पोखरा २९, माघ
विशिष्ट प्रमुख अतिथि प्रा. हरि शरण उपाध्यायल आफू देवघाटबाट आएर यो आश्रमको संचालन तथा पठान पाठन हेर्दा ९६ बर्षसम्मको अनुभवनमा ऋषिकुल आश्रम जस्तो अनुशासित देखेर हर्षित भएको बताए ।
प्रा.डा. जगन्नाथ रेग्मीले कृतिको समीक्षा सह प्रा.डा. भोलानारायण रेग्मीले कृतिको परिचर्चा सह प्रा. कपिलदेव भट्टराईले सम्पादकीय मन्तव्य व्यक्त गरे। परिषद्का अध्यक्ष नरहरि बरालको अध्यक्षतामा भएको कार्यक्रममा वेद विद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिना, संयोग बस्याल लगायतले वोलेका थिए ।
पोखरा चिसाखोला बेद विद्याश्रममा संस्कृतिविद् नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङ र निम्बार्क वैष्णव परिषद्का अध्यक्ष हरिशरण उपाध्यायचाट पुस्तक लोकार्पण गरेको परिषदका अध्यक्ष नरहरि बरालले बताए । कार्यक्रममा नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङले बेंद विद्याश्रमको यज्ञशाला, गाईसेवा र वेदको पठनपाठन नेपालके उत्कृष्ट रहेको र विश्व शान्तिको कामनाका लागि हवनको अपरिहार्य रहेकोले आफ्नो धर्म संस्कार, संस्कृति भुल्न नहुने बताए।
पूर्व कर्मचारी सेवा परिषद, कास्कोको आयोजना तथा पोखरा चिसाखोला बेद विद्याश्रमको सह आयोजनामा पुष्प कविता संग्रह लोकार्पण गरिएको छ । दयासागर पराजुलीद्वारा रचित सृजनाका लता पुष्प’ कविता संग्रह हालै पोखरामा लोकार्पण गरिएको हो । यसैबिच, उक्त अवसरमा पोखरा–१८, ग्यारजाली घर भई हाल काठमाडौं निवासी दयासागर पराजुलीले आफ्ना पिता÷माता चिन्तामणि÷नन्दकली तथा मामा÷माइजू अग्नि होत्री प. केदारनाथ, दिव्यश्वरी उपाध्याय तिमिल्सिनाको स्मृतिमा पोखरा चिसाखोला वेद बिद्याश्रम सञ्चालन एवं आवासीय विद्यार्थीको भोजनका लागि अक्षयकोष स्थापना गरेका छन्। उनले ५ लाख ५५ हजार ५ सय ५५ को अक्षयकोष स्थापना गरी वेद विद्याश्रमका संरक्षक मोक्षनाथ तिमिल्सिनालाई हस्तान्तरण गरे ।