाले काठमाडौंका विभिन्न होटलहरूबाट… पुरा पढौ

सिटिजन फर्निचरका संचालक कार्की, गायक बस्याल प्रदेशबाट सम्मानित

पोखरा, पोखरा न्यूरोडमा सञ्चालित सिटिजन फर्निचरका सञ्चालक युवा व्यवसायी दीपक कार्की गण्डकी प्रदेश सरकारबाट सम्मानित हुनु भएको छ । सामाजिक तथा खेलकुदका विभिन्न संघ संस्थामा आबद्ध कार्कीलाई गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले आज (विहीबार) एक समारोहका बिच सम्मान गरेको हो । गण्डकी प्रदेश स्तरीय युवा प्रतिभा पहिचान तथा सम्मान कार्यक्रम अन्तर्गत कार्कीलाई सम्मान गरेको मन्त्रालयले जनाएको छ ।प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, सचिव डा.शेषनारायण पौडेल र उपसचिव घनश्याम पौडेलले उहाँहरुलाई सम्मानपत्रको साथमा दोसल्ला… पुरा पढौ

जेसीज सप्ताहन्तः मादी गाउँपालिकामा निःशुल्क आँखा शिविर, मोतीया बिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने

पोखरा, १६ वैशाख, कास्कीको मादी गाउँपालिकामा आयोजना हुने निःशुल्क आँखा शिविरमा मोतीया बिन्दु भएका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिने भएको छ । पोखरा जेसीजको आयोजनामा यही वैशाख १९ गते शनिबार मादी गाउँपालिका वडा नं.९ मिजुरेमा सञ्चालन हुने उक्त शिविरमा ग्रामीण भेगका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन हुने शिविरमा आँखासम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूको जाँच, उपचार तथा आवश्यक परेमा शल्यक्रिया समेत गरिने पोखरा जेसीजका अध्यक्ष सुमन पहारी बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी… पुरा पढौ

दशौँ रारा पोखरा स्पोर्टस् अवार्ड वैशाख ३१ मा हुने, ९ विधामा सम्मान सहित अवार्ड प्रदान गरिने

पोखरा, गण्डकी प्रदेशका खेलकुद क्षेत्रका उत्कृष्ट प्रतिभालाई सम्मान गर्ने उद्देश्य सहित आयोजना हुँदै आएको “दशौँ रारा पोखरा स्पोर्टस् अवार्ड–२०८२” यही वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने भएको छ । यसअघि वैशाख १८ का लागि तय गरिएको कार्यक्रम विशेष कारणवश सारिएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । मूल आयोजक समितिको संयोजक तथा मञ्चका अध्यक्ष मानबहादुर घर्ति (एमबी आस्थां) ले मध्य पुर्वको द्धन्दका कारण आवश्यक तयारीमा कमी भएकोले १३ दिन पछि उक्त… पुरा पढौ

फेवा जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय

पोखरा बैशाख १६, नेपाल सरकारले २०८२ चैत्र १३ गते जारि गरेको १०० बुंदे शासकीय सुधार कार्यक्रमको बुँदा न ७६ मा उल्लेख गरेको फेवा संरक्षित जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन शुरु गर्ने निर्णय गरिएको छ । जिल्ला भु तथा जलाधार संरक्षण समिति कास्कीको १४ औं बैठकले सो निर्णय गरेको हो । समितिका संयोजक एबम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले नव गठित सरकारले फेवा संरक्षित जलाधार क्षेत्रको प्रभाबकारी संरक्षण तथा ब्यबस्थापनको बिषयलाई उच्च महत्व दिई शासकीय सुधारको १००… पुरा पढौ

मानव सेवा आश्रममा आर्थिक संकलन सहित आध्यात्मिक महायज्ञ हुने (भिडियो सहित) शनिबार देखि हुने महायज्ञमा युवा देखि बृद्धसम्म लक्षित कार्यक्रम

दीननाथ बराल,पोखरा, वैशाख, मानवीय सेवामा समर्पित मानव सेवा आश्रम, पोखराले निर्माणाधीन संरचनाहरूलाई पूर्णता दिन आर्थिक संकलनसँगै आध्यात्मिक जागरण फैलाउने उद्देश्यले विशेष महायज्ञ आयोजना गर्ने तयारी गरेको छ। यही वैशाख १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञमार्फत करिब ४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=Z4HlA55AjOA पोखरा–२५ हेम्जास्थित बाबियातहरामा अवस्थित आश्रम परिसरमा हुने उक्त महायज्ञमा वालवालिका देखि बृद्धसम्म गरी सबै उमेर समूहका सहभागीलाई केन्द्रमा राखेर कार्यक्रमहरू तय गरिएका… पुरा पढौ

शुक्रबारदेखि पोखरामा पहिलो पटक महिला गोल्ड कप, विभागिय सहित ४ टिम सहभागि

पोखरा, पोखरामा यही वैशाख १८ गते (शुक्रबार) देखि संचालन हुने महिला गोल्डकप फुटबल प्रतियोगितामा विभागिय सहित चार क्लबले सहभागिता हुने भएको छ । आर एस पोखरा फुटबल क्लबको आयोजनामा गोल्डपको तयारी बारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष रमेश कार्कीले प्रतियोगिताको तयारी पुरा भएको बताए । प्रतियोगितामा आयोजक आरएस पोखरा फुटबलसहित, नेपाल पुलिस क्लब, संकटा क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र नेपाल पुलिस क्लब भिड्नेछन् । शनिबार संकटा र… पुरा पढौ

राष्ट्र बैंक पोखरा समक्ष पदयात्रा पर्यटन क्षेत्रको सवलिकरणका लागि व्यवसायी–मैत्री नीतिगत व्यवस्थाको माग गर्यो टान गण्डकीले

पोखरा, पदयात्रा पर्यटन क्षेत्रलाई सुदृढ बनाउँदै नेपालको अर्थतन्त्रमा थप टेवा पुर्‍याउने उद्देश्यले ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीले नेपाल राष्ट्र बैंक, शाखा कार्यालय पोखरा समक्ष व्यवसायी–मैत्री नीतिगत व्यवस्था तथा सहजीकरणका लागि ध्यानाकर्षण गराएको छ । टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले राष्ट्र बैंकलाई सम्बोधन गर्दै हाल सुधारोन्मुख अवस्थामा रहेको अर्थतन्त्रमा पदयात्रा पर्यटन क्षेत्रलाई अझ चलायमान बनाउन केन्द्रीय बैंकको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरेका छन् । राष्ट्र बैंकले २०८२ साल चैतसम्म जारी गरेका निर्देशन तथा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई… पुरा पढौ