दीननाथ बराल
पोखरा १०, माघ
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले तीन तहका सरकार प्रति समन्वय हुन नसकेको दाबी गर्नु भएको छ । राष्ट्रिय बाणिज्य बैकको ५९ औं बार्षिकोत्सव समारोहको अवसरमा पोखरामा बुधबार वोल्दै मन्त्री आलेले संघियताको मर्म र भावना अनुसार तीन तहका सरकारको समन्वय, सहकार्यको अभावले आर्थिक विकास हुन नसकेको दाबी गर्नु भएको हो ।
गण्डकी प्रादेशीक कार्यालय पोखरा नयाँबजारमा बुधबार आयोजित उक्त समारोहमा वोल्दै मन्त्री आलेले अर्थतन्त्र चलायमान बनाउनु पर्नेमा स्थानिय, प्रदेश र संघिय सरकारको उचित ढंगले समन्वय नहुदा अपेक्षाकृत विकास हुन नसकेको गुनासो गर्नु भयो । बैंकहरुले औधोगिक क्षेत्रमा ज्यादै कम तर सेवामा क्षेत्रमा धेरै लगानी गरेकोले विकासको गति अस्वभाविक ढंगले अघि बढेको उहाँको आरोप थियो । स्वदेशमा लगानी र उत्पादनमा जाडे दिन नसक्दा युवा विदेशीको मन्त्री आलेको भनाई थियो । प्रदेश सरकारले छिटो उत्पादन हुने क्षेत्रमा लगानी गर्ने निती अघि सारेको बताउदै उहाँले अनउत्पादन क्षेत्र सामुदाकि भवनमा सरकारले लगानी बन्द गरेको दाबी गर्नु भयो ।
पोखरा उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष गोकर्ण कार्कीले र्औधोगीक क्षेत्रमा कहिले उद्योग संचालन हुन्छ भन्दै मन्त्री समक्ष प्रश्न गर्नु भयो । सरकारको लगानी अनुसार सरकारी बैंकहरुले काम गर्न नसेकेको उहाँकोे आरोप छ । लेखनाथ उघोग बाणिज्य संघका द्वितीय उपाध्यक्ष बिकल कर्मचार्यले कति लगानीले रोजगार सृजना गर्न सक्छ त्यसमा ध्यान दिनुपर्ने बताउनु भयो । आयात बिस्थापित गर्नुपर्ने बताउदै उहाँले जग्गा र जमिनले मात्र ऋण दिने लिने नितीगत सुधार आवश्यक भएको जनाउनु भयो ।
उत्कृष्ट सेवाग्राही मध्य एक मोहनबाबु खड्काले २०४८ साल देखि यसै बैंकमा कारोवार गरेको बताउदै व्यावसायिक मैत्री वनाउन उहाँले आग्रह गर्नु भयो । पूर्व कर्मचारी संघका गंगाधर पौडेलले भगवान रूपी ग्राहक बर्गलाई सेवा सुविधा दिनुपर्ने बताउदै आकर्षक सेवा सुविधा आवश्यक भएकोमा जोड दिनु भयो । विभिन्न संघ संगठनका कर्मचारी नेताहरुले बैंकको सेवा सुविधा बढाउन माग गर्नु भयो । राष्ट्रिय बाणिज्य बैंक गण्डकी प्रादेशिक कार्यालयका निमिक्त प्रादेशीक प्रबन्धक विदुरभुषण क्षत्रीले ७७ जिल्लामा बैंकको शाखा कार्यालय सहित सेवा संचालन भएको बताउनु भयो । साथै आफुहरुले नवनिर्मित भवनबाट सेवा सुभारम्भ गरेको क्षेत्रीले पोखराक्लिकलाई बताउनु भयो ।