आयोजकको लापरवाहीले प्याराग्लाइडिङ खेलाडी निसिम थापाको दुर्घटनामा परी मृत्यु भएको फाउण्डेसनको आरोप, दोषी उपर कारवाही गर्न अध्यक्ष थापाको माग
दीननाथ बराल पोखरा २०, मंसिर आयोजकको लापरवाहीले पदाकधारी खेलाडी निसिम थापाको दुर्घटनामा परी मुत्यु भएको निसिम थापा फाउण्डेसनका अध्यक्ष प्रकाश थापा एवं उहाँको परिवारले दाबी गर्नु भएको छ । गत बर्ष असोज ३० गते नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री विधाको प्याराग्लाइडिङ प्रतिस्पर्धाका क्रममा आयोजक संस्था राखेप सहितका अन्य संस्थाको त्रुटिका कारण दुर्घटनामा परी पदकधारी खेलाडी थापाको मृत्यु भएको फाउण्डेसनका अध्यक्ष प्रकाश तथा उहाँको परिवारले बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताउनु भएको हो । प्याराग्लाईडिङ उडानको अनुमती विना…
पुरा पढौ
पोखरामा विहिबार देखि राष्ट्रिय औद्योगिक व्यापार मेला, मेलामा बंगलादेश र पाकिस्तानबाट समेत स्टल
दीननाथ बराल पोखरा, २० मंसिर पोखरा उद्योग वाणिज्य संघको आयोजनामा भोलि (विहिबार) देखि पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु हुने भएको छ । पोखराको प्रर्दशनी केन्द्रमा आउदो पुस १ गतेसम्म संचालन हुने उक्त मेलाको अन्तिम तयारी पूरा भएको संघका अध्यक्ष पवनकुमार प्रजापतीले बताउनु भयो । मेलामा बंगलादेश र पाकिस्तानबाट समेत व्यवसायीक स्टल राखिने भएको अध्यक्ष प्रजापतीले जनाउनु भयो । उक्त मेलामा बंगलादेश र पाकिस्तानबाट समेत करिब ७ वटा स्टल रहने भएको उहाँले बताउनु भयो । नेपाल उद्योग बाणिज्य संघको समन्वयमा…
पुरा पढौ
तामाङको उपचारका लागि तमु धिं नेपालले १ लाख सहयोग
पोखरा, २० मंसिर तमु धिं नेपालले बोन म्यारोको उपचारत २५ वर्षिय इसाक तामाङलाई १ लाख रुपैया सहयोग गरेको छ । धादिङबाट पोखरा आई पोखरा महानगरपालिका वडा नं.१ कसेरीमा बस्दै आउनुभएका तामाङ एक वर्ष अघिदेखि बोन म्यारोको उपचारको क्रममा आर्थिक अभावले उपचारमा समस्याका कारण तमु धिं नेपालका स्थापित “मे.जयबहादुर गुरुङ, उदय चन्द्र, रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोष”को व्याजबाट उपचारका लागि सहयोग गरिएको हो। पोखरा महानगरपालिका वडा नं.१ कसेरीमा आयोजित कार्यक्रममा कोषका संस्थापक समाजसेवी रुपकुमारी गुरुङ, लक्ष्मी गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर…
पुरा पढौ
२२ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो बालक्लवहरुको पूर्वसदस्यहरुको सम्मेलन सम्पन्न
पोखरा २०, मंसिर २२ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै हिजोबाट सञ्चालित बालक्लवहरुको पूर्व सदस्यहरुको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । १९ वर्षदेखी २५ वर्षभित्रका देशभरका ६० जिल्लाबाट आएका युवाहरुले १० भन्दा बढी फरक फरक सत्रमा सहभागिता जनाई बाल सहभागिता, बाल संरक्षण, बाल बचाउ र बाल विकासका आयामहरु र अन्य विविध विषयहरु सहीत घोषणापत्र जारी गरेर सम्पन्न भएको आयोजक संस्था जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्षले बताउनुभयो । १८ वर्षको उमेर सम्म बालक्लवमा रहेर पासआउट भएका देशभरका १५० जना युवाहरु…
पुरा पढौ
आइटीएफमा दोश्रो सर्किटमा सिंगलतर्फ प्रि.क्वटर तथा डबल्समा क्वाटरफाइनल सम्पन्न
मंसिर २०,पोखरा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० को दोश्रो सर्किट अन्तर्गत सिंगलतर्फ प्रि.क्वाटरफाइनलका खेलहरु सकिएका छन् । डबल्सतर्फ क्वाटरफाइनल सम्पन्न भएको छ । बिहीबार ब्वाइज सिंगलतर्पm भएका खेलहरुमा जापानका रीकु हिगासीले नेपालका निहाल जंगबहादुर थापालाई ६–२,७–५ ले, नेपालक राजविर प्रधानले भारतका इसान्त पतरालाई ६–१,६–२ ले, भारतका जेसन डेभिडले नेपालका सक्षम विक्रम शाहलाई ६–२, ६–२ ले, अमेरिकाका आरब सम्राट हाडाले जापानका रुया सासामोतालाई ७–५,६–३ ले, भारतका प्रविण मुकेश छावडाले भारतका अनिकेत भेंकटरामनलाई ६–४,६–४ ले, एलेक्से सिवइवले…
