फष्ट कम फष्ट सर्भिसका आधारमा शनिबारदेखि पोखरामा प्याराग्लाइडिङ संचालन हुने

-


     पोखरा क्लिक     
     पौष १३ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा १३, पुष

फष्ट कम फष्ट सर्भिसका आधारमा शनिबार देखि पोखरामा प्याराग्लाइडिङ संचालन हुने भएको छ । व्यवसायीको आन्तरिक काराले गर्दा विगत दुई साता देखि ठप्प भएको पोखराको सहासिक खेल प्याराग्लाइडिङ शनिबार बिहान देखि फष्ट कम फष्ट सर्भिसका आधारमा संचालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) ले निर्देशन जारी गरेको छ ।

यही पुष १२ गते सरोकारवालाहरु बिच भएको सहमतीको आधारमा नेपाल सरकारको नीति नियम तथा प्राधिकरणको नीति, नियम अनुरुप उडान सुरक्षाको पत्याभुति हुनेगरि उडान सुरक्षालाई उच्च प्राथमिकता दिई (फष्ट कम फष्ट सर्भिस) का आधारमा उडान गर्न क्यानले अनुमति दिएको हो । यस प्राधिकरणबाट प्रदान गरिएको तोकिएको अधिकार क्षेत्र भित्र रहि सुरक्षित ढंगले मान्देढुंङ्गा क्षेत्रबाट पुनः उडान सुचारु गर्न सकिने पत्रमा उल्लेख भए अनुसारको शनिबार देखि पोखराको सहासिक खेल प्याराग्लाइडिङ संचालन गरिने भएको नेपाल हवाई खेलकुद संस्था (ना) पोखराका अध्यक्ष सुनिल भट्टराईले बताउनु भयो । क्यानबाट शुक्रबार करिब बेलुका ५ बजे मात्र पत्र प्राप्त भएकोले सोका आधारमा शनिबार बिहानै सबै कम्पनी तथा प्याराग्लाइडिङ पाइलटहरुलाई सकुर्लर गरी पोखरामा ठप्प भएको प्याराग्लाइडिङ पुनः संचालन गर्ने भएको उहाँले एटुजेडलाई बताउनु भयो । क्यानबाट प्राप्त पत्र अनुसार शनिबार बिहान ११ः बजे देखि पोखरामा व्यवसायी प्याराग्लाइडिङ उडान गर्ने भएको अध्यक्ष भट्टराईले जनाउनु भयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) र व्यवसायी बिच छलफल भएको छलफलबाट पोखरामा बन्द भएको प्याराग्लाइडिङ पुनः सुचारु हुने सहमती भएको थियो ।
गत मङ्सिर अन्तिम साता प्याराग्लाइडिङका कम्पनीहरूले आफैँ उडाउन पाउने त्यसको मुल्य पनि आफ्नै हिसाबले लिन पाउनुपर्ने माग गर्दै आएका थिए त्यसको बिबाद नाले मिलाउन नसके पछि क्यानले तत्कालले पोखराको प्याराग्लाईडिङ स्थगित गर्न सूचना जारी गरेको थियो । क्यानले नियमन गर्ने गरी नालाई अधिकार दिदै आएको सन्र्दभमा क्यानले त्यसको जिम्मेवार वहन नगर्दा प्याराग्लाइडिङबाट हुन सक्ने घटनालाई मध्यनजर गरी क्यानले प्याराग्लाइडिङ बन्द गराएको हो ।

क्यानका सेफ्टी प्रमुख राजु श्रेष्ठ, नाका अध्यक्ष भट्टराई, ४४ वटा र १३ वटा कम्पनीका व्यवसायी र पाइलट क्लवका पदाधिकारीहरु बिच भएको छलफलमा अबदेखि प्याराग्लाइडिङ संचालन गर्ने मुल्यको बिषयमा आफुखुसि लिने भएको बताइएको छ । यस अघि प्याराग्लाइडिङ गर्दा प्रति व्यक्तिको १२ हजारसम्म शुल्क लाग्ने गरेको थियो भने त्यो मुल्य केही समय अघि प्याराग्लाइडिङलाई प्रबद्र्धन गर्न बिषेश छुटमा ३ हजारसम्ममा उडान भएको थियो । पोखरामा करिब ५५ कम्पनीहरु रहेका छन्।
पोखराको प्याराग्लाइडिङ हाल पोखरा १८ को तोरीपानीबाट उडान हुन सुरु भएसंगै केही उत्साह भए पनि प्याराग्लाइडिङ बन्द भएकोले नकरात्मक भएको व्यवसायीहरुले बताउनु भएको थियो ।

पोखरामा विहिबार देखि सुरु भएको सडक महोत्सवको अवसरमा उक्त प्याराग्लाइडिङ बन्द हुनुले पोखराको पर्यटन प्रबद्र्धनमा ठुलो असर पर्न सक्ने व्यवसायीहरुले बताउदै आए पछि उक्त प्याराग्लाइडिङ संचालन हुने भएको हो ।