सराङकोट ग्यारजातीमा बोलेरो जिप दुर्घटना परी चालकको मृत्यु, २ जना घाइते

-


     पोखरा क्लिक     
     माघ १० गते २०८० मा प्रकाशित


सागर सुनार
पोखरा १०, माघ

पोखरा १८ को सराङकोट ग्यारजातीमा बोलेरो जिप दुर्घटनामा परी चालकको उपचारकै क्रममा मृत्यु भएको छ । चिसाखोला (बेदबृद्दाश्रम मुनि) बुधबार बिहान करिब ९ः१५ बजे ग ३ च २६०३ नम्मबरको जिप दुर्घटना हुँदा जिप चालक ग्यारजातीका ४९ बर्षीय कृष्ण बहादुर थापाको उपचारकै क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

चालक थापाको करिब आधा घण्टाको प्रयास पछी रुखमा च्यापिएको अवस्थाबाट उद्धार गरि अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारकै क्रममा बिहान १०ः२० मा अस्पतालले उनलाइ मृत घोषणा गरेको अस्पताल श्रोतले जनाएको छ ।

उक्त दुर्घटनामा परी स्थानिय दुई बृद्धा ७० बर्षीया चन्द्रकला थापा, ६९ बर्षीया हिमकला थापा घाइते हुनु भएको स्थानिय बलराम तिमिल्सिनाले बताउनु भयो । हिमकलाको टाउको र चन्द्रकलाको ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । दुध वोक्ने गाडी मेथलाङबाट बाग्लुङ बसपार्क तर्फ आउदै गर्दा सडकबाट २० मिटर तल खस्न पुगेको थियो ।