देश तथा समाज पत्रिका

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियोलाई पोखरामा यसरी गरियो स्वागत

दीननाथ बराल पोखरा १३, कार्तिक जनवरी एक तारिख देखि प्राय सुनसान भएको पोखरा विमानस्थलमा सोमबार निकै तामझामका साथ रातको कार्पेट समेत विच्छाइएको थियो । पोखरा अन्तराष्ट्रिय विमानस्थल करिब ११ महिना संचालनमा आएसंगै सानो तथा हेलिकोप्टर एवं अल्ट्रालाइटको मात्र हवाई उडान गर्दै आएको जहाँ भिआईपि खासै नआएको सन्दर्भमा प्रायः सुनसान जस्तै भएको पुरानो विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस हेलिकोप्टरबाट आएसंगै निकै तामझाम गरिएको थियो । महासचिव गुटरेस सोमबार नेपाली सेनाको हेलिकोप्टर मार्फत पोखरामा ओर्लीदा निकै तामझामका साथ स्वागत गरिएको थियो… पुरा पढौ

पोखरामा रगत अभाव, सोमबार बिहान जिरो किमिमा रक्तदान कार्यक्रम हुने

सागर सुनार पोखरा, १२ कात्तिक पोखरामा रगत अभाव भएको छ । विरामीको शल्यकृया र रगत कम भएकाहरुका लागि आवश्यक पर्ने रगत अभाव भएको प्रादेशिक रक्तसंचार सेवा केन्द्र कार्यालयका प्रमुख अर्जुन ज्ञवालीले बताए । उनले दैनिक पोखरामा ७० युनिट रगत खपत हुने गरेकोमा दशैको बेला रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको बताए । उनले कात्तिक १० र ११ गते रक्तदान कार्यक्रम भएपनि जम्मा ५० युनिट मात्र संकलन भएको बताए । रगत अभावलाई कम गर्न अभिभावक गृहले सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको… पुरा पढौ

प्रतिभामा कोड फेस्टिभल सुरु

पोखरा, कात्तिक १२ पोखरा नदिपुर स्थित प्रतिभा माविमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुका लागि प्रतिभा कोड फेस्टिभल सुरू भएको छ । कार्तिक १२ देखि २४ गतेसम्म सञ्चालन हुने फेस्टिभलमा ४८ विद्यार्थी सहभागी छन् । कक्षा ६ देखि ९ सम्मका विद्यार्थीलाई कोडिङ ज्ञानका लागि कार्यक्रम आयोजना गरिएको हो । उक्त फेस्टिभलको उद्घाटन गर्दै विद्यालयका प्राचार्य किरण सापकोटाले अहिलेको प्रविधिको युगमा अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा प्रतिभा कोड फेस्टिभल कोशेढुंगा हुने विश्वास व्यक्त गरे । यो… पुरा पढौ

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो सोमबार पोखरामा आउने भव्य स्वागत गर्ने तयारी

दीननाथ बराल पोखरा १२, कार्तिक संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस सोमबार पोखरा आउने भएसंगै उनलाई भव्य स्वागत गर्ने तयारी गरिएको छ । चार दीन नेपाल भ्रमणमा आएका महासचिव गुटरेस औपचारिक भ्रमणका क्रममा सोमबार पोखरा आउने कार्यक्रम तय भएसंगै उहाँलाई पोखराका पर्यटन व्यवसायी र पोखरा महानगरपालिका सहितका संघ संस्थाले पन्चे बाजा गाजा सहित भव्य स्वागत गरिने भएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले एटुजेडलार्ई बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा आइतबार काठमाण्डौं आएका महासचिव गुटरेसलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय… पुरा पढौ

हरित यातायात प्रणाली विकास सम्बन्धी प्रशिक्षणमा सहभागी हुन महानगरको टोली कोरियामा

पोखरा, १२ कात्तिक हरित यातायात प्रणाली विकास परियोजना बारे कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ९केआरआरआई० द्वारा कोरियामा आयोजित हरित यातायात सम्बन्धी व्यावसायिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको नेतृत्वमा जनप्रतिनिधि सहित ९ सदस्यीय प्राविधिकहरूको टोली त्यस तर्फ प्रस्थान गरेको छ । टोलीमा प्रमुख प्रशासकीय अधिकृत थापा सहित कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, महानगरपालिकाको यातायात व्यवस्थापन समितिका उपाध्यक्ष अमृत शर्मा तिमिल्सीना, ई।सुरेन्द्र पौडेल, ई।ध्रुवराज भट्टराई, लेखा अधिकृत अर्जुन बराल, योजना अनुगमन महाशाखा प्रमुख कृष्ण… पुरा पढौ

