देश तथा समाज पत्रिका

जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युडको भूकम्प

पोखरा २० कार्तिक। पोखरामा भूकम्पको धक्का महशुस गरिएको छ । सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का पोखरामा समेत महशुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडालाई केन्द्रविन्दु बनाएर ५.८ म्याग्निच्यूडको भूकम्प गएको हो । यसबारेमा विस्तृत विवरण आउन बाँकी छ । यसअघिपनि गत शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । पुरा पढौ

खल्तीबाट वर्ल्डलिङ्कको बिल तिर्दा दुबई घुम्ने मौका लेखनाथका अनिशलाई

पोखरा २०, कार्तिक पोखराका अनिश कुवँरले खल्ती वालेटबाट वर्ल्डलिङ्कको इन्टरनेटको बिल तिर्दा दुबई टुर जितेका छन् । खल्तीले वर्ल्डलिङ्कका ग्राहकलाई लक्षित गर्दै ल्याएको “खल्तीबाट वर्ल्डलिंकको पेमेन्ट गरेर दुबई घुमौं रमेर” अफर अन्तर्गत पोखरा – २६, सक्नेरीका कुवँरले लक्की ड्र मार्फत ‘दुबई टुर’ जितेका हुन् । ुुखल्तीबाट पेमेन्ट गर्दा दुबई घुम्न जाने अवसर पाइन्छ भनेर बुझेको चाहिँ थिएँ, तर आफैंलाई परेको भन्दा विश्वास लागेको थिएनुु आफ्नो जोडीसहित दुबई घुम्ने अफर पाएपछि उनले भने । वर्ल्डलिङ्कको इन्टरनेट बिलको भुक्तानी खल्तीबाट गर्नेमध्ये २४… पुरा पढौ

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कप रनिङ शिल्ड पुष २६ गते देखि सुरु हुने

पोखरा २०, कार्तिक गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता आगामी पुष २६ देखि २८ सम्म गते देखि हुने भएको छ । गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिको बुधबार पोखरामा बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा बसेको बैठकले पुषको दोश्रो साता सम्म सबै जिल्लास्तरिय प्रतियोगिताहरु सम्पन्न गर्ने गरि निर्णय समेत गरेको छ । उक्त प्रतियोगिता आयोजना गर्नका लागि स्थान तय गर्न सदस्य सचिब शर्माको संयोजकत्वमा एक कार्यदल गठन… पुरा पढौ

पोखरा १३ का १०९ जनालाई विपन्न तथा मजदुरले पाए निशुल्क स्वास्थ्य बिमा कार्ड

पोखरा २०, कार्तिक पोखरा १३ का विपन्न तथा मजदुरले निशुल्क स्वास्थ्य बिमा कार्ड पाएका छन् । वडा कार्यालय परिसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई स्वास्थ्य बिमा कार्ड हस्तान्तरण गरिएको हो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक भरत खत्रीको प्रमुख आत्थ्यितामा वडाका १०९ जना विपन्न तथा मजदुरले निशुल्क स्वास्थ्य बिमा कार्ड प्राप्त गरेका छन् । कार्यक्रममा बोल्दै खत्रीले वडाले राम्रो काम गरेको बताए । निशुल्क स्वास्थ्य बिमा कार्ड विपन्न र मजदुरलाई उपलब्ध गराएपछि अब पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने अवस्था नआउने… पुरा पढौ

पोखराको पश्चिमाञ्चल क्याम्पसमा पहिलोपटक कम्प्युटरबाट बिई÷बिआर्क प्रवेश परिक्षा

पोखरा २०, कात्तिक पोखराको लामाचौरस्थित त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा पहिलोपटक कम्प्युटरमा आधारित बिई÷बिआर्कको प्रवेश परीक्षा सञ्चालन गरिएको छ । विगत ९ बर्षदेखि काठमाडौँमा सो विषयको प्रवेश परीक्षा सञ्चालन हुँदै आएकोमा पहिलो पटक काठमाडौँ बाहिर समेत परीक्षा लिइएको हो । विसं २०७१ साल देखि इन्जिनियरिङ अध्ययन संस्थानका तत्कालिन डीन प्रा. डा. भरतराज पहारीको नेतृत्वमा प्रविधियुक्त नयाँ विधिमा आधारित प्रवेश परीक्षाको शुरुवात गरिएको थियो । पोखरामा पहिलोपटक प्रवेश परीक्षा सञ्चालन गर्न पाउँदा खुशी लागेको पश्चिमाञ्चल क्याम्पसका प्रमुख निर्मल बरालले… पुरा पढौ

