आर्मी २३ औं आहारारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रबेश

-


     पोखरा क्लिक     
     माघ १० गते २०८० मा प्रकाशित


पोखरा १०, माघ

त्रिभुवन आर्मी क्लब २३ औं आहारारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रबेश गरेको छ । आज (बुधबार ) पोखरा रंगशालामा भएको दोश्रो प्रि क्वाटरफाइनल खेलमा राइजिङ स्टार क्लवलाई १–० को गोल अन्तरले हराउँदै आर्मी अन्तिम आठमा यात्रा तय गरेको हो । आर्मीको जितमा कप्तान भरत खवासले निर्णायक गोल गरे ।

खेलको २७ औं मिनेटमा क्रसबललाई पेनाल्टीबक्सबाट डाइभिङ गर्दै उनले उत्कृष्ट गाचेल गरे । आर्मीले माघ १४ गते संकटा क्लब सँग सेमिफाइनल यात्राको लागि भिड्ने भएको खेल संयोजक पूर्ण बहादुर गुरुङले बताए ।

प्रतियोगितामा आर्मीका भरत खवास म्यान अफ दी म्याच घोषित भए ।चार पटक फाइनल पुगेपनि आर्मी उपाधि विहिन भएको टिम हो । यसैबिच बिहीबारको खेल मच्छिन्द्र क्लब बिरुद्ध जावलाखेल क्लब बीच हुने भएको सहारा क्लवका अध्यक्ष केशवराज बरालले बताए ।

तष्विर एनपिजे नेपाल