टीम पोखरा मल्टिपर्पोजको रक्तदानमा १ सय ५ युनिट रगत संकलन

-


     पोखरा क्लिक     
     फागुन ७ गते २०८० मा प्रकाशित


पोखरा ७, फागुन

टीम पोखरा मल्टिपर्पोज प्रा.लि.ले आयोजना गरेको रक्तदानमा १ सय ५ युनिट रगत संकलन भएको छ । युवा ब्यवशायीहरुद्धारा स्थापित टीम पोखरा मल्टि पर्पोेज प्रा.लि.को दोश्रो वार्षिकोत्सवको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका हुन ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले रक्तदान कार्यक्रमका संयोजक प्रालिका सदस्य दिनेश कुमार जिसीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । रक्तदान कार्यक्रममा बोल्दै वडा अध्यक्ष बरालले युवाहरु विदेश पलायन भइरहेको परिप्रेक्षमा युवा ब्यवशायीहरुद्धारा स्थापित टीम पोखरा मल्टि पर्पोेज प्रालिले ब्यवशाय संगै सामाजिक कामलाई अनुसरण गरेर अगाडी बढेकोमा धन्यवाद ब्यक्त गरे ।

टीम पोखरा मल्टिपर्पोज प्रालिले आगामी दिनमा आयोजना गर्ने सामाजिक तथा ब्यवशायीक क्रियाकलामा सहकार्य गरेर अगाडी वढ्ने वडाअध्यक्ष बरालको भनाइ रहेको थियो । त्यस्तै समाजसेवी राजु पौडेलले युवाहरु विदेश पलायन भइरहदा युवाहरुले ब्यवशाय सञ्चालन गरी संस्था स्थापना गरी सामाजिक कार्य गरेकोमा सामाजिक काम प्रति आभार प्रकट गर्दै सामाजिक क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरे ।

त्यस्तै नेपाल फर्निचर तथा फर्निसिङ ब्यवशायी संघ कास्कीका अध्यक्ष पूर्णशोभा गुरुङले ब्यवशायीहरुले आफ्नो ब्यवशाय संगै सामाजिक क्रियाकलापलाई अगाडी बढाएकोमा धन्यवाद ब्यक्त गरिन ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र गण्डकीका प्रतिनिधी यमुना केसीले हरेक तीन तीन महिनामा खेर गइरहने रगतलाई रक्तदान गरी रगतको अभावलाई पूरा गर्न सहयोग गरेकोमा रक्तदान गर्ने सम्पूर्ण रक्तदातालाई धन्यवाद ब्यक्त गरिन ।

टीम पोखरा मल्टिपर्पोज प्रा.लि.का अध्यक्ष नारायण खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष पुष्कल ढकालले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमका संयोजक दिनेश कुमार जिसीले धन्यवाद मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन संस्थाका सचिव रावत लामाले गरेका थिए ।



This will close in 20 seconds