देश तथा समाज पत्रिका

प्रधानमन्त्री प्रचण्डद्धारा एसिसी यु–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई ज्ञापन

पोखरा ७, कार्तिक प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड) ले एसिसी यु–१९ प्रिमियर कपका विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुको उत्कृष्ट प्रदर्शनप्रति सामाजिक संजाल मार्फत धन्यवाद दिँदै उहाँले नेपाली क्रिकेट टोलीले गर्विलो उपाधि जित्न सकेको उल्लेख गर्नुभएको हो। मलेसियाको क्वालालाम्पुरमा आज भएको एसिसी प्रिमियर कपको अन्तिम प्रतिस्पर्धामा नेपाली खेलाडीले युएईलाई पराजित गरेको थियो । आज (मंगलबार) टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर यूएईलाई २ सय ८१ रनको लक्ष्य दिएको थियो… पुरा पढौ

दशैंको दीनमा पोखराका सडक पेटिमा रहेका तथा मजदुरलाई खानाको व्यबस्था गर्दै युवा व्यवसायी खतिवडा

दीननाथ बराल पोखरा ७, कार्तिक नेपालीहरुको महान पर्व बडा दशैंको दिन (मंगलबार) प्रायः अधिकांश व्यक्तिहरु आफ्ना आफन्तहरु कहाँ पुग्ने भेटघाट गर्दै मान्यजनहरुबाट टिका जमराको साथमा आर्शिरबाद थाप्न भ्याई नभ्याई भएको अबस्थामा पोखराका एक युवा व्यवसायी भने फरक ढंगले दशैं मनाउनु भएको छ । दशैंको टिकाको दिन सुरुमा आफ्नो घर परिवारमा टिका लगाए लगत्तै पोखराका सडक भेटिमा रहेका तथा दशैंमा एक छाक मिठो खान समेत समस्यामा परेका मजदुरहरुलाई एक छाक खाना खुवाउदै दशैं मनाउनु भएको हो पोखराका एक युवा व्यवसायी युवराज… पुरा पढौ

दशैं पर्वको रौनकः

पोखरा ७, कार्तिक बडा दशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले हर्स उल्लाहासका साथ आफु भन्दा ठुलाको मान्यजनबाट टिका तथा जमरा सहित आर्शिरबाद लिनु भएको छ । स्वदेश तथा विदेशमा आफु भन्द्या ठुला मान्यजनाबाट टिका तथा जमरा लिदै विभिन्न व्यक्ति तथा परिवारका सदस्यहरु ।   तष्विर सामाजिक संजाल पुरा पढौ

आज दशैँको मुख्य दिन विजयादशमी, टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

कार्तिक ७ पोखरा । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर २ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु… पुरा पढौ

पोखरा २२ को भुम्दीकोटमा महानवमी मेला

दीननाथ बराल पोखरा ६, कार्तिक पोखरा २२ (पुम्दी भुम्दी) को भुम्दीकोटमा आज मेला सुरु भएको छ । ऐतिहासिक धार्मिक एंव पर्यटकीय तिर्थस्थल भुम्दीकोटमा नवदुर्गा बिषेश पुजा सहितको मेला सुरु भएको हो । बडा दशै पर्वको अवसरमा आज महानवमी पर्वको अवसरमा बिषेश पूजा सहितको वलि समेत दिने कार्यक्रम रहेको स्थानिय दुर्गा प्रसाद बरालले बताउनु भयो । ऐतिहासिक धार्मिक एंव पर्यटकीय तिर्थस्थल भुम्दीकोट प्रचार प्रसारको कमीले छायामा परेको मन्दिरका पुजारी रुद्रनाथ पौडेलले गुनासो गर्नु भयो । बडा दशै र चैते दशै पर्वको… पुरा पढौ

