दीननाथ बराल
पोखरा १३, पुष
नेपालकै प्रतिष्ठित आहा ! रारा पोखरा गोल्डकपको २३ औं संस्करण आउँदो माघ महिलाको ९ गते देखि पोखरामा हुने भएको छ । पोखराको सहारा क्लबको आयोजनामा पोखरा रंगशालामा उक्त प्रतियोगिता आउदो माघ ९ गते देखी माघ २० गतेसम्म हुने भएको क्लवले जनाएको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा) बाट क्लवलार्ई उक्त मिति तयभए अनुसार आफुहरुले सोही मितिमा गर्ने तयारी गरिएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताउनु भयो । प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागी हुने क्ल वले जनाएको छ । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०७९ को विजेता संकटा क्लब काठमाण्डौं र उपविजेता भुटनिज युथ स्पोर्ट्स क्लब, अमेरिका रहेको थियो भने विजेताले नगद पुरस्कार १२ लाख र उपविजेतालाई ६ लाख नगद प्राप्त गरेका थिए ।
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यद्वारा अभिप्रेरित हुँदै सञ्चालन हुने उक्त प्रतियोगिताबाट बचत भएको रकम सहारा फुटवल एकेडेमी खर्चिदै आएको क्लवका अध्यक्ष केशवराज बरालले बताउनु भयो । उक्त एकेडेमीमा हाल १२ जना वालकहरु रहनु भएको छ भने क्लवले ३० जना सिट क्षमता भएकोले अन्य बालकहरुको व्यबस्थापन गर्ने भएको छ ।
यस प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा रहेको पोखराको घरना व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ । त्यसै गरी उक्त प्रतियोगिताको पोखरा महानगरपालिका प्रबद्र्धनमा रहेको छ भने रास्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, जिल्ला फुटबल संघ कास्की, सहारा यु.के., सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया र सहारा क्लब हंगकंङका सल्लाहकार एंव कानुन व्यवसायी देव गुरुङ समेतको बिशेष सहयोग रहने भएको क्लवले जनाएको छ ।