दीननाथ बराल
पोखरा १३, माघ
पाहुना टोली भुटानको पारो एफसी आहा रारा पोखरा गोल्ड कपबाट बाहिरियो
थपिएको ३० मिनेटको अतिरिक्त समयमा आशिष चापागाई चम्कदा थ्री स्टार क्लव २३ ओैं आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रबेश गरेको छ । अतिरिक्त समयको २४ औं र २९ औं मिनेटमा चापागाईले दुई गोल गर्दा पाहुना टोली भुटानको पारो एफसी भने प्रतियोगिताबाट बाहिरिएको छ ।
तष्विर शुर्दशन रञ्जित
शनिबार पोखरा रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा थ्री स्टारले अतिरिक्त समयको सहायताबाट २—० को गोल अन्तरले पारो एफसीलाई पराजित गरि सेमिफाइनलमा यात्रा बनाएको हो । थ्री स्टारले अब मनाङ मस्र्याङदी र जाउला खेल युथ क्लव बिचको बिजेटासंग माघ १७ गते सेमिफाइनल खेलमा भिड्ने भएको खेल संयोजक पूर्ण बहादुर गुरुङले बताउनु भयो ।
९० मिनेटको निर्धारित समयमा दुबै तर्फ गोल रहित खेल बराबरीमा टुंगीए पछि खेल १५÷१५ मिनेटको अतिरिक्त समयमा धकेलिएको हो । चापागाईले डिबक्स भित्रबाट विपक्षि गोलरक्षक जाङपोलाई विट गर्दै उत्कृष्ट गोल गरी टिमलाई १—० को अग्रता दिलाए । अतिरिक्त समयको अन्तिम एक मिनेट बाँकी छदा पुनः चापागाईले एक गोल गरी टिमलाई सेमिफाइनलमा पुराएका हुन् । आजको खेलमा म्यान अफ दी म्याच समेत उहाँ घोषित हुनु भयो ।
पाहुना टोली भुटान पारो एफसीले खेलको सुरूवातबाटै थ्री स्टारलाई दबाबमा पारेको थियो । थ्री स्टारले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा निर्धारित समयमा गोल गर्न सकेन जितको लागि अन्ततः अतिरिक्त समयको सहायता नै लिनु पर्यो ।
यसैबिच, आईतबार दोश्रो क्वाटरफाइनल खेलमा गत बर्षको बिजेता संकटा क्लव बिरूद्व त्रिभुवन आर्मी क्लव बिच खेल हुने भएको सहारा क्लवका अध्यक्ष केशवराज बरालले बताउनु भयो । १२ टिम सहभागि भएको प्रतियोगिता यही माघ २० गतेसम्म पोखरा रंगशालामा संचालन हुदै छ । शनिबारको खेलमा अन्य दिनको तुलनामा केही बढी दर्शक सहभागि हुनु भएको थियो ।