२ सय ५५ मिटर अग्लो भिरमा झुन्डिएको स्काई क्याफेमा स्वास्थ्य मन्त्री बस्नेत

कुश्मा ६, कार्तिक स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले कुश्माको स्काई क्याफेमा मनोरञ्जन लिएका छन् । आफ्नो परिवार सहित कुश्मा पुगेका मन्त्री बस्नेतले स्काई क्याफेमा मनोरञ्जन लिएको द क्लिफ नेपालका कार्यकारी प्रमुख ईश्वर कार्कीले जानकारी दिए । कुश्मा र बाग्कुङ बिचको कालीगण्डकी नदी खोंचमा नदीदेखि २ सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरीमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफे अहिले निकै चर्चित छ । कार्कीका अनुसार मन्त्री बस्नेतले परिवारसहित क्लिफमा एक रात बिताएका थिए । शनिबार बिहान उनीहरूले स्काई क्याफेमा मनोरञ्जन लिएर फर्किएका… पुरा पढौ

पोखराबाट करिब एक लाख यात्रु बाहिरिए, आज देखि फ्रि क्यू

दीननाथ बराल पोखरा ६, कार्तिक पर्यटकीय नगरी पोखराबाट करिब एक लाख यात्रु बाहिरिएका छन्। दशैं पर्व लक्षित गरी पोखराबाट एक लाख भन्दा बढी यात्रु बाहिरिएको जिल्ला ट्राफिक कार्यालय कस्कीका प्रहरी बरिष्ठ नायव निरिक्षक शिव प्रसाद पाठकले बताउनु भयो । उहाँका अनुसार पोखरा सहित कास्कीबाट हालसम्म १ लाख २५ हजार यात्रु बाहिरिएका छन्। उहाँका अनुसार पोखरा सहित कास्कीमा शनिबारसम्म १ लाख ५ हजार जना यात्रु बाहिरिनु भएको छ भने कास्कीमा ७० हजार यात्रु भित्रिनु भएको हो । अघिल्ला बर्षको तुलनामा करिब… पुरा पढौ

दशैंमा पनि खुल्लै छ एड्भेन्चर हब ुद क्लिफु, स्वीङ र टेण्डम ९जोडी० स्वीङ गर्नेलाई छुट

पोखरा ६, कार्तिक एड्भेन्चर हब ुद क्लिफु दशैंमा पनि बन्द नहुने भएको छ । दशैँमा घुम्न निस्कने पर्यटक र पढाइ तथा अन्य विभिन्न कामको शीलशीलामा टाढा रहि दशैंको समयमा घर आएका स्थानियलाई लक्षित गरि एड्भेन्चर गतिविधि साथै रिसोर्ट खुल्लै राखिएको द क्लिफ प्रमुख कार्यकारी अधिकृत ईश्वर कार्कीले जानकारी दिए । साथै दशैंको अवसरमा स्वीङ र टेण्डम ९जोडी० स्वीङ खेल्नेले १० प्रतिशत छुटको पाउनेछन् । कम्पनीले दशैलाई लक्षित गरी छुटको घोषणा गरेको हो । कार्कीका अनुसार दशैंमा पीङ खेलिने भएर स्वीङमा छुट… पुरा पढौ

भूकम्पका कारण २० वटा घर भत्किए

पोखरा ५, कार्तिक आइतबार बिहान गएको भूकम्पका कारण धादिङको ज्वालामुखी गाउँपालिका(५, कुमालटारीमा २० वटा घर भत्किएका छन् । बिहान ७ः३९ बजे छ दशमलव १ रेक्टर स्केलको भूकम्प जादा बीस घर भत्किदा ७५ घर चर्किएको बतायएको छ । पटक पटक चार रेक्टर स्केल भन्दा माथिका भूकम्पका परकम्पहरू गएका कारण मानिसहरू घर बाहिर बसेको स्थानीय स्थानीयले ब ताए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरूको विस्तृत विवरण सङ्कलन जारी रहेको बताए । धादिङको साविक खरी… पुरा पढौ

पोखरा र काठमाण्डौंमा भूकम्पको धक्का

पोखरा ५,कार्तिक पोखरा र काठमाण्डौंमा भूकम्पको धक्का महशुस गरिएको छ । आज बिहान करिब करिब ७ः४० बजे भूकम्पको धक्का महशुस गरिएको हो । यसको थप जारकारी केही समय पछि आउने भएको छ । पुरा पढौ