देश तथा समाज पत्रिका

पर्यटन पत्रकारितालाई संस्थागत गर्न नेपाल पर्यटन पत्रकार संघ गठन, अध्यक्षमा बास्तोला

पोखरा, ४ मंसिर, पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन र सम्भावनाको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने उद्देश्यसहित पोखरामा नेपाल पर्यटन पत्रकार संघ गठन भएको छ। हरिप्रसाद बास्तोलाको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट आधिकारिक दर्ता प्रमाणपत्र प्राप्त गरेको छ। संघको उपाध्यक्षमा गोविन्द सुवेदी र कृष्ण श्रेष्ठ चयन भएका छन्। त्यस्तै महासचिवमा घनश्याम पाण्डे, सचिवमा एकराज गिरी, समावेशी सचिवमा विजय नेपाली र कोषाध्यक्षमा चन्द्रिका घिमिरे रहेका छन्। संघको सदस्यमा पुष्पराज दाहाल, बालकुमारी पौडेल, बिना कुमारी थापा,… पुरा पढौ

पोखरा लायन्सको स्वर्ण महोत्सवको तयारी पूरा, सभामुख अर्याल पोखरामा

पोखरा, लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल पोखरा आएका छन् । उनलाई क्लबका पदाधिकारीहरूले पोखरा अन्तर्राष्ट्रिय सभागृहमा स्वागत गरे । सभामुख अर्यालको प्रमुख आतिथ्यमा विशेष सम्मान समारोह हुने क्लबका पूर्वअध्यक्ष दीपेन्द्र कोइरालाले बताए । क्लब स्थापनाको ५० औँ वर्ष अर्थात् स्वर्ण महोत्सव विशेष समारोहको तयारी पूरा भएको छ । मंसिर ५ गते पोखरा इभेन्ट सेन्टरमा समारोह हुँदैछ । त्यसको पूर्वसन्ध्यामा शुक्रबार पोखरामा बृहत् रक्तदान कार्यक्रम भयो । स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा गरिएको… पुरा पढौ

दसौं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

पोखरा, कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ मा कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज ( बिहीबार) पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी, खेल सञ्चालन र हालसम्मको प्रगतिबारे जानकारी दिँदै ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदकका लागि खेलाडीहरूबीच प्रतिस्पर्धा हुने जनाएको हो । आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका केही खेल भने औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि सुरु हुनेछन् । प्रतियोगिताको उद्घाटन तथा समापन… पुरा पढौ

पोखराको मोहरियास्थित यशोदा ज्वेलर्सबाट तिलहरी चोरी गर्ने ग्रिसकी ६६ वर्षीया महिला पक्राउ

पोखरा, पोखराको मोहरिया टोलस्थित एक सुनचाँदी पसलबाट तिलहरी चोरी गरेको आरोपमा प्रहरीले ग्रिसकी एक महिलालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२, मोहरियास्थित यशोदा ज्वेलर्सबाट तिलहरी चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले ६६ वर्षीया विदेशी महिला कालिपी स्टेफानौ (KALLIPI STEFANOU) लाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत कात्तिक २९ गते बिहान करिब ११ः३० बजे यशोदा ज्वेलर्सबाट रातो पोतेसहितको एक थान तिलहरी चोरी भएको सूचना प्राप्त भएको थियो । घटनाबारे जानकारी पाएपछि प्रहरीले पसलमा जडान गरिएको सीसीटीभी… पुरा पढौ

पोखराको पृथ्वीचोकस्थित पोखरा मलमा खुल्यो बराल डेन्टल क्लिनिक, उद्घाटनको अवसरमा एक महिनासम्म १५ देखि २० प्रतिशत छुट

दीननाथ बराल,पोखरा, ३ मंसिर, स्वदेशमै भविष्य खोज्दै स्वास्थ्य क्षेत्रमा लगानी गर्ने युवा उद्यमीको प्रयासस्वरूप पोखराको पृथ्वीचोकमा आधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकसहितको ‘बराल डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर’ सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका–९, पृथ्वीचोकस्थित पोखरा मलमा नेपाल बैंक रहेको भवनको पहिलो तलामा स्थापना गरिएको क्लिनिकको बिहीबार गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले उद्घाटन गर्नुभयो । करिब ७५ लाख रुपैयाँको लगानीमा स्थापना गरिएको क्लिनिकले दाँत तथा मुखसम्बन्धी सामान्य समस्यादेखि जटिल उपचारसम्मका विशेषज्ञ सेवा एउटै स्थानबाट उपलब्ध गराउने लक्ष्य राखेको छ । उद्घाटनको… पुरा पढौ

रिभानको डाँडाबाट खुल्दैछ प्याराग्लाइडिङको नयाँ आकाश, माछापुच्छ्रेमा भविश्य खोल्दै पाइलटसहित चार युवा

