पोखरामा पहिलो पटक यही माघ १३ गते देखि खुल्ला नेपाल स्नोकर प्रतियोगिता हुने

-


     पोखरा क्लिक     
     माघ १० गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा १०, माघ,

पोखरामा पहिलो पटक यही माघ १३ गते देखि खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० हुने भएको छ । पोखराको ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना पोखरामा पहिलो पटक उक्त प्रतियोगिता हुन लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले कास्की विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा उक्त प्रतियोगिता हुने भएको प्रा.लि.का अध्यक्ष सोम बि.क.ले बताउनु भयो । पोखरामा विगत दुई बर्ष देखि फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजनामा गण्डकी प्रदेश स्तरिय खुल्ला स्नोकर प्रतियोगिता गर्दै आएको सन्र्दभमा प्रा.लि.ले नयाँ खेलाडी उत्पादन सहित यस खेलको प्रबद्र्धन गरी, स्नोकर खेलको विकासको लागि पनि उक्त प्रतियोगिता आयोजना गरिएको उहाँले दाबी गर्नु भयो ।

प्रतियोगितामा १ सय २१ जना खेलाडीहरु सहभागि हुनुहुने भएको छ । पोखरा क्षेत्रबाट मात्र ६६ जना अन्य खेलाडी अन्य विभिन्न जिल्लाबाट सहभागि हुने भएको अध्यक्ष बि.क.ले जनाउनु भयो । प्रतियोगितामा विजेता हुने खेलाडीलाई १ लाख ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । त्यसै गरी प्रतियोगितामा उपविजेतालाई ७० हजार र तेश्रो हुने दुई जना खेलाडीलाई जनही २०÷२० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको हो । उक्त प्रतियोगिता फाइनल स्कोर स्पोर्टस (स्नोकर हाउस) मा यही माघ २८ गतेसम्म संचालन हुने भएको प्रा.लि.का संचालक मध्यका एक प्रताप गुरुङले बताउनु भयो ।

संघका संस्थापक अध्यक्ष वसन्त गौचनले यस खेललाई करिब ४ दशक अघि ८ जना खेलाडीहरु मत्र खेल्ने गरेकोमा हाल यस खेल भद्र व्यक्तिहरुले शान्त र शारीरिक व्ययमका लागि समेत खेल्न थालेको बताउनु भयो । संघका अध्यक्ष सागर कुमार सार्इ (दिलिप) ले संघले गर्नुपर्ने प्रतियोगिता एक स्नोकर हाउसले गरेर आफुहरुलाई धेरै सहयोग पुर्याएको बताउदै यसलाई थप व्यबस्थित गर्न आवश्यक भएको बताउनु भयो ।

संघका बरिष्ठ उपाध्यक्ष राजु गुरुङले यस खेलको पोखरामा करोडौं लगानी भयर धेरै व्यबस्थित हुदै आएको दाबी गर्नु भयो । संघका द्धितीय उपाध्यक्ष रामजी सुनारले विभिन्न स्नोकर हाउसहरुले पोखरामा बर्षमा ५÷६ वटा पोखरा तथा प्रदेश स्तरिय मात्र स्नोकर प्रतियोगिता भएको बताउनु भयो । उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिताको मुख्य सहयोग पोखरा महानगरपालिकाले गर्ने भएको प्रेम बहादुर परियारले बताउनु भयो । पुल र स्नोकर खेलले युवाहरु विकृतिमा लागेका छन भन्ने पत्रकारको जिज्ञासामा संस्थापक अध्यक्ष गौचनले कुनै समय र केही समस्या भए पनि हाल धेरै व्यबस्थित भएको दाबी गर्नु भयो ।



This will close in 20 seconds