सेल्फ ट्यालेण्ट राउण्डमा मिस मगर प्रतियोगीका विभिन्न प्रस्तुती

पोखरा,२० कार्तिक छैठौं संस्करणको मिस मगर नेपाल–२०२३ का अन्तिम १० प्रतिस्पर्धीले सेल्फ ट्यालेण्ट राउण्डमा आ–आफ्ना विभिन्न प्रस्तुती राखेका छन् । शनिबार होटल पोखरा ग्राण्डमा आयोजित सेल्फ ट्यालेण्ट राउण्ड कार्यक्रममा अधिकांशले नृत्य प्रस्तुत गरे भने केही कविता वाचन, अभिनय र विषयगत प्रस्तुती राखे । पूर्वको उदयपुरदेखि पश्चिमको सुर्खेतसम्मका मिस मगर नेपालका प्रतियोगीले आ–आफ्ना अन्तरनिहित प्रतिभा प्रस्तुत गरेका हुन् । सेल्फ ट्यालेण्ट राउण्डको प्रमुख निर्णायकमा मेजन पुन, निर्णायकत्रयमा गोविन्द पुन, शान्ति श्रीस र दिलीप राना रहनुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी… पुरा पढौ

आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटस् सुपर ओभरमा नेपाल पराजित

पोखरा १९ कार्तिक । आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधि भिडन्तमा नेपाल पराजित बनेको छ । आईतबार कीर्तिपुर मैदानमा भएको फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित बनेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतीमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अबिनाश बोहराको ओभरमा तीन छक्का प्रहार गर्दै ओमानले नेपाल समक्ष सुपर ओभरमा ठुलो चुनौती… पुरा पढौ

भूकम्पबाट मृत्यु भएकाको परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ दिने सरकारको निर्णय ः जाजरकोट भूकम्प

पोखरा १९ कार्तिक । नेपाल सरकारले जाजरकोट भूकम्पबाट प्रभावितको खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउँदै तत्काल मर्मतसम्भार सम्पन्न भएपछि पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरी एक वर्षभित्र भूकम्प प्रतिरोधी आवास निर्माण गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउन सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक सम्पर्क कार्यालय तोक्ने निर्णय गरेको बैठकपछि नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले राहत र पुनःस्थापनाका… पुरा पढौ

भूकम्प प्रभावित क्षेत्रसम्म पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको निःशुल्क बस सेवा

पोखरा १८ कार्तिक। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित क्षेत्र रुकुममा निःशुल्क बस सेवा दिने भएको छ । भूकम्प प्रभावितका आफन्त, स्वास्थ्यकर्मी र राहत सामग्री लैजान चाहनेका लागि कम्पनीले निसुल्क बसको व्यवस्था गरेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र बहादुर केसीले जानकारी दिएका छन् । रुकुम र जाजरकोटमा भूकम्पका कारण भएको जनधनको क्षतिका कारण सिंगो देश नै मर्माहत भएको बेला आफूहरुले थोरै भएपनि मल्हम लगानका लागि उक्त सेवा दिन लागिएको केसीले बताए । उनका अनुसार यसरी निसुल्क… पुरा पढौ

राहत उद्धारमा पोखरा महानगरपालिकाको टोली प्रस्थान

पोखरा १८, कार्तिक राहत उद्धारमा पोखरा महानगरपालिकाको टोली जाजरकोट था रुकुम प्रस्थान गरेको छ । एक महिनाको पारिश्रमिक राहत सहयोगमा रु ५० लाख को राहत सहयोग शुक्रबार राति गएको भूकम्पका कारण सिर्जित ह्दयबिरादक घटनामा राहत तथा उद्धारमा विशेष सहयोग पुर्‍याउन पोखरा महानगरपालिकाको टिम वडा अध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरी सहितको टिम राहत तथा उद्धारका सामाग्री सहित प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । २ वटा सानो गाडी र १ ट्रक सहित १७ जनाको उद्धार टोली त्यसतर्फ… पुरा पढौ