देश तथा समाज पत्रिका

निशुल्क सैलुन तालिममा २० युवाको सहभागिता

गण्डकी, २७ मंङसिर पोखरा महानगर आर्थिक महाशाखा व्यवसाय प्रवद्र्धन केन्द्रको आर्थिक सहयोग एवम् शिशिर व्यूटीपार्लर एण्ड ट्रेडिङ सेन्टर पोखरा १७ को आयोजना आजदेखि ३९० घण्टाको सैलुन(कपाल काट्ने) तालिम आजदेखि शुरु भएको छ । तालिममा महानगरपालिकाका बिभिन्न वडाका दुईजना महिला सहित २० जना युवाको सहभागिता रहेको छ । स्वदेशमै पेशा व्यवसाय गर्ने र सिपका आधारमा विदेश जाने सहभागिको सामुहिक भनाई रहेको छ । पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमको उद्घाटन गर्दै सिकेको ज्ञान र सिपको भरपुर… पुरा पढौ

डा.आचार्य, शर्मा र बास्तोला सम्मानित हुने एटुजेडका सम्पादक बराललाई आर्थिक पुरस्कार

पोखरा, २८ मंसिर पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान ३ जना पत्रकारलाई प्रदान गरिने भएको छ । कास्की शाखाले सञ्चालन गरेको पत्रकारिता वृत्ति सम्मानबाट पत्रकार डा. सुरेश आचार्य, माधव शर्मा र कृष्णप्रसाद बास्तोला सम्मानित हुने भएका हुन् । नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७७ बाट पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्यलाई सम्मान गर्न लागिएको हो । सोही सम्मान २०७८ बाट प्रेस स्वतन्त्रता सेनानी तथा कास्की शाखाका… पुरा पढौ

तमूवान स्वायत्त प्रदेश घोषणा नभएसम्म संघर्ष गर्ने चेतावनी

पोखरा २७, मंसिर तमू समुदायको युवा संस्था तमू युवा ह्युल छोंज धींले पहिचान सहितको तमूवान स्वायत्त प्रदेश घोषणा नभएसम्म संघर्ष गर्ने चेतावनी दिएको छ । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा तमू युवा ह्युल छोंज धींले गण्डकी प्रदेशलाई पहिचान सहितको तमूवान स्वायत्त प्रदेश घोषणा नभएसम्म संघर्ष गर्ने चेतावनी दिएको हो । तमू युवा ह्युल छोंज धीं केन्द्रिय समिति काठमाण्डौंको ईलाममा हालै सम्पन्न दोश्रो महाधिवेशनले जारी गरेको १५ बुंदे घोषणा पत्र समेत बुधबार पोखरामा सार्वजनिक गर्दै समितिले आफ्ना गुमेको अधिकार प्राप्ती गर्ने… पुरा पढौ

संघले कानुन नबनाउने, प्रदेशले गाली खानुपर्ने ः मुख्यमन्त्री पाण्डे

पोखरा २७, मंसिर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघले कानुन नबनाउँदा प्रदेशले गाली खानुपरेको बताएका छन् । संघ सरकारले बनाउनुपर्ने कानुन निर्माण नहुँदा प्रदेश सररकाले बनाएका कानुन कार्यन्वयनमा पनि समस्या भएको उनले बताए । ‘कानुन निर्माणमा माथिबाट सहजिकरण गरिदिनु पर्ने आवश्यकता छ, संघ सरकारले बनाउनुपर्ने कानुन नबनाएको कारण प्रदेश र स्थानीय सरकारले काम गर्न अफ्ठ्यारो परेको छ’ प्रदेश बिकास समस्या समाधान समितिको बुधवारको बैठकमा मुख्यमन्त्री पाण्डेले भने । निजामती सेवा ऐन, प्रहरी समायोजना ऐन, जग्गा प्राप्ती ऐन, शिक्षा ऐन आउला… पुरा पढौ

माविस्तरिय प्याब्सन स्पोर्टस मिटमा बास्केटबल तर्फ प्रतिभालाई दोहोरो उपाधि

पोखरा २७, मंसिर निजि तथा आवाशिय विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित माविस्तरिय कक्षा ९–१२ लक्षित ‘प्याब्सन स्पोर्टस मिट २०८०’ अन्तर्गत प्रतिभा माविले दोहोरो उपाधि जितेको छ । पोखरा रंगशालामा तिन देखि जारी प्रतियोगिता अन्तर्गत छात्ररछात्रा बास्केटबलमा प्रतिभाले दुबै तर्फ जित हासिल गरेको हो । सम्पन्न छात्रतर्फको फाइनलमा माउन्ट अन्नपूर्ण माविलाई ६५–५९ को स्कोरले पराजित गरि उपाधि जित्दा छात्रातर्फ ग्लोबल कलेजियटलाई ४०–१८ को स्कोरले पराजित गरि उपाधि जितेको हो । त्यस्तै छात्र बास्केटबलमा मनकामनाले मेरिगोल्डलाई ५०–४० को स्कोरले जित्दै तेश्रो… पुरा पढौ

