काठमाण्डौं १३, पुष
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली ९ईपीएस० परीक्षा दिन नपाएपछि आन्दोलित भएका युवाहरुको झडपका क्रममा दुई जना युवाले ज्यान गुमाउनु परेको छ । युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा सुजन राउत र वीरेन्द्र शाहको ज्यान गएको प्रहरीले जनाएको छ ।
पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले जनाए । यसअघि किस्ट अस्पतालमा उपचारकै क्रममा २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । उक्त घटनाको बिषयमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
पानीजहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएको थियो । पानी जहाज सम्बन्धी कम्पनीमा परीक्षा दिएका तर अनुत्तीर्णले फर्म भर्न नपाउने निर्णय विरुद्ध युवाहरु अदालत गएका थिए ।
ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भएको बताइन्छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास हानेको थियो । स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर गरेको थियो ।