पोखरा ४, माघ
‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ यही माघ ८ गते पोखरामा हुने भएको छ । उक्त कार्यक्रममा अष्ट्रेलियाका १३ बढी युनिभर्सिटीका प्रतिनिधि आउने भएको ग्लोबल रिच नेपाल पोखरा शाखाका संयोजक सरिता गुरुङले बताउनु भयो ।
अष्ट्रेलियाका विश्वविद्यालयहरूमा नेपालका विद्यार्थीहरूलाई पठाउनका लागि विगत ३२ वर्षदेखि काउन्सिलिङ गर्दै आइरहेको ग्लोबल रिच नेपालले माघ ८ गते सोमबार अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूका लागि लक्षित गर्दै ‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’सञ्चालन गर्न लागेको उहाँले बताउनु भयो ।
ग्लोबल रिचको भाटभटेनीमा स्थित पोखरा शाखाको कार्यक्रम सोमबार बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म सञ्चालन हुने तयारी गरिएको संयोजक गुरुङले जनाउनु भयो । कार्यक्रममा सहभागी हुने विद्यार्थी र अभिभावकले विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष रुपमा अन्तर्क्रिरया गर्ने अवसर प्राप्त गर्ने भएका छन् । साथै कार्यक्रममा अष्ट्रेलियामा लागु भएको नयाँ नियम र यसले पार्ने असरबारे समेत जानकारी गराइने हुँदा अष्टेलियाको अध्ययन बारे उक्त कार्यक्रमले थप सहयोग पुग्ने शाखा संयोजक गुरुङले दाबी गर्नु भयो ।
कार्यक्रममा विद्यार्थीहरूलाई शत प्रतिशतसम्म छात्रवृत्ति जानकारी उपलब्ध हुने भएको छ भने विद्यार्थीहरूले अष्ट्रेलियामा आफूले अध्ययन गर्ने विषय, विश्वविद्यालय, त्यहाँ लाग्ने खर्च तथा अध्ययन पछि सिर्जना हुने रोजगारीका अवसर लगायत विविध विषयमा अन्तक्रिया हुने भएको ग्लोबल रिचले जनाएको छ । कार्यक्रममा सहभागीताका लागि कुनै पनि शुल्क नलाग्ने संस्थाले जनाएको छ ।