राष्ट्रिय माविको हीरक जयन्ती, विद्यालयद्धारा सम्पुर्णमा आभार व्यक्त

पोखरा, २७ मंसिर आफनो स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा २० मंसिरमा आयोजना गरेको प्रभातफेरी सगै हीरक जयन्ती शुभारम्भ समारोहमा सहभागि सम्पुर्णमा पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आभार व्यक्त गरेको छ । विद्यालयले बुधबार एक प्रेस विज्ञप्ती जारी गदै प्रभातफेरी सगै शुभारम्भ कार्यक्रम सहभागि प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि, पोखरा महानगरपालिका विभिन्न वडाका जनप्रतिनिधिहरु सगै वडा शिक्षा समितिका सदस्यहरु, सुरक्षाकर्मी, पत्रकार, सशस्त्र प्रहरी बल नेपाल ४ नं बाहिनीको ब्याण्ड, छिमेकी विद्यालयहरु, आमा समूह,… पुरा पढौ

व्यापार मेलामा सांगीतिक कार्यक्रमको रौनक बढ्दै

पोखरा, २७ मंसिर पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला उत्कर्षतिर अगाडि बढेको छ । मंसिर २१ गतेबाट सुरु भएको मेला अगाडि बढ्दै जाँदा सहभागिता र कारोबारमा वृद्धि हुँदै गएको आयोजक संस्था पोखरा उद्योग वािणज्य संघले जिकिर गरेको छ । ‘उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराउने र उद्यमशीलता सिकाउने उद्धेश्यमा समर्पित मेलाले आफ्नो लक्ष्य प्राप्ति गर्दैछ,’ संघका अध्यक्ष पवनकुमार प्रजापतिले भने,‘मेलामा हालसम्म भएको सहभागिताले हामी उत्साहित छौँँँँ ।’उनले बिहीबारदेखि अवलोकनकर्ता अझै बढ्ने अनुमान लगाए । संघका… पुरा पढौ

अपाङ्गतामा विवेभदरहितको निति अवलम्बन आवश्यक छस् सभामुख धिताल

पोखरा, मंसिर २६ गते अपाङ्गता भएका व्यक्तिहरुमा अधिकार सम्बन्ध ऐन २०७४, युएनड्रिप र सि। आर। पि।डी सम्बन्धी एक दिने नेतृत्व विकास तालिम पोखरामा सम्पन्न भएको छ। मंगलवार नेपाल आदिवासी जनजाति अपाङ्ग संघ ९निडा० को आयोजना एवं फोर्ड फाउण्डेशन र एआईपीपीको सहयोग रहेको यस तालिमको उद्‌घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सभामुख कृष्ण प्रसाद धितालले अपाङ्गतामा विवेभदरहितको नितिलाई अवलम्बन गरि सबैलाई समेट्न आवश्यक रहेको बताउनुभयो । उहाँले फराकिलो ढंगले लाग्न सुझाव दिदै अपाङ्‌गताको विषय जनजातिको मात्र नभई हरेक समुदायको रहेको… पुरा पढौ

अबैध रुपमा प्राकृतिक दोहन गर्ने ५६ वटा सवारी साधन प्रहरी नियन्त्रणमा

पोखरा २६, मंसिर कास्कीमा अबैध रुपमा प्राकृतिक दोहन गर्ने ५६ वटा सवारी साधनलनाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । कास्की जिल्ला अन्तर्गत विभिन्न स्थानमा प्राकृतिक नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिल समेत बनाई चोरी निकासी गर्दै गरेको अबस्थामा प्रहरीले ५६ वटा सवारी साधनलाई नियन्त्रणामा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार बि.क.ले बताउनु भयो । अवैध रुपमा प्राकृतिक दोहोन भएको स्थानीय जनगुनासो तथा सूचनाको आधारमा प्रहरी टोलीले आज (मंगलबार) अवैध रुपमा नदिजन्य पदार्थ ढुङगा, गिट्टी,… पुरा पढौ

व्यापार मेलामा गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरु

पोखरा, २६ मंसिर पोखरा महानगरपालिका एवं प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्द्धारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुले पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाको अवलोकन गरेका छन् । शिक्षालयका प्रशिक्षकहरु कृष्णप्रसाद धिताल,मनोज पौडेल र सुमन सुवेदीको नेतृत्वमा आएका शिक्षालयमा डिप्लोमा इन अटोमोवाइल्स इञ्जिनियरिङ अध्यनरतसहित करिब ८० जना विद्यार्थीले अटो,औद्योगिक तथा मेड इन नेपाल पेभेलियनसहित मेलामा रहेका स्टलहरुको अवलोकनसहित शैद्धान्तिक र प्राविधिक ज्ञान लिएका हुन् । विद्यार्थीहरुलाई अध्ययन–अवलोकनको माध्यमबाट व्यवहारिक शिक्षा दिने नीति अनुरुप यो भ्रमण तय गरिएको शिक्षालयका निर्देशक लक्ष्मण… पुरा पढौ