काठमाडौँ १३, पुष
नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको केही वालेको समुहले उक्त गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्याएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताउनु भयो ।
ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरू बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले
पाँच जनालाई पक्राउ गरेको छ ।