फष्ट कम फष्ट सर्भिसका आधारमा शनिबारदेखि पोखरामा प्याराग्लाइडिङ संचालन हुने
दीननाथ बराल पोखरा १३, पुष फष्ट कम फष्ट सर्भिसका आधारमा शनिबार देखि पोखरामा प्याराग्लाइडिङ संचालन हुने भएको छ । व्यवसायीको आन्तरिक काराले गर्दा विगत दुई साता देखि ठप्प भएको पोखराको सहासिक खेल प्याराग्लाइडिङ शनिबार बिहान देखि फष्ट कम फष्ट सर्भिसका आधारमा संचालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) ले निर्देशन जारी गरेको छ । यही पुष १२ गते सरोकारवालाहरु बिच भएको सहमतीको आधारमा नेपाल सरकारको नीति नियम तथा प्राधिकरणको नीति, नियम अनुरुप उडान सुरक्षाको पत्याभुति हुनेगरि उडान सुरक्षालाई उच्च प्राथमिकता दिई…
पुरा पढौ
सडक महोत्सवमा पर्यटकको चहलपहल बढ्दै, शनिबार डुंगा दौड प्रतियोगिता हुने
दीननाथ बराल पोखरा १३, पुष अफ्सिजनमा कुनै समय पोखराका पर्यटन व्यवसायीहरु हुलका हुलभई भारतको गोवा लगायतका स्थानमा क्रिसमश र अग्रेंजी नयाँ बर्ष मनाउने पुग्ने गर्दथे । अफ्सिजनमा पोखराको पर्यटन प्रबर्द्धन गर्न गणेशबहादुर भट्टराईले नेतृत्वमा विगत २५ बर्ष अघि सुरू भएको पोखरा सडक महोत्सव अहिले नेपालकै ब्राण्ड बनेको छ । मेला महोत्सवको सायद सुदुरपश्चिम महोत्सव पछिको धेरै दर्शक वा पर्यटक भित्रिने महोत्सवको रुपमा स्थापित हुदै आएको पोखरा सडक महोत्सव पोखराको मुख्य पर्यटकीय स्थल फेवाताल किनारा क्षेत्रको लेकसाइडमा उक्त महोत्सव हाल संचालन…
पुरा पढौ
जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड पोखरामा सुरु, खेलाडीहरुको लागि अनुशासन महत्वपूर्ण हुन्छः मन्त्री सिंखडा
पोखरा १३, पुष पोखरा रंगशालामा शुक्रबार देखि १४ औं संस्करणको कास्की जिल्ला स्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गत बर्षको विजेता पोखरा महानगरपालिका सहित कास्कीका अन्य ४ गाँउपालिकाका करिब ४ सय भन्दा बढी खेलाडीहरु सहभागि भएको आयोजक कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँले बताउनु भयो । भोलि (शनिबार) सम्म संचालन हुने उक्त प्रतियोगिताको गण्डकी प्रदेशकी सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले उद्घाटन गर्दै खेलाडीहरुको जीवनमा खेलसंगै अनुशासन अपरिहार्य भएको बताउनु भयो ।…
पुरा पढौ
क्रिकेटर लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर
काठमाडौं १३, पुष क्रिकेट राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’ नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको ठहर गरेको छ । लामिछानेलाई सजाय भने यही पुस २५ गते मात्र सुनाइने भएको छ । एउटै कोठामा बसेको बेला सन्दीपले आफूलाई बलात्कार गरेको गौशला २६ को दाबी रहेको भन्दै अदालतले भनेको छ, ‘गौशला २६…
पुरा पढौ
बालकुमारी झडपमा परी दुई जनाको ज्यान गयो
काठमाण्डौं १३, पुष कोरिया जानका लागि रोजगार अनुमति प्रणाली ९ईपीएस० परीक्षा दिन नपाएपछि आन्दोलित भएका युवाहरुको झडपका क्रममा दुई जना युवाले ज्यान गुमाउनु परेको छ । युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा सुजन राउत र वीरेन्द्र शाहको ज्यान गएको प्रहरीले जनाएको छ । पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले जनाए । यसअघि किस्ट अस्पतालमा उपचारकै क्रममा २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । उक्त घटनाको बिषयमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ…
पुरा पढौ
लेखनाथ महोत्सवमा घन्कियो रत्यौली
लेखनाथ, १३ पुस नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली प्रतियोगिता आयोजना गर्ने गरिन्छ । दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो । जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय लोक…
पुरा पढौ
२० औं माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स टेनिसमा क्वाटरफाइनलका समिकरण पुरा
पोखरा, पौष १३ २० औं माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा क्वाटरफाइनलका समिरकण पुरा भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा क्वाटरफाइनलको समिकरण पुरा भए संगै अन्तिम चारमा भिड्ने खेलाडीहरुको टुङ्गो समेत लागेको हो । मेन्स ओपन सिंगल्समा नेपाल नं १ बरियता खेलाडी प्रदिप खडका, भारतिय खेलाडी अभिनन्सु ठाकुर, पूर्व नेपाल नं १ सम्रक्षक भूषण बज्रचार्य र ऋतिक रानाले शनिबार हुने सेमीफाइनलमा स्थान पक्का गरे । सेमीफाइनलमा नेपालका नं १ बरियता प्रदिपले भारतिय खेलाडी अभिनन्सु संग…
पुरा पढौ
टिम दिपाङ १ सय ३३ रनले विजयी
पुष १३,पोखरा कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशलामा जारी कास्की छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा टिम फेवा माथि टिम दिपाङ १ सय ३३ रनले विजयी भएको छ । पहिला व्याटिङ गरेको दिपाङले पुरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा प्रतियोगिताकै सर्वाधिक २ सय ४७ रन बनाएको थियो । दिपाङका लागि राजु खनालले १ सय ३ रन तथा आदित्य थापा र आशिष न्यौपानेले समान २७ रन जोडे । फेवाका बलरहरु अभिषेक थापा र सन्तोष सर्माले २÷२ विकेट लिए ।…
पुरा पढौ
२३ औं आहा रारा पोखरा गोल्डकप माघ ९ देखि संचालन हुने
दीननाथ बराल पोखरा १३, पुष नेपालकै प्रतिष्ठित आहा ! रारा पोखरा गोल्डकपको २३ औं संस्करण आउँदो माघ महिलाको ९ गते देखि पोखरामा हुने भएको छ । पोखराको सहारा क्लबको आयोजनामा पोखरा रंगशालामा उक्त प्रतियोगिता आउदो माघ ९ गते देखी माघ २० गतेसम्म हुने भएको क्लवले जनाएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) बाट क्लवलार्ई उक्त मिति तयभए अनुसार आफुहरुले सोही मितिमा गर्ने तयारी गरिएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताउनु भयो । प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु…
पुरा पढौ
यातायात मन्त्री ज्वालाको गाडीमा आगजनी
काठमाडौँ १३, पुष नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको केही वालेको समुहले उक्त गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ । मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्याएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताउनु भयो । ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरू बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पुरा पढौ


