
लेखनाथ, १३ माघ
पेशागत बीमा अभिकर्ता संघ नेपाल विमक समिति एल आइ सी (नेपाल) शाखा समिति लेखनाथको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले आगामी कार्यकालका लागि वर्तमान सह सचिव सु्न्दर शर्मा पौडेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्वत रुपमा आगामी दुई वर्षका लागि चयन भएको समितिको उपाध्यक्षमा प्रतिक्षा रानाभाट सचिवमा वलवहादुर श्रेष्ठ,कोषध्यक्षमा धन कुमारी वराली,सह सचिवमा सुरक्षा भट्टराई र सदस्यहरुमा मुरलीमोहन तिवारी,यम कुमारी भुजेल,मेनुका भण्डारी र प्रतिक्षा पौडेल रहेका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै पेशागत विमा अभिकर्ता संघका केन्द्रिय अध्यक्ष केदारनाथ अधिकारीले विमाको आवस्यकता र महत्वका बारेमा सवै बर्ग र तहलाई जानकारी गराउनका लागि अधिकर्ताहरु संगठीत भएर पेशागत सुरक्षाको प्रत्याभुती हुने गरि अगाडी वढ्नु पर्नेमा जोड दिएका थिए । साथै उनले संगठन विना आफना अधिकार स्थापित गर्न नसकिने भएकाले सस्थाको आवस्यकतालाई सवैले ध्यानमा राख्नु पर्ने सुझाव दिएका थिए ।
पेशागत बीमा अभिकर्ता संघ नेपाल विमक समिति एल आइ सी (नेपाल) शाखा समिति लेखनाथका अध्यक्ष भिमपाणी बरालको अध्यक्षतामा भएको कार्यक्रममा एल आई सी नेपाल गण्डकी प्रदेश प्रमुख हेमराज जोशी, । पेशागत बीमा अभिकर्ता संघ नेपाल विमक समिति एल आइ सी नेपालका सचिव अमन श्रेष्ठ, । पेशागत बीमा अभिकर्ता संघ नेपाल विमक समिति एल आइ सी (नेपाल) शाखा समिति पोखराका अध्यक्ष देवी तिमिल्सेना,एल आई सी नेपालका लेखनाथ साखा प्रमुख सुरज भट्ट लगाएतले विमा बजारको सवलिकरणका लागि देशको अर्थतन्त्र चलायमान हुनुपर्नेमा जोड दिएका थिए ।
पेशागत बीमा अभिकर्ता संघ नेपाल विमक समिति एल आइ सी (नेपाल) शाखा समिति लेखनाथका सचिव प्रकाश राईभाटले संचालन गरेको कार्यक्रममा सह सचिव सुन्दर पौडेलले स्वागत र कोषाध्यक्ष बलवहादुर श्रेष्ठले आर्थीक प्रतिवेदन पेश गरेका थिए ।