पुम्दिभुम्दि स्थित कालावाङ घरेडीका कृषकलाई धान भित्राउने चटारो

जीवन बराल पोखरा ११ कार्तिक कार्तिक महिना लागे सँगै कालावाङ घरेडीमा यतिबेला धान काट्न तथा अन्न बाली भित्राउन सुरु गरेका छन् । कालावाङ घरेडी क्षेत्रको फाटँ लगायतका पाखो खेतमा किसानहरु धान काट्न व्यस्त भएका छन् । बिहान उठे पछि बेलुका सम्म यतिबेला कालावाङ घरेडीका किसानहरु धान काट्न खेतमै व्यस्त हुने गरेका छन् । जेठ असार महिनामा रोपेको धान काट्न सुरु गरिएको छ । यहाँ धानलाई मुख्य बालीको रुपमा लिने गरिएको छ । यस वर्ष समयमै वर्षा भएको कारण धानबाली पनि… पुरा पढौ

तालवाराही मन्दिरमा दर्शनार्थीको अत्याधिक भिड, तालवराही घाटमा मेला

दीननाथ बराल पोखरा ११, कार्तिक पोखराको तालवाराही मन्दिरमा दर्शन गर्नेहरुको शनिबार अत्याधिक भिड भएको छ । दशैं पर्वको अन्तिम दिन शनिबार (कोजाग्रतपूर्णिमा) पर्वको अवसरमा तालवराही मन्दिरमा दर्शन गर्ने दर्शनार्थी एवं पर्यटकहरुको बर्षकै अत्याधिक भिड भएको हो । पोखराको धार्मिक एवं पर्यटकीय गन्तव्य तालवराही मन्दिरमा बर्षको ३ सय ६५ दिन मध्य कोजाग्रतपूर्णिमा पर्वको दिनमा सबै भन्दा बढी भिड लागेकोे एक डुंगा व्यवसयाी पृतम कुंवरले दाबी गरे । शनिबार बिहानै देखि तालवराही मन्दिरको दर्शन गर्न तथा दशैंको जमरा सेलाउने एवं घुमघाम गर्ने… पुरा पढौ

फिर्केखोला मापदण्ड विपरितका भौतिक संरचना हटाउन महानगरको ३५ दिने सूचना

पोखरा ११, कार्तिक पोखराको फिर्केखोलाको मापदण्ड भित्र बनेका सबै प्रकारका भौतिक संरचना हटाउन पोखरा महानगरपालिकाले ३५ दिने सूचना जारी गरेको छ । महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएको भन्दाभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउन सूचना जारी गर्दै महानगरले ३५ दिने भित्र नहटाए महानगरले भत्काउने चेतावनी दिएको छ । पोखरा–१८ को अधेरीकुनादेखि सुरु भएर फेवातालमा मिसिने फिर्केखोलामा मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउन महानगरले ३५ दिने सार्वजनिक सूचना जारी गरेको महानगरका मेयर धनराज आचार्यले बताए । प्राविधिक समितिको… पुरा पढौ

पोखरामा चहल पहल बढ्यो , यात्रुको चाप बढ्दा व्यबस्थापन गर्न हम्मेहम्मे

दीननाथ बराल पोखरा १०, कार्तिक दशैं टिकाको चौथो दिन शुक्रबारदेखि पोखरामा पुनः चहल पहल ह्वात्तै बढ्न थालेको छ । दशैं टिकाको अघिल्लो दिन कार्तिक ६ गते देखि प्रायः सुनसान जस्तै भएको पोखरा क्षेत्रमा बिहिबारदेखि चहल पहल बढ्न थालेसंगै शुक्रबार देखि ह्वात्तै चहल पहल बढेको हो । सरकारी तथा गैरसरहकारी केही संघ संस्था सहित व्यपारीक पसलहरु समेत संचालन भएसंगै शुक्रबार बिहान देखि पोखराको बजारमा चहल पहल बढेको देखिन्छ । दशैं टिकाको चौथोे दीन पनि केहीले टिका थाप्ने क्रम जारी रहेको छ… पुरा पढौ

पोखरामा ६० प्रतिशत होटल अकुपेन्सि, पर्यटन व्यवसायी उत्साही

दीननाथ बराल पोखरा १०, कार्तिक हिजोआज पोखराको होटल क्षेत्रको अकुपेन्सि ६० प्रतिशत रहेको छ । यस बर्षको पर्यटनको सिजनको अवसरमा पोखरामा हाल ६० प्रतिशत होटल अकुपेन्सि भएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । उहाँका अनुसार हाल भारतीय सहित तेश्रो मुलुकका पर्यटकले करिब १५ प्रतिशत होटल अकुपेन्सि रहेको छ । बडा दशैं टिकाको दिनसम्म विदेशी तथा स्वदेशी गरी २० प्रतिशत जसो होटल अकुपेन्सि दशैं टिकाको भोलिपल्ट देखि भोलि कोजागतपूर्णिमा पर्व (शनिबार) सम्म ६० प्रतिशत होटल बुकिङ भएको सघले… पुरा पढौ