मनमोहन कप राष्ट्रिय यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

-


     पोखरा क्लिक     
     फागुन ७ गते २०८० मा प्रकाशित


दीननाथ बराल,

पोखरा ७, फागुन,


मधेश प्रदेशले तेश्रो मनमोहन कप राष्ट्रिय १६ बर्ष मुनिका खेलाडीहरु सहभागि खेल (यू–१६) क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा मधेश प्रदेशले सुदुर पश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो ।

विजेता भएको मधेश प्रदेशले उपाधि सहित नगद १ लाखका प्राप्त गर्दा उपविजेता भएको सुदुर पश्चिमले भने नगद ५० हजारका साथमा ट्रफी र पमेडल, प्रमाण—पत्र प्राप्त परेको छ । खेलमा म्यान अफ दी म्याच मधेश प्रदेशका धिरेन्द्र पाश्वास घोषित हुनु भयो । पहिला व्याटिङमा उत्र्रिएको सुदुर पश्चिम प्रदेशले निर्धारित २५ ओभरको खेलमा २०.२ ओभरमै अल आउट हुदै ८६ को झिनो रनको योगफल तयार पार्यो । ८७ रनको लक्ष्य पाएको मधेश प्रदेशले भने ५ विकेटको क्षतीमा २०.१ ओभरमै (८८ रन) लक्ष्य पूरा गर्न सफल भएको हो । सुदुर पश्चिमका बिशाल विष्टले २४, निराजन गौतमले १८ रन जोड्नु भयो भने मधेश प्रदेशका धिरेन पाश्वानले ४ र रोहन यादले ३ विकेट लिनु भयो ।

मधेश प्रदेशको जितमा परिमार्जन यादवले ३०, मोहमद अरमानले २० रनको योगदान दिनु भयो भने सुदुर पश्चिमका डम्बर माझीले २ विकेट लिनु भएको थियो । प्रतियोगितामा मधेश प्रदेशका चन्दन राम उत्कृष्ट खेलाडी घोषित हुनु भयो । उहाँले ब्याटिङतर्फ ५ खेलमा ८३ रन जोड्न सफल हुनु भयो भने १० विकेट लिन सफल हुनु भएको हो ।

त्यसै गरी प्रतियोगितामा उत्कृष्ट बलरमा सुदुर पश्चिमका डम्बर माझी घोषित हुदा मधेश प्रदेशका राहुल हक अन्सारी उत्कृष्ट ब्याट्स म्यान हुन सफल हुनु भयो । विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, पूर्व मन्त्री एवं सेन्टरका उपाध्यक्ष रामकुमारी झाँक्री, मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष एवं संघिय सांसद ठाकुर प्रसाद गैरेले लगायतले पुरस्कार वितरण गर्नु भएको हो । गत माघ २८ गते देखि सुरु भएको प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहेको थियो ।