सडक महोत्सवमा पर्यटकको चहलपहल बढ्दै, शनिबार डुंगा दौड प्रतियोगिता हुने

-


     पोखरा क्लिक     
     पौष १३ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा १३, पुष

अफ्सिजनमा कुनै समय पोखराका पर्यटन व्यवसायीहरु हुलका हुलभई भारतको गोवा लगायतका स्थानमा क्रिसमश र अग्रेंजी नयाँ बर्ष मनाउने पुग्ने गर्दथे । अफ्सिजनमा पोखराको पर्यटन प्रबर्द्धन गर्न गणेशबहादुर भट्टराईले नेतृत्वमा विगत २५ बर्ष अघि सुरू भएको पोखरा सडक महोत्सव अहिले नेपालकै ब्राण्ड बनेको छ ।

मेला महोत्सवको सायद सुदुरपश्चिम महोत्सव पछिको धेरै दर्शक वा पर्यटक भित्रिने महोत्सवको रुपमा स्थापित हुदै आएको पोखरा सडक महोत्सव पोखराको मुख्य पर्यटकीय स्थल फेवाताल किनारा क्षेत्रको लेकसाइडमा उक्त महोत्सव हाल संचालन भएको छ । उक्त महोत्सव करिब ३ किलोमिटर खुल्ला सडकमै रेष्टुरेण्टको चुल्हो सडक पेटि नजिक ल्याउदै सडकमै हिड्दै गरेका पर्यटकहरुलाई हरेक रेष्टुरेण्टले फरक फरक ढंगले आकर्षण गर्न विभिन्न थरिका परिकार पस्कने गर्दछन्।

अंग्रेजी नयाँ वर्षको अवसरमा विहिबार देखि लेकसाइडमा आयोजना भएको उक्त महोत्सवमा करिब ५ लाख आन्तरिक तथा बाह्यि पर्यटक भित्राउने रेवान पोखराले अपेक्षा गरेको रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखराका अध्यक्ष नरेस भट्टराईले एटुजेडलाई बताए । २५ औं संस्करणको पोखरा सडक महोत्सव २०८० मा यसपाली महोत्सवमा चाइनिज, इण्डियन, नेपाली सहित २५ थरिका खानाका परिकार उपलब्ध गराएको उनले जनाए । सडक महोत्सवको दोश्रो दिन शुक्रबारको दिउँसो २ः बजे देखि आन्तरिक पर्यटकहरुको पहल पहल राति अवेरसम्म बढेको अध्यक्ष भट्टराईले दाबी गरे ।

स्थानिय किसानले उत्पादन गरेका बस्तुको बिक्रि तिवरणको लागि सहज पहुच पुर्याउने गरी निःशुल्क स्टलको व्यबस्था गरिएको संस्थाका प्रथम उपाध्यक्ष एवं महोत्सव संयोजक विश्वराज पौडेलले बताए । महोत्सवलाई भव्य रुपमा सफल पार्न हाल पोखराको करिब ३ किलोमिटर क्षेत्रमा रंगरोगन, धोजा पोतकाले सजिसजावट समेत गरिएको छ । अझै दुई दिनसम्म महोत्सवमा कला संस्कृति झल्कने विभिन्न जनजातिको भेषभुषा सहितको झाँकी प्रर्दशनी गरीने भएको उनले जनाए । महोत्सवमा विभिन्न खेलकुद कार्यक्रम, गित संगित तथा कला क्षेत्रलाई उच्च प्रथामिकता दिएको अध्यक्ष भट्टराईले बताए ।

यसैबिच शनिबार र आइतबार दुई दिन लगातार सार्वजनिक बिदा भएकोले महोत्सवमा अत्याधिक पर्यटकहरुको आगमन हुने भएको संयोजक पौडेलले बताए । त्यसै गरी शुक्रबार पोखरामा मःम खाने प्रतियोगिता, वेटर रेस प्रतियोगिता सम्पन्न भएको खेल संयोजक सुर्य बहादुर भुजेलले एटुजेडलाई बताए । उनका अनुसार शनिबार डुंगा दौड प्रतियोगिता हुने भएको छ ।  उक्त प्रतियोगितामा संस्थागत १६ र व्यक्तिगत गरी ३२ टिमको सहभागिता रहको उनले जनाए । प्रतियोगितामा विजेताले बीस हजार, दोश्रो हुनेले दश हजार र तेश्रो हुनेले भने ५ हजार प्राप्त गर्ने भएको छ ।