
दीननाथ बराल
पोखरा ७, माघ,
पोखरामा यही माघ ९ गते देखि २३ औ संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८० सुरू हुने भएको छ । एक विदेशी सहित प्रतियोगितामा १२ टिमको सहभागिता हुने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

हिमश्री फुड्स प्रा.लि.को मुख्य प्रायोजनमा पोखरा रंगशालामा मंगलबार हुने उद्घाटन खेलमा आयोजक सहारा क्लव र थ्री स्टार क्लब बिच खेल हुने भएको क्लवले जनाएको छ । यही माघ २० गतेसम्म संचालन हुने प्रतियोगितामा बिजेताले १२ लाख १ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने भएको क्लवका बरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरूङले बताउनु भयो । उपविजेताले भने ६ लाख १ हजार प्राप्त गर्ने भएको छ । पुरस्कार राषिमा मात्र क्लवले २८ लाख ३२ हजार खर्च हुने भएको छ । प्रतियोगिता सम्पन्न गर्न १ करोड ४९ लाख खर्च हुने भएको छ भने प्रतियोगिताबाट १ करोड ८६ लाख आम्दानी हुने अपेक्षा गरिएको महासचिव रामजीप्रसाद अधिकारीले बताउनु भयो । क्लवले हरेक खेल खेल्दा हरेक टीमलाई अतिरिक्त प्रोत्साहन रकम दिने भएको छ । प्रि—क्वाटरफाइनल खेल खेल्दा २० हजार, क्वाटरफाइनल खेल्ने दुबै टिमलाई जनही ३० हजार र सेमिफाइनलमा खेल्ने जित्ने तथा हार्ने दुबै टिमलाई जनही ५० हजार प्राप्त गर्ने भएका छन्।
उक्त अवसरमा सहारा युकेले हरेक खेलमा प्रदान गर्ने म्यान अफ दी म्याचको ट्रफी समेत हस्तान्तरण गरेको क्लवका मानार्थ सदस्य महेश गुरुङले पोखराक्लिकलाई बताउनु भयो ।

उक्त खेल अवलोकनको लागि दर्शकले साधारण प्यारापिट तर्फ प्रि—क्वाटरफाइनल तथा क्वाटरफाइनलमा १ सय र सेमिफाइनलमा २ सय र फाइनल खेलमा ३ सय रुपैया शुल्क तिर्नुपर्ने छ । भिआइपि तफ भने २ सय देखि ५ सय शुल्क लाग्ने भएको छ । पाहुना टोली भारतको दील्ली एफ.सी. टिम नआउने भए पछि त्यसको स्थानमा शसस्त्र प्रहरी वलको एपिएफ सहभागि हुने भएको क्लवका अध्यक्ष केशवराज बरालले बताउनु भयो । खेल तालिका सार्वजनिक गर्ने अन्तिम समयमा प्राविधिक कारण यसपाली आफुहरु सहभागि हुन नसकेको भन्दै दील्ली एफसीले पत्र क्लवलाई पठाएको उहाँले जनाउनु भयो ।
हिमश्री फुड्स प्रा. लि. का निर्देशक प्रकाश केसीले स्वदेशमै केही गर्न आग्रह गर्दै नेपालमा बस्तु तथा सेवाका उपभोक्ता घट्दै गएको उहाँले गुनासो गर्नु भयो । अर्का निर्देशक युवा व्यवसायी किरण केसीले आफ्नो बाबु स्व.सुर्य बहादुर केसीले क्लवसंगको सहकार्यमा सुरु गरेको मुख्यप्रायोजनको साथ आफुहरुले निरन्तरता दिदै जाने बताउनु भयो ।

पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले सहाराको २५ औं बर्ष गाँठ पुग्दै २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपसम्म आएकोले पोखरा महानगर संरक्षक भएको बताउनु भयो । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरूङले पोखरामा हुने उक्त प्रतियोगितामा मैदान निःशुल्क उपलब्ध गराउने बताउनु भयो । क्लवले सामाजिक कार्य गर्दै आएकोले मर्मत संहार तथा सरसफाई गरी निशुल्क मैदान उपलब्ध गराईएको उहाँले बताउनु भयो । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले उक्त प्रतियोगितालाई सफल पार्न आजैबाट जिम्मेवार भएर लाग्नु पर्ने बताउनु भयो । सहारा क्लव हङकङका अध्यक्ष दीपक गुरूङले क्लवको अभियानमा विदेशबाट निरन्तर सहयोग हुने बताउनु भयो । क्लवद्धारा संचालित सहारा एकेडेमीमा हाल ८ जिल्लाका १४ बालकहरू रहनु भएको छ ।

क्लवले सार्वजनिक गरिएको खेल तालिका अनुसार यही माघ १० गते समुह बीको त्रिभुवन आर्मी फुटबल क्लब र राइजिंग स्टार फुटबल क्लब बिच खेल हुने भएको छ । त्यसै गरी माघ ११ गते समुह एका मछिन्द्र क्लब र जावलाखेल युथ क्लब, समुह बी बाट माघ १२ गते नेपाल ए पी फ फुटबल क्लब र नेपाल पुलिस क्लब बिच खेल हुने भएर्को क्लवले जनाएको छ ।
त्यसै गरी क्वाटर फाइनलमा माघ १३ गते समुह एको पारो फुटबल क्लब भुटान र ९ गतेको बिजेतासंग खेल हुने भएको छ । माघ १४ गते समुह बीको संकटा क्लब र १० गतेको बिजेतासंग भिड्ने भएको छ भने माघ १५ गते समुह एको मनाङ मर्सायाङदी क्लब र ११ गतेको बिजेता बिच खेल हुने भएको छ ।