पुरा पढौ
पोखरामा फुटवल प्रशिक्षक प्रशिक्षण सुरु , प्रदेशका खेलाडीलाई प्रोत्साहन गछौंः सदस्य सचिव शर्मा
दीननाथ बराल पोखरा २०, मंसिर पोखरा क्षेत्रको फुटवल खेलको विकास गर्न एएफसी सी लेवलको डिप्लोमा फुटवल प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा आज देखि पोखरा रंगशालामा एक हप्ते उक्त प्रशिक्षण सुरु भएको एन्फा कास्कीका अध्यक्ष उज्ज्वल रञ्जितले बताउनु भयो । गण्डकी प्रदेशका कास्की, बागलुङ, गोर्खा र मनाङ, त्यसै गरी डोल्पा, ललितपुर, काठमाडौं, विरगन्जबाट गरी २४ जना प्रशिक्षार्थीहरु रहेको उहाँले बताउनु भयो । पहिलो चरणको उक्त प्रशिक्षणमा दैनिक जसो ८ घण्टा प्रशिक्षण हुने भएको…
पुरा पढौ
भरतपुरका घर घरमा स्वास्थ्य सेवा, मेयर दाहालद्धारा कार्यक्रमको उद्घाटन
भरतपुर २०, मंसिर भरतपुरका घर घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गलाई स्वास्थ्य सेवा दिने कार्य सुरु भएको छ । स्वास्थ्यकर्मीहरुले विषेश गरी नसर्ने रोग लागेका विरामीलाई सेवा दिने छन् । बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर २४ मा समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम उद्घाटन गर्नुभयो । प्रमुख दाहालले दाहालले स्वास्थ्य सामग्री स्वास्थ्यकर्मीहरुलाई हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्दै महानगर प्रमुख रेनु दाहालले महानगरवासी सामान्य स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपरोस् भनेर यो…
पुरा पढौ
पञ्चासेमा बालाचतुर्दशी मेला तथा भलिबल प्रतियोगिता हुने
पोखरा, २० मंसिर कास्कीको धार्मिक पर्यटकीय स्थल पञ्चासेमा बालाचतुर्दशी मेला तथा भलिबल प्रतियोगिता हुने भएको छ । पञ्चासे आदर्श क्लबको आयोजनामा मंसिर २३ देखि २५ गतेसम्म १२ औं पञ्चासे बालाचतुर्दशी मेला तथा वडा स्तरिय भलिबल प्रतियोगिता हुन लागेको हो । मेलालाई आकर्षक बनाउनका लागि विभिन्न खेल प्रतियोगिताको आयोजना गरिएको पञ्चासे आदर्श क्लबका अध्यक्ष दिनेश गुरुङले बताए । उनका अनुसार वडा स्तरिय भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता, रस्सी तान्ने प्रतियोगिता समेत हुनेछ । मुख्य आकर्षक भलिबल प्रतियोगिताको प्रथम हुने टिमले नगद ७७…
पुरा पढौ
१२ औं पोखरा महोत्सव पुष २६ देखी महोत्सव सम्पन्न गर्न ३४ वटा उपसमिति गठन
पोखरा २०, मंसिर १२ औं पोखरा महोत्सव आगामी पुषको २६ देखी हुने भएको छ । युनाइटेड क्लबको आयोजनामा आगमी पुषको २६ देखी माघ ८ सम्म पोखराको अमरसिंह स्कुलको खेल मैदानमा १२ औं संस्करणको पोखरा महोत्सव आयोजना हुने भएको हो । महोत्सवको तयारी स्वरुप महोत्सव आयोजक युनाइटेड क्लबले अध्यक्ष राजु श्रेष्ठ मुल आयोजक समिति रहने गरी विभिन्न ३४ वटा उपसमितिहरु गठन गरिएको छ । जसमा कार्यसम्पादन उपसमिति उपसमितिमा लालकाजी गुरुङ, अतिथि ब्यवस्थापन तथा सत्कार उपसमितिमा हिमालय बख्रेल, संघ संस्था ब्यवस्थापन उपसमितिमा…
पुरा पढौ
इण्डो नेपाली फिल्म ‘हिटम्यान’ टोली पोखरामा
पोखरा २०, मंसिर नेपाल–भारत संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘हिटम्यान’को टोलीले पोखरा आएर पत्रकारसँग साक्षत्कार गरेको छ । बुधबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारसँग हिटम्यानका नायक एवम् निर्देशक विष्णु अधिकारीले साक्षत्कार गरेका हुन् । अधिकारीले हिटम्यान १६ भाषामा रिलिज हुने जानकारी गराए । उनले पहिलो पटक इण्डो नेपाली फिल्म ओटिटी प्लेटफर्म अमेजनमा प्रदर्शन हुने समेत उल्लेख गरे । आउँदो फेबु्रअरी १५ मा विश्वव्यापी प्रदर्शन हुने फिल्मको पोस्टर र टिजर भने सार्वजनिक गरिएको छ । काठमाडौं…
पुरा पढौ

