डिफेण्डिङ् च्याम्पियन संकटा स्तव्ध, आर्मी आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रबेश

-


     पोखरा क्लिक     
     माघ १४ गते २०८० मा प्रकाशित



दीननाथ बराल
पोखरा १४, माघ


डिफेण्डिङ्ख च्याम्पियन संकटा क्लवलाई स्तब्ध बनाउदै विभागिय टोली त्रिभुवन आर्मी क्लव पोखरामा जारी २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको दोश्रो क्वाटरफाइनल खेलमा खेलमा आर्मीले संकटा माथि ३–० को गोल अन्तरले पराजित गरी स्तब्ध पार्दै अन्तिम चारमा स्थान बनाएको हो ।

आर्मीको जितमा जिलेस्पीजंग कार्कीको एक र दिनेश हेमजनले दुई गोलको योगदान दिनु भयो । पहिलो हापको अन्तिम समय अर्थात ४५ औं मिनेटमा भरत खबासको पासमा कार्कीले हेट मार्फत गोल गरी टिमलाई अग्रता दिलाउनु भयो । त्यसै गरी खेलको ४८ औं मिनेटमा संकटाका कुलदीप कार्कीको ह्याण्ड भएसंगै पाएको पेनाल्टीको अवसरलाई आर्मीले सदुपयोग गर्न सफल भयो ।

आर्मीका हेमजनले पेनाल्टी मार्फत गोल गरी टिमलाई जित सुनिश्चित पार्नु भयो । खेलको ७६ औं मिनेटमा कार्कीको पासमा हेमजनले उत्कृष्ट गोल गरी गोल अन्तर फराकिलो पार्नु भयो । आर्मीका हेमजन खेलमा म्यान अफ दी म्याच घोषित हुनु भएको छ । उहाँलाई ट्रफीको साथमा नगद दश हजार प्राप्त गर्नु भयो । आहा रारा पोखरा गोल्ड कपको इतिहासमा फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको आर्मीले यसपाली उपाधि जित्ने लक्ष्य राखेको छ ।

तष्विर शुर्दशन रञ्जित

समुह बीमा रहेको आर्मीले यही माघ १६ गते हुने नेपाल पुलिस क्लव र चर्च व्याइज क्लवको विजेतासंग यही माघ १८ गते दोश्रो सेमिफाइनल खेलमा भिड्ने भएको छ । शनिबार भएको खेलमा समुह एमा रहेको थ्री स्टार क्लवले पाहुना टोली भुटानको पारो एफसीलाई अतिरिक्त समयको सहायताबाट २—० को गोल अन्तरले पराजित गरि सेमिफाइनलमा यात्रा बनाएको छ ।
यसैबिच, सोमबार जाउला खेल युथ क्लव र मनाङ्ख मर्याङ्खदी क्लव बिचको क्वाटरफाइनल खेल हुने भएको सहारा क्लवका अध्यक्ष केशवराज बरालले बताउनु भयो ।

१२ टिम सहभागि भएको प्रतियोगिता यही माघ २० गतेसम्म पोखरा रंगशालामा संचालन हुदै छ । उक्त अवसरमा दर्शकलाई आकषर्ण गर्न फ्यान अफ दी म्याच समेत घोषणा सहित नगद ५ हजारले पुरस्कृत गरिएको छ । उक्त प्रतियोगितामा फुटवल अवलोकन गर्ने दर्शकहरु मध्यबाट विभिन्न ढंगले शेलिब्रेशन गर्ने व्यक्तिहरुलाई सम्मान गर्न लागिएको हो । नेपाल फोटो पत्रकार संघ कास्कीले यसमा समन्वय गरेको संघका अध्यक्ष दुर्गाप्रसाद पौडेलले बताउनु भयो ।



This will close in 20 seconds