जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड पोखरामा सुरु, खेलाडीहरुको लागि अनुशासन महत्वपूर्ण हुन्छः मन्त्री सिंखडा

-


     पोखरा क्लिक     
     पौष १३ गते २०८० मा प्रकाशित


पोखरा १३, पुष

पोखरा रंगशालामा शुक्रबार देखि १४ औं संस्करणको कास्की जिल्ला स्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गत बर्षको विजेता पोखरा महानगरपालिका सहित कास्कीका अन्य ४ गाँउपालिकाका करिब ४ सय भन्दा बढी खेलाडीहरु सहभागि भएको आयोजक कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँले बताउनु भयो ।

भोलि (शनिबार) सम्म संचालन हुने उक्त प्रतियोगिताको गण्डकी प्रदेशकी सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले उद्घाटन गर्दै खेलाडीहरुको जीवनमा खेलसंगै अनुशासन अपरिहार्य भएको बताउनु भयो । खेलमा जित हार भन्नु भन्दा सहभागिता ठुलो कुरा भएको बताउदै उहाँले नियमित प्रशिक्षण र खेलाडीको लगावले खेलाडीहरुले उत्कृष्ट नतिजा दिन सक्ने विश्वास व्यक्त गर्नु भयो । कुनै प्रतियोगितामा पदक जित्नेले मात्र अर्थ नराख्ने त्यसमा अनुशासन पसनि अति आवश्यक भएको मन्त्री सिंखडाको भनाई थियो ।

मन्त्री सिंखडाले खेलाडीहरुलाई उच्च मनोवलका साथ विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै आफ्नो जिल्ला, प्रदेश र राष्ट्र शिर उचो पार्ने गरी खेल खेल्न आग्रह गर्नु भयो । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका समन्वय प्रमुख लिलाधर पौडेलले यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने दाबी गर्नु भयो । प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले खेलकुदले सभ्य र अनुशासित नागरिक उत्पादनमा मद्धत पुग्ने बताउनु भयो । राष्ट्रपति कप प्रतियोगिता राष्ट्रिय प्रतिक संग जोडिएको उहाँको भनाई थियो ।

गण्डकी प्रदेश सरकारले खेलकुद विकासका लागि खेलाडी कल्याणकारी कोषको व्यवस्था, ओलम्पियनहरुलाई मासिक भत्ताको सुविधा र खेल पदक जस्ता महत्वपूर्ण नयाँ योजनाहरु अघि सारेको सदस्य सचिव शर्माले जनाउनु भयो । साथै उहाँले गण्डकी प्रदेशमा सुचिकृत भएका ५ सय ९४ जना रेफ्रि तथा प्रशिक्षकहरुको चाँडै नै आकस्मिक विमा र छात्रवृति समेत प्रदान गरिने गरी परिषदले तयारी गरिरहेको उल्लेख गर्नु भयो । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार सहितको टिमले अघिल्लो बर्ष लगेको रनिङ शिल्ड जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बानिया सहितको टोलीलाई फिर्ता गरेको सचिव कन्चन थापा (कोइराला) ले बताउनु भयो ।

उक्त प्रतियोगिता अन्र्तगत छात्र÷छात्रा भलिवल, एथ्लेटिक्स, तेक्वान्दो, कबडी, उसु र कराँते रहेका छन्। उद्घाटन सत्रको अवसरमा आयोजना भएको मार्च पास प्रतियोगितामा पोखरा महानगर प्रथम भएको छ । त्यसै गरी मादी गाउँपालिका दोश्रो र माछापुच्छ«े गाउँपालिका तेश्रो भएको समितिका कार्यालय प्रमुख सुनबहादुर लामाले एटुजेडलाई बताउनु भयो ।