वडा स्तरिय अन्तर बिद्यालय छात्र÷छात्रा ५ किलोमिटर सडक दौडमा छोरेपाटनका भण्डारी र रोकालाई उपाधि

-


     पोखरा क्लिक     
     फागुन ८ गते २०८० मा प्रकाशित



दीननाथ बराल,

पोखराको छोरेपाटन माविका छात्र तथा छात्राले वडा स्तरिय अन्तर बिद्यालय स्तरिय ५ किलोमिटर सडक दौड प्रतियोगितामा उपाधि जितेका छन्। पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको पुल्चोक क्लबको आयोजनामा हालै सम्पन्न भएको उक्त प्रतियोगितामा छात्रातर्फ बाट छोरेपाटन माध्यमिक विद्यालयकी नारायणी भण्डारी तथा छात्रतर्फ छोरेपाटनकै तेन्जोन रोका मगरले उपाधि जितेका हुन् ।

भण्डारीले निर्धारित दुरी २६ मिनेट १२ सेकेन्डमा पूरा गर्दै प्रथम हुदा रोका मगरले १८ मिनेट ४५ सेकेन्डमा दौड पुरा गरी प्रथम हुन सफल भएका हुन् । छात्रा तर्फ २६ मिनेट ३४ सेकेन्डमा दौड पुरा गरी छोरेपाटनका विष्णु थापा दोश्रो हुदा छात्रतर्फ २० मिनेट ५४ सेकेन्डमा दुरी पुरा गरी छोरेपाटनकै प्रकाश थिङ दोश्रो भए ।

छात्रा तर्फ २७ मिनेट १४ सेकेन्डमा दौड पुरा गरी छोरेपाटन माध्यमिक विद्यालयका का कञ्चन लिम्बू तेश्रो भए भने छात्रतर्फ २१ मिनेट ७ सेकेन्डमा दौड पुरा गरी पार्दी माध्यामिक विद्यालयका भगत गुरुङ तेस्रो भए । छात्रातर्फ २७ मिनेट ४५ सेकेन्डमा दौड पुरा गरी छोरेपाटनका साधना सेवा र छात्र तर्फ २२ मिनेट २० सेकेन्डमा दौड पुरा गरी छोरेपाटनकै समीप परियार शान्त्वना भए । प्रतियोगितामा प्रथम हुने दुबै छात्र र छात्रा लाई जनही ८ हजार साथमा मेडल प्रमाणपत्र, दोस्रो लाई छ हजार तेस्रो हुनेलाई पाँच हजार मेडल प्रमाणपत्र र सान्त्वनालाई तिन हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

पोखरा वडा नम्बर १७ को प्रबद्र्धनमा भएको प्रतियोगितामा १२० जना विद्यार्थीको सहभागिता रहेको क्लवका अध्यक्ष सुरज खवासले बताए । पार्दी मा।वि। बाट सुरु भएको दौड छोरेपाटन पेट्रोल पम्प,तितेपानी,पुल्चोक(ड्यामसाइड,रास्ट्रबैकचोक, मुस्ताङ चोक हुँदै पार्दी मा।वि। सम्म दौड तय गरेको थियो ।


विजयी खेलाडीहरुलाई पोखरा महानगरपालिका वडा नं। १७, वडा अध्यक्ष राधिका शाही योगी, पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, ड्याम साइड क्लवका अध्यक्ष प्रताप गुरुङ, खेल संयोजन बिक्रम गुरुङ, वडा सदस्य तारा परियार, टोल विकास संस्थाका पदाधिकारील पुरस्कार वितरण गरे ।प्रतियोगितालाई सफल पार्न युनिएस ट्रेनिङ एण्ड भिजा, एस हेल्पिङ ह्यान्ड सोसियल इन्टरप्राइजेज, श्री पार्दी मा.वि. , प्रोटिन हाउस पोखरा, डेभिज फल क्लब, बिरौटा सुइम एण्ड फिटनेस गोनेसा नेपाल, फिटनेस हब पोखराको सहकार्य रहेको क्लवले जनाएको छ ।