पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने
पोखरा, कार्तिक २४ पोखरामा पहिलो पटक मौलिक सस्कृति झल्कने देउसी भैलो महोत्सव हुने भएको छ । पोखरा टेलिभिजनको आयोजनामा हुन लागेको महोत्सवमा बिभिन्न जातजाती बिषेश तथा समुदाय बिषेशको देउसीभैलो प्रर्दशन हुने भएको पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पछिल्लो समय नक्कल गर्ने सस्कृतीका कारण हाम्रा संस्कृति र परम्पराहरुको अस्तित्व नासिने खतरा बढ्दै गएको छ । पछिल्लो समय तिहारको समयमा खेलिने देउसीभैलो विकृतिमुक्त हुन सकेको छैन, यसको मौलिकता हराउँदै गएको आभाष हुन थालेको छ । त्यसैले देउसीभैलोलाई ब्यापक…
पुरा पढौ
गण्डकी प्रज्ञा–प्रतिष्ठान र दि स्पिक इन साइलेन्स स्विजरल्याण्डले सहकार्य गर्ने
कार्तिक २४ पोखरा गण्डकी प्रज्ञा–प्रतिष्ठान र स्विजरल्याण्डको दि स्पिक इन साइलेन्सबीच बिहीबार सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । दुई संस्थाबीच कला, संगीत र संस्कृतिको आदान–प्रदान गर्ने उद्धेश्यले एक कार्यक्रमकाबीच समझदारी पत्र (एम.ओ.यू.)मा हस्ताक्षर गरिएको हो । एम.ओ.यू.मा गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ तथा दि स्पिक इन साइलेन्स स्विजरल्याण्डका प्रमुख मेलिना दी लमर्लिएरले हस्ताक्षर गरेका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानमा आयोजित समझदारी पत्रमा हस्ताक्षर गरे पश्चात बोल्दै दि स्पिक इन साइलेन्सकी प्रमुख मेलिनाले अब दुई संस्थाबीचको सहकार्यमा कला, संगीत र…
पुरा पढौ
हीरक जयन्तीको तयारीमा राष्ट्रिय मावि
पोखरा, २४ कार्तिक पोखराको पुरानो टुँडिखेल स्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालय आउदो मंसिर २० गते आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गदैछ । आफनो ७५ औ स्थापना दिवस सगै विद्यालय हीरक जयन्ती मनाउने तयारीमा जुटेको छ । हीरक जयन्ती आउदो १ बर्षसम्म (२० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म) विभिन्न कार्यक्रम गरि भब्य रुपमा मनाउने योजना सहित विद्यालय अघि बढेको छ । हीरक जयन्तीको तयारीका लागि भन्दै विद्यालयले आउदो शनिबार अर्थात २५ कार्तिकमा विद्यालयमा…
पुरा पढौ
शान्ति उदयमा रेडक्रस कास्कीको तालिम सुरु
पोखरा २३, कार्तिक पोखरा महानगरपालिका वडा नं ३३ मा रहेको शान्ति उदय माविमा विहिवारदेखि कास्की रेडक्रसको जिल्लास्तरीय नेतृत्व विकास सम्बन्धी तालिम सुरु भएको छ । गोष्ठीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका वीच उद्घाटन गर्दै रेडक्रस जस्तो मानवीय सेवामुखी संस्थामा लाग्न विद्यार्थीलाई प्रेरित गरे । उनले जुनियर तथा युवा रेडक्रस सहयोगी संस्था भएको उल्लेख गर्दै आवासीय तालिम सफलताको शुभकामनाका साथै उनी आफैले अध्ययन गरेको बिद्यालयमा कार्यक्रम हुँदै गरेकामा सफलताका लागि आर्थिक सहयोग गर्न आफू तयार रहेको र वडालाई पनि…
पुरा पढौ
पशुपतिनाथ मन्दिरमा पर्यटकः
काठमाण्डौं २३, कार्तिक पशुपतिनाथ मन्दिरमा स्वदेशी तथा विदेशी पर्यटक तथा दर्शनार्थी । पशुपनिनाथ मन्दिर क्षेत्रमा भारतीय सहित तेश्रो मुलुकका विदेशी पर्यटक तथा नेपाली पर्यटक एवं दर्शनार्थीको हिजोआज भिडभाड हुन थालेको पशुपतिनाथ धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।
पुरा पढौ
केवलकारका बाजे लक्ष्मणबाबुको इतिहास
