देश तथा समाज पत्रिका

गण्डकी हार्ट मिट–२०२६ : मुटु उपचार सेवाको विस्तारमा जोड, पोखरामै विशिष्टीकृत कार्डियाक सेन्टर स्थापनाको माग

पोखरा, गण्डकी प्रदेशमा मुटुरोगको बढ्दो जोखिमलाई मध्यनजर गर्दै विशिष्टीकृत मुटु उपचार सेवा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। पोखरामा आयोजित ‘गण्डकी हार्ट मिट–२०२६’ मा सहभागी चिकित्सक, जनप्रतिनिधि, नीतिनिर्माता र सरोकारवालाले मुटुरोगको उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य गर्दै गण्डकीमै पूर्ण क्षमताको कार्डियाक सेन्टर स्थापना गर्नुपर्नेमा जोड दिएका हुन्। ‘गण्डकीमा मुटुरोगमाथि विजय : सबैका लागि एउटै साझा दृष्टिकोण’ भन्ने नारासहित हेल्दी हार्ट नेपाल र गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको सहकार्यमा आयोजित कार्यक्रममा प्रदेशका मुख्यमन्त्री, स्वास्थ्यमन्त्री, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, पोखरा महानगरपालिकाका प्रमुख,… पुरा पढौ

पोउवा संघको ३६ औं महाधिवेशन भदौ तेस्रो सातानयाँ नेतृत्व चयन हुने

पोखरा, २५ असार, पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशन तथा ७२ औं वार्षिक अधिवेशन आउँदो भदौको २० र २१ गते हुने भएको छ ।पोखरा उद्योग वाणिज्य संघको बिहीबार बसेको ३० औं कार्यसमिति बैठकले सो निर्णय गरेको हो । बैठकमा संघका अध्यक्ष तथा हाल नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका गोकर्ण कार्कीले भदौको तेस्रो साता महाविधेशनको प्रस्ताव गरेका थिए । अध्यक्ष कार्कीको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको महासचिव शोभा गौतमले जानकारी दिइन । पोखराको निजी क्षेत्रको छाता संस्था तथा… पुरा पढौ

पोखरामा केही ठाउँमा ग्याँस अभाव, उपभोक्तालाई सास्ती; पूर्ण सिलिण्डर वितरणको माग

दीननाथ बराल,पोखरा, २४ असार, पोखरा सहित कास्कीका केही क्षेत्रमा खाना पकाउने एलपी ग्याँस सहज रूपमा नपाउँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ । विशेषगरी आधा परिमाण (७.१ केजी) ग्याँस भरेर सिलिण्डर वितरण गर्ने व्यवस्था लागू भएपछि बजारमा सिलिण्डरको संख्या बढे पनि ढुवानी, वितरण र व्यवस्थापनमा समस्या देखिएको व्यवसायीहरूको भनाइ छ । उपभोक्ताले भने केही पसलमा ग्याँस पाइए पनि नियमित रूपमा नदिइने, आज–भोलि भन्दै फर्काइने तथा प्राथमिकताका आधारमा वितरण गरिने गुनासो गरेका छन् । बजारमा ग्याँसको माग बढेसँगै आपूर्ति सहज बनाउन नेपाल आयल… पुरा पढौ

गण्डकी र मधेशका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता

पोखरा , गण्डकी प्रदेश र मधेश प्रदेशका प्रदेश प्रमुखबीच भेटवार्ता भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबीच बुधबार पोखरास्थित प्रदेश प्रमुख निवासमा भेटवार्ता भएको हो । अन्तर प्रदेश भ्रमणका क्रममा गण्डकी आइपुग्नुभएका मधेश प्रदेश प्रमुख कर्ण र उहाँकी धर्मपत्नीलाई भट्टले निवासमा स्वागत गर्नुभएको थियो । भेटमा दुई प्रदेशबीचसम्बन्ध थप प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिइएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । प्रदेश प्रमुखद्वयबीच प्रदेशमा भएका राम्रा कामहरूको अनुसरण गर्ने, अनुभवहरू… पुरा पढौ

पोखरामा बन्यो ५ बर्षमै २२ मेगावाटको सेतीखोला जलविद्युत आयोजना, साउनदेखि व्यावसायिक उत्पादन सुरु हुने

दीननाथ बराल,पोखरा, असार २४, पर्यटनको राजधानीका रूपमा परिचित पोखराले अब ऊर्जा उत्पादनको क्षेत्रमा पनि अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। करिब पाँच वर्षको निर्माण अवधि र ५ अर्ब ५ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत आयोजना परीक्षण उत्पादनमा प्रवेश गरेको छ। आगामी साउनको पहिलो सातादेखि आयोजना व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको परियोजनाले पोखराक्लिकलाई जनाएको छ । पोखरा महानगरपालिका–३३ मुसेटुँडा क्षेत्रमा निर्माण गरिएको आयोजनाले असार १५ गतेदेखि परीक्षणस्वरूप विद्युत उत्पादन सुरु गरेको हो। हाल उत्पादित विद्युत… पुरा पढौ

हरित रोजगारी र वातावरणीय दिगोपनाका लागि पोखरामा ३० दिने सीप विकास तालिम सुरु

पोखरा, रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना जिसिआरयु परियोजना अन्तर्गत पोखरामा सोमबारदेखि ३० दिने सिलाई तथा कटाई सीप विकास तालिम सुरु भएको छ। सर्कुलर इकोनोमीको अवधारणालाई आत्मसात् गर्दै फोहोर मानिने सामग्रीलाई पुनः प्रयोग गरी आयआर्जनमा बदल्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। तालिमको उद्घाटन गर्दै परियोजनाकी राष्ट्रिय परियोजना प्रबन्धक यमुना सिल्वालले हरित रोजगारी प्रवद्र्धन र वातावरणीय दिगोपनामा यस तालिमको विशेष महत्त्व रहेको बताइन् । उनले चक्रिय अर्थतन्त्रका अभ्यासहरूले समुदायलाई आर्थिक रूपमा सशक्तीकरण गर्न ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गरिन् ।… पुरा पढौ

महेन्द्रपुलको ट्राफिक व्यवस्थापन मिलाउन पोउवा संघको सहजीकरण समिति मार्फत् काम अघि बढ्ने

पोखरा, पोखराको मुख्य बजार महेन्द्रपुल क्षेत्रको ट्राफिक समस्या समाधानका निम्ति ‘सुझाव संकलन एवं कार्यान्व्यन समिति’ गठन हुने भएको छ ।पोखरा उद्योग वाणिज्य संघले मंगबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको समन्वयमा आयोजना गरेको छलफल कार्यक्रममा समस्याको पहिचान र त्यसको समाधानका निम्ति समिति गठनको निर्णय भएको हो । महेन्द्रपुल क्षेत्रका व्यवसायी सहभागी छलफल कार्यक्रमका प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले नागरिकको जीवन रक्षा र सहज पार्किङ आफ्नो सरोकार भएकोकाले यो विषयमा सहकार्यको प्रस्ताव गरेसँगै समिति गठनको सहमति… पुरा पढौ

इजिप्टमाथि अर्जेन्टिनाको नाटकीय पुनरागमन, ३–२ को रोमाञ्चक जित

पोखरा, फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको पहिलो हाफमा इजिप्टले यासेर इब्राहिमको १५औँ मिनेटको गोलमार्फत १–० को अग्रता बनाएको थियो। दोस्रो हाफको ६७औँ मिनेटमा मोस्ताफा जिकोले अर्को गोल थपेपछि इजिप्ट २–० ले अघि बढ्यो। २–० ले पछि परेको अवस्थामा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्‍यो। ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले हेडमार्फत गोल गर्दै अन्तर घटाए। त्यसको चार मिनेटपछि ८३औँ मिनेटमा कप्तान लियोनेल मेस्सीले बराबरी गोल गरे। त्यसपछि अतिरिक्त समयमा… पुरा पढौ

गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतीमा प्रा.डा. न्यौपाने, उपकुलपतिमा शंकर, सदस्य सचिवमा पुनः मनकुमार

दीननाथ बराल,पोखरा २३, असार, गण्डकी प्रदेश सरकारले लामो समयदेखि रिक्त रहेको गण्डकी प्रज्ञा प्रतिष्ठानको नेतृत्व अन्ततः चयन गरेको छ । राजनीतिक कारणले करिब एक वर्षदेखि रिक्त रहेको प्रतिष्ठानको कुलपति, उपकुलपति, सदस्य सचिव तथा प्राज्ञ सदस्यहरूको नियुक्ति मंगलबार टुंग्याइएको हो । प्रदेश सरकारको निर्णयअनुसार प्रतिष्ठानको कुलपतिमा प्रा.डा. कुसुमाकर न्यौपाने, उपकुलपतिमा शंकर विरही गुरुङ र सदस्य सचिवमा मनकुमार श्रेष्ठ नियुक्त हुनुभएको हो । नवनियुक्त कुलपति प्रा.डा. न्यौपाने लोकसाहित्यका अध्येता तथा अनुसन्धानकर्ता हुनुहुन्छ । उहाँले लोकसाहित्य विषयमा विद्यावारिधि गर्नुभएको छ भने पृथ्वीनारायण क्याम्पसका… पुरा पढौ

कौराहा संरक्षण पत्रकारिता पुरस्कार मीना थापा मगरलाई

पोखरा, ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८३’ बाट पत्रकार मीना थापामगर पुरस्कृत हुने भएकी छिन् । फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीसमगरको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले यो वर्ष उक्त पुरस्कारबाट पत्रकार मीना थापा मगरलाई सम्मान गर्ने निर्णय गरेको हो । समितिका सदस्यहरुमा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका अध्यक्ष नरमाया आलेमगर,अधिवक्ता मनोज घर्तीमगर, मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापामगर तथा संघका सचिव बलबहादुर रोकामगर थिए । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित यो पुरस्कार हरेक वर्ष नेपाल मगर पत्रकार… पुरा पढौ