
७ फागुन, पोखरा
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शन नेपालले रेडक्रसलाई पुरानै अवस्थामा फर्काउने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको छैटौँ साधारण सभाको उद्याटन गदैँ नेपालले त्यसका लागि विधान अधिवेशनको तयारी भइरहेको बताए ।
देश संघीयतामा गइसेको अवस्थामा रेडक्रसको संरचनालाई पनि सोही अनुसार पुनरसंरचना गरिने नेपालले बताए ।
‘पालिका तहलाई पनि विधान महाधिवेशनबाट समेटेर संरचना बनाउछौँ, समावेसी सहितको विधान बनाएर महिला लगायत सबैको प्रतिनिधित्व सुनिश्चित गछौँ नेपालले भने ।’
रेडक्रसले विधान संशोधनका लागि फागुन २७ र २८ गते विधान अधिवेशन गर्न केन्द्रयी समितिले निर्णय गरिसकेको छ ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रसका महामन्त्रत्री भूपती श्रेष्ठले चार÷पाँच वर्ष पहिलेदेखी धमिलिएको रेडक्रसको छवी अहिले पुनः विश्वाश आर्जन गरेको बताए । अन्तराष्ट्रिय स्तरमा रेडक्रसको छवी कायम गर्ने तर्फ केन्द्रीत भएर अहिले काम भइरहेको श्रेष्ठलेको भनाई छ । नयाँ समिति निर्वाचित भएर आए पछि संस्था नविकरण भएको श्रेष्ठले बताए । केन्द्रीय उप–कोषाध्यक्ष डोलराज पाण्डेले रेडक्रसका मुल्य र मान्यतालाई बोकेर हिड्न सक्नुपर्ने बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य दिनेश अर्यालय, बागलुङ जिल्ला अध्यक्ष जगन्नाथ अर्याल, कास्की जिल्ला उपसभापति उर्मिला खड्का लगायतले बोल्दै रेडक्रसलाई संस्थागत विकासमा जोड दिए । लेखा समिति संयोजक डा. देविलाल शर्माले संस्थाको आफ्नै कार्यालय स्थापना, कर्मचारी व्यवस्थापन लगायतका विषय औँल्याएका थिए । प्रदेशको बस्तु स्थिति वारे प्रतिवेदन पेश गदैँ अध्यक्ष सूर्यप्रसाद ढकालले प्रदेश सरकारसंग मिलेर नीति निर्माण र प्रकोपमा काम भइरहेको जानकारी दिए ।
साधारण सभामा महासचिव रामदत्त पौडेलले वार्षिक गतिबिविध प्रस्तुत गरेका थिए ।
प्रदेशमा ११ जिल्ला, २८६ वटा उपशाखा, १५२ जुनियर सर्कल र ७३७ यूवा सर्कल रहेको जानकारी दिए । रेडक्रस अन्र्तगत २२ वटा एम्बुलेन्स रहेकोमा ९ वाटा विग्रेको पौडेलले प्रतिवेदन पेश गरे । प्रदेशमा बाढीपहिरो, डुबान, चट्याङग, आगालागी, हिमपात, हिमपहिरो, सडक दुर्घटना हावाहुरी, असिना लगायतका विपद्का घटना घटेका छन् । पौडेलले १५ सय परिवारका लागि गैह्खाध्य गोदाम रहेको बताए । कार्यक्रममा स्याङजा जिल्ला शाखाका कार्यलय प्रमुख मित्र प्रसाद लम्साललाई सम्मान गरिएको थियो ।