
Swimmer Gaurika Singh pose for photo with medals in Sillong, Inda on Wednesday, February 10, 2016. Photo: Mahesh Acharya
पोखरा २९, माघ
नासिर याहा हुसेन र गौरिका सिंहले मित्र राष्ट्र कतारको दोहामा जारी बिश्व एक्वाटिक्स च्याम्पियनसिपमा पुरानो किर्तिमान भंग गरेका छन् । नासिरले २०० मिटर फ्रिस्टायलमा अर्को किर्तिमान बनाएका हुन् । नासिरले जापानको फुकुवाका सहरमा आयोजना भएको बिश्व एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरेको १ मिनट ५७।२६ सेकेन्डको समयमा ०।८७ सेकेन्ड समय सुधार गर्दै १ मिनट ५६।३९ सेकेन्ड समयको नयाँ किर्तिमान काय गरेको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी गराएका छन् ।

नासिरले हिजो आईतबार भएको ४०० मिटर फ्रिस्टायलमा पनि ४ मिनट ५।६५ सेकेन्डको नयाँ किर्तिमान कायम गरेका थिए ।
यस्तै आजै सम्पन्न १०० मिटर ब्याकस्ट्रोकमा गौरिकाले आफ्नै नाममा रहेको पुरानो किर्तिमान भंग गर्दै नयाँ १ मिनट ५।४७ सेकेन्डको किर्तिमान कायम गरेकी हुन् । गौरिकाले जापानको फुकुवाकामा भएको बिश्व एक्वाटिक्स च्यामिपयनसिप २०२३ मा राखेको १ मिनट ६।८० सेकेन्ड समयमा १।३३ सेकेन्ड समय सुधार गर्दै नयाँ किर्तिमान कायम गरेकी हुन् ।
मास्टर्स एथलिट कमिटीले भेट्रान खेलाडीहरुलाई सम्मान गर्ने
भेट्रान खेलाडीहरुको छाता संगठन मास्टर्स एथलिट कमिटीले पूर्व भेट्रान खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।
कमिटीले आफ्नो समयमा खेलकुद विकासमा बिशिष्ट योगदान पु¥याएका र राष्ट्रका लागि रगत पसिना बगाएका खेल ब्यक्तित्वहरुलाई फागुन १३ गते सम्मान गर्न लागेको हो । जसमा टेबल टेनिसका ९४ बर्षिय खेलाडी कवि केशरी बस्नेत र ८८ बर्षिय वाई।पी। लोहनी, फुटवलका ८८ बर्षिय डा। खगेन्द्र बहादुर श्रेष्ठ, ८४ बर्षिय श्याम के।सी।, ८२ बर्षिय खेलकुद फोटो पत्रकार समेत रहेका श्याम चित्रकार र ७९ बर्षिय बिश्व प्रकाश थापा रहेका छन् । यस्तै कमिटीले ८० बर्षिया महिला एथलेटिक्स खेलाडी, जसले समाजको परिवर्तनको संवाहकको रुपमा समेत आफुलाई स्थापित गर्न सफल भएकी, डा। कोकिला बैद्यलाई पनि सम्मान गर्न लागेको हो ।
कुनै बेला राष्ट्रका लागि खेल्दै रगत पसिना बगाएका तथा समाजमा परिवर्तनको संवाहकको रुपमा समेत रहिसकेका ब्यक्तित्वहरु जो आज गुमनाम जस्तै रहेका छन् तीनलाई सम्झंदै सम्मानका साथ खेलकुदका नव युवाविच परिचय गराउनु यस सम्मान कार्यक्रमको मुख्य उद्धेश्य रहेको एथलिट कमिटीका अध्यक्ष जि।एन। शर्माले बताए ।