रवीन्द्र माकाजू पोखरा २२, कार्तिक अहिले मुलुकमा सर्वत्र केवलकार बनाउने होड चलेको छ । कास्कीबाट मुक्तिनाथ मन्दिरसम्म सम्भवत संसारकै सबैभन्दा लामो दुरीको केवलकार बन्ने खबरले पोखराका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । बन्दीपुर, बुटवल, पोखराको सराङकोट आदि ठाउँमा केबलकार निर्माण भएको छ । यस बेला नेपालका केबलकार कसले कसरी कहाँ सुरु गरे भन्ने जिज्ञासा हुनु स्वभाविकै हो । यसै परिवेशमा नेपालमा पहिलो केबलकारका परिकल्पनाकार एवं मनकामना केबलकारका संस्थापक लक्ष्मणबाबु श्रेष्ठसँग पहिलो भेट हुँदा गरिएको कुराकानीका केही अंशहरु ः माता मनकामना…
पुरा पढौ
चीन सरकारले नेपालका भूकम्प प्रभावितलाई करिब तीस करोड मुल्य बराबरको राहत सामाग्रि हस्तान्तरा गर्यो
पोखरा २२, कार्तिक मित्र राष्ट् चीनले नेपालका भूकम्प प्रभावितहरुलाई ठुलो मात्रामा राहत सामाग्रि उपलब्ध गराएको छ । भूकम्प प्रभावितलाई चिन सरकारले करिब ३० करोड बराबरकोको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरा गरेको हो । बुधबार बिहान पोखरा अन्तराष्ट्यि विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्ट मार्फत आएको राहत सामाग्री उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका हुन् । चिनियाँ राजदूत छन् सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका करिब ३० करोड मूल्य बराबरको राहत सामाग्री उपप्रधानमन्त्री श्रेष्ठले बुझेका छन् । राहत…
पुरा पढौ
प्रतिभा माविलाई ‘बेस्ट स्कुल अवार्ड’
पोखरा २२, कार्तिक पोखराको प्रतिभा माविले बेस्ट स्कुल अवार्ड प्राप्त गर्न सफल भएको छ । कलेज रिडर्सले जापानको टोकियोमा हालै आयोजित एक कार्यक्रमबीच ‘नेपाल एजुकेशन अवार्ड’ अन्तर्गत प्रतिभा माविलाई ‘बेस्ट प्लस टु स्कुल अफ द इअर अवार्ड २०२३’ प्रदान गरेको हो । सो अवार्ड विद्यालयका प्राचार्य किरण सापकोटाले ग्रहण गरेका थिए । अवार्ड ग्रहण गर्दै उनले प्रतिभालाई उत्कृष्ट प्लस टु छनोट गरी अवार्ड प्रदान गरेकोमा आभार समेत व्यक्त गरें । मावि र उच्च मावि मध्येबाट उक्त अवार्डका लागि प्रतिभा छनोट…
पुरा पढौ
क्याम्पस भवन निर्माणार्थ देउसीभैलो
पोखरा, २२ कात्तिक पोखरा महानगरपालिका वडा नं. ३३, कालिकास्थान, भरतपोखरीमा सञ्चालित सरस्वती टिका बहुमुखी क्याम्पसको भवन निर्माणार्थ यही कात्तिक २४ गतेदेखि ३० गतेसम्म देउसीभैलो गरिने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी वि.सं. २०६९ सालमा स्थापित दक्षिण पोखराको एक मात्र सामुदायिक क्याम्पसले विभिन्न आरोह अवरोहका बीच १० वर्ष पार गरिसक्दा पनि आफ्नो भवन नहुँदा समस्या भोग्नुपरेको वास्तविकतालाई दृष्टिगत गरी भवन निर्माणका लागि देउसीभैलो गर्न लागिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिनुुभयो । दिगो आर्थिक स्रोत र भौतिक…
पुरा पढौ
पोखरामा गुरुङ चलचित्र सैंर्वे ट को प्रिमियर शो हुने
पोखरा, २२ कात्तिक पोखरामा आगामी मंसिर ९ गते गुरुङ समुदायमा आधारित तमु चलचित्र ‘सैंर्वे ट’ (मनको फूल) को विशेष प्रदर्शन (प्रिमियर शो) हुने भएको छ । माओत्से गुरुङ फिल्मस् सँगको सहकार्यमा उचाई स्टुडियो प्रालिको ब्यानरमा निर्मित चलचित्रको ट्रेडमलस्थित सिनेप्लेक्समा बिहान १० बजे विशेष प्रदर्शन हुने निर्माण टिमले जनाएको छ । रत्ना गुरुङद्वारा लिखित तथा निर्देशित सो चलचित्रको च्यारिटी शुल्क १ हजार रुपैयाँ निर्धारण गरिएको छ । चलचित्रमा नायकका रुपमा विश्वात्मा गुरुङलाई देख्न सकिन्छ भने नायिकाकी रुपमा कृष्टि गुरुङले अभिनय गरेकी…
पुरा पढौ

