
दीननाथ बराल
पोखरा १, माघ
आज माघ १ गते अर्थात माघे संक्रान्ति यस पर्वको अवसरमा ढुंगेसाँघुमा दर्शन गर्ने हाट बजारमा उस्तै भिडभाड भएको थियो । दैनिक उपभोग गर्ने बस्तुको किनमेल गर्नेहरुको भिड भएको हो । हाट बजारमा हस्तकला देखि दैनिक उपभाग्य बस्तुको किनमेल गर्नेहरुको बिहानै देखि भिडभाड भएको थियो ।

उक्त क्षेत्रमा विभिन्न व्यवसायीक करिब दुई हजार भन्दा बढी व्यपारीहरु सडकको दोहोरो साइडमा पसल राखेका थिए । ढुंगेसाँघुको करिब ३ सयम मिटर वरपरसम्म विभिन्न व्यपारीक स्टलहरु रहेका थिए भने पोखरा महानगरपालिकाले कन्दमुलको प्रर्दशनी समेत गरेको थियो ।

उक्त हाट बजारमा आगन्तुकलाई ढुंगेसाँघुमा निःशुल्क चिउरा, चाँकु, कन्दमुल, सेलरोटी पैसादको रुपमा चखाइएको थियो । बदाम देखि हस्तकलाका सामानहरु डोको, नाम्लो, नाङलो, हाँसी, कुटो, कोदालो, लगायतका बस्तुहरु सहित लक्ता कपडा सहित फेन्सि आइटम लगायतका व्यापारीक सडक पेटिमा रहेका थिए ।

उक्त हार्ट बजारमा १० हजार भन्दा बढी दर्शनार्थी पोखरा र कास्की आसपासबाट सहभागि हुनु भएको थियो ।

