देश तथा समाज पत्रिका

खेलकुद प्रतियोगिता तयारीको लागि गण्डकीमा बजेट अभाव

पोखरा १२, पुष आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने तय भएको दशौं राष्ट्रिय खेलकुदलगायत, राष्ट्रपति कप र बागमतीमा आयोजना हुने प्रदेशस्तरीय प्रतियोगिताको तयारीको लागि गण्डकी प्रदेशमा बजेट अभाव भएको छ । प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश पोखराले बिहीबार खेलकुदसँग सम्बन्धित सरोकारवालासँगको छलफल कार्यक्रमको आयोजना गरेर यो विषयमा जानकारी गराएको हो । परिषदका सदस्य सचिव श्रीधर शर्माका अनुसार यसको तयारी गर्न हुने दोस्रो गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको लागि जिल्ला स्तरीय छनोट तथा प्रदेश स्तरीय प्रतियोगिता र… पुरा पढौ

सहारा क्लब हङकङ सल्लाहकार देव गुरुङद्वारा निरन्तर सहयोग

पोखरा, ११ पुस सहारा क्लब हङकङका सल्लाहकार कानुन व्यवसायी देव गुरुङले सहारा क्लब पोखरालाई सहयोग गरेका छन् । पोखरा लामाचौर स्थायी घर भई हाल हङकङ बस्दै आएका उनी समाजसेवीको रुपमा पनि चिनिन्छन् । उनले क्लबलाई निरन्तर सहयोग गर्दै आएका छन् । २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप तयारी हुँदै गर्दा पोखरा आएका बखत उनले ५१ हजार नगद प्रतियोगिता संयोजक एवं क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलाई हस्तान्तरण गरे । सो अवसरमा उनलाई क्लबले स्वागत तथा सम्मान गरेको छ । सहारा… पुरा पढौ

पूर्व रजिष्ट्रार पराजुली पक्राउ

पोखरा ११, पुष पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली पक्राउ पर्नु भएको छ । एक सहकारीको सेवा विस्तार गर्ने क्रममा मोटो रकम लिएकोे आरोपमा रकम हिनामिना एवं ठगी गरेको जाहेरी अनुसार सहकारी ठगी कसुरका प्रतिवादीको रुपमा उहाँलाई कुश्मा नगरपालिकाको कार्यालयमा उपसचिव पदमा कार्यरत ५२ का पराजुलीलाई बुधबार नै पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । स्याङजा वालिङ ११ धनपुरे स्थायी घर भई हाल पर्वत कुश्मा नगरपालिका वडा नं. ५ बस्दै आउनु भएको पराजुलीले पोखरा ९ नयाँबजारमा संचालनमा रहेको मित्र मिलन बचत तथा… पुरा पढौ

ल्होसारका अवसरमा पर्यटन विषयक अन्तरक्रिया

पोखरा, ११ पुस तमुुहरूको महान पर्व मुप्री ल्होसार÷ल्होछार का अवसरमा गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशले मंगलबार पोखरामा ‘पर्यटन उद्यमशीलता, राजनीतिमा गुुरुङहरूको सहभागिता एवम् गुुरुङ संस्कार र संस्कृति’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियामा वक्ताहरूले पर्यटन क्षेत्रको विकासमा गुरुङ समुदायको विशिष्ट योगदान भएको बताउँदै पर्यटन आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएकोमा जोड दिए । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेशको समृद्धिको प्रमुख आधार पर्यटन भएको बताउनुुभयो । समृद्धिका अन्य विभिन्न आधार रहे पनि यस प्रदेशको… पुरा पढौ

२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी

पोखरा ११, पुष कास्की जिल्ला टेनिस संघको आयोजनामा २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी दोश्रो दिन जारी रहेको छ । माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरा टेनिस कम्लेक्समा जारी प्रतियोगितामा ओपन मेन्स सिंगल्स तर्फ नेपालका नं १ बरियता खेलाडी प्रदिप खड्काले आफ्नो दोश्रो जित निकालेका छन् । प्रदिपले दर्शिल श्रेष्ठलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरेका हुन् । सम्यक बज्रचार्यले आरभ सम्राट हाडालाई ६–३, ६–४ ले पाखा लगाउँदा प्रणब मानन्धरले निहाल जङ्ग बहादुर थापालाई ६–४, ४–६,… पुरा पढौ

हिसानको निवन्ध लेखनमा प्रतिभाकी अनुष्का आचार्य प्रथम

पोखरा ११, पुष उच्च माविहरुको छाता संस्था (हