
पोखरा, १२ असोज,
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष एवं पत्रकार विनोद लामिछानेलाई मातृशोक परेको छ। उहाँकी ममतामयी आमा मनुमाया लामिछानेको ६८ वर्षको उमेरमा आइतबार राति निधन भएको उहाँको परिवार श्रोतले जनाएको छ ।
पोखरा–९, न्यूरोडमा बसोबास गर्दै आउनुभएकी मनुमायाको केही समयदेखि स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो। निमोनियाका कारण उहाँलाई पोखराका विभिन्न अस्पतालमा उपचार गराइएको बताइन्छ ।उहाँका श्रीमान नागढुंगा निवासी गुरुदत्त लामिछाने सहित दुई छोरा र दुई छोरी रहनु भएको छ । ठेठा छोरा विनोद लामिछाने पत्रकार तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष हुनुहुन्छ। कान्छा छोरा युवराज लामिछाने मूर्तिकार हुनुहुन्छ। छोरीहरू संगीता र सुनिता हुनुहुन्छ।
स्वर्गीय मनुमायाको सोमबार पोखराको रामघाटमा अन्तिम दाहसंस्कार गरिएको परिवारजनले पोखराक्लिकलाई जनाएको छ। उहाँको काजकिरिया न्यूरोडस्थित निवासमा हुने भएको छ । स्वर्गीय मनुमायाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मञ्च सहित खेल पत्रकारले शोकसन्तप्त पत्रकार लामिछानेसहित सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।






