सामुदायिक सेवा केन्द्र वगरको रक्तदान

-


     पोखरा क्लिक     
     फागुन ७ गते २०८० मा प्रकाशित


पोखरा, ७ फागुन

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा ७४ औं प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडा नं १ को सहयोग तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा १ को सहकार्यमा भएको उक्त रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले जिल्ला प्रहरी कार्यालय कास्की सामुदायिक प्रहरी शाखामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहलाई व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक थापा गण्डकी प्रदेश सरकारबाट उत्कृष्ट प्रहरी कर्मचारी घोषित भइ पुरस्कृत भएकोमा बधाइ ज्ञापन गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमु्ख अतिथी थापाले सामुदायिक सेवा केन्द्र वगरका हरेक गतिविधि उत्कृष्टता रहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमको निरन्तरताको खाँचो रहेको औल्याए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका उपमन्त्री रमा कोइराला रक्तदानबाट कसैको जिवन वचाउन सकिने बताउँदै यस्तै संघ संस्थाको सक्रियताबाट नै रगत अभाव झेल्न नपरेको उल्लेख गरिन् ।

पोखरा महानगर पालिका वडा नं १ का वडा सदस्य जुमकाजी गुरुङ, सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयका प्रथम उपाध्यक्ष तथा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका पूर्व अध्यक्ष मनापति भण्डारी, केन्द्रका संस्थापक अध्यक्ष सिता गुरुङ, पूर्व अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, पूर्व अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा १ वगरका सभापति जीवन अधिकारी, निवर्तमान अध्यक्ष रामभूषण पराजुली, सल्लाहकार प्रेम बहादुर गुरुङ, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा लेखनाथका अध्यक्ष कृष्ण अधिकारी, एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष विश्वमोहन गौचन, लागू पदार्थ नियन्त्रण समाज सुधार आमा समूहकी अव्यक्ष कल्पना बास्तोलाले बोलेका थिए ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक वावुराम भण्डारीले स्वागत र कोषाध्यक्ष कृष्णबहादुर तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।