दीननाथ बराल,पोखरा, ३ मंसिर, पोखराको सराङकोटबाट चिनिएको साहसिक खेल प्याराग्लाइडिङको आकाश अब कास्कीको माछापुच्छ्रे गाउँपालिकाको रिभानसम्म विस्तार हुने भएको छ । माछापुच्छ्रे गाउँपालिका–५ रिभानको मैचेडाँडामा सोलो प्याराग्लाइडिङ उडान तथा पाइलट उत्पादन गर्ने उद्देश्यसहित ‘एरोडाइनामिक प्याराग्लाइडिङ स्कुल’ स्थापना गरिएको छ । पोखराका अनुभवी प्याराग्लाइडिङ पाइलटसहित चार युवाले माछापुच्छ्रेमा भविश्य खोज्दै करिब डेढ करोड रुपैयाँ लगानी गरेर सञ्चालनमा ल्याएको उक्त केन्द्रले ग्रामीण पर्यटनसँगै प्याराग्लाइडिङ क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको नयाँ सम्भावना देखाएका छन् । पोखराका युवा व्यवसायी तथा प्याराग्लाइडिङ पाइलट विजय गौतम, विष्णु… पुरा पढौ

पोखरामा ‘दोस्रो माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ प्रतियोगिता २०८३’ हुने, ७० गल्फरको सहभागिता हुने(भिडियो सहित)

पोखरा, खेलकुदको शहर पोखरामा यही मंसिर ५ र ६ गते (नोभेम्बर २१ र २२ तारिख) ‘दोस्रो माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ प्रतियोगिता २०८३’ आयोजना हुने भएको छ । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्ष र हिमालयन स्पोर्टस म्यानेजमेन्ट प्रा.लिको संयुक्त आयोजनामा उक्त एमेच्योर गल्फ प्रतियोगिता हुन लागेको हो । https://www.youtube.com/watch?v=Ffg7tYajrpA पोखराको पर्यटन प्रवद्र्धनमा थप टेवा पु¥याउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले बिहिवार पत्रकार सम्मेलन मार्फत जानकारि दिएको हो । प्रतियोगितामा स्वदेश तथा विदेशका गरी करिब ७० जना… पुरा पढौ

युवा पत्रकारिता पुरस्कारबाट सुमन थापा सिञ्जालीमगर सम्मानित

पोखरा, मङ्सिर ३, युवा पत्रकार सुमन थापा सिञ्जालीमगर मेजर लक्ष्मीप्रसाद–हुमकुमारी गुरुङ एमबिओ बिइएम, सेकेण्ड जिआर युवा पत्रकारिता पुरस्कार–२०८३ बाट सम्मानित हुनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० कास्कीको संयोजनमा प्रदान गरिने उक्त पुरस्कार मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङको वैवाहिक वर्षगाँठका अवसरमा बिहीबार आयोजित कार्यक्रममा प्रदान गरिएको हो । पुरस्कारसँगै उहाँलाई घलेक, नगद राशि रु दश हजार र सम्मान(पत्र प्रदान गरिएको थियो ।कास्कीलाई कर्मथलो बनाएर विसं २०६८ देखि पत्रकारितामा सक्रिय सिञ्जालीमगरले युनाइटेड राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गर्नुभएको हो ।… पुरा पढौ

राष्ट्रिय स्वास्थ्य पुरस्कारका लागि प्रतिभा छनोट समिति

पोखरा, ३ मंसिर, युआरएल फाउन्डेसनले स्थापना र सञ्चालन गर्दै आएको राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गर्न प्रतिभा छनोट समिति गठन भएको छ । अग्रज पत्रकार केशवशरण लामिछानेको संयोजकत्वमा रहेको समितिमा पत्रकारद्वय फडिन्द्र अकिञ्चन र ऋषि खतिवडा, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त र प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला सदस्य छन् । स्वास्थ्य क्षेत्रलाई पत्रकारितामा समेट्ने एक जनालाई बर्सेनि प्रदान गरिने यो पुरस्कारको राशि नगद ३३ हजार ३ सय ३३ रुपैयाँ र ताम्रपत्र छ । यो फाउन्डेसनलाई गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स… पुरा पढौ

पोउवा संघको कार्यसमितिमा नन्दकुमारीको मनोनयन

पोखरा,३ मंसिर, पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा थप एकजना सदस्य मनोनित भएकी छन् । मनोनित हुनेमा गुडमर्निङ ट्रेड सेण्टरकी प्रोपाइटर नन्दकुमारी सुवेदी ढुंगाना रहेकी छन् । संघकी अध्यक्ष शोभा गौतमले संघको विधान २०६५९ पहिलो संशोधन० २०७२ को परिच्छेद ६.१.१(ड) ले दिएको अधिकार प्रयोग गर्दै उनलाई कार्यसमितिमा मनोनित गरेकी हुन् । सो धाराले अध्यक्षलाई कार्यसमितिको सहमतिमा ४ जना सदस्य मनोनित गर्ने अधिकार दिएको छ । मनोनित सदस्य नन्दकुमारीले बुधबार नै पद तथा गोपनीयताको सपथ लिएका छन् । अध्यक्ष गौतमले गएको असोज… पुरा पढौ