क्रिकेटर लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर

-


     पोखरा क्लिक     
     पौष १३ गते २०८० मा प्रकाशित


काठमाडौं १३, पुष

क्रिकेट राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’ नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको ठहर गरेको छ । लामिछानेलाई सजाय भने यही पुस २५ गते मात्र सुनाइने भएको छ ।

एउटै कोठामा बसेको बेला सन्दीपले आफूलाई बलात्कार गरेको गौशला २६ को दाबी रहेको भन्दै अदालतले भनेको छ, ‘गौशला २६ तथा प्रतिवादी सन्दीप लामिछानेको घटना हुँदाको दिनको क्रियाकलापको समेत घटना क्रम समेतलाई विचार गर्दा करणी भएको देखियो ।’

 



This will close in 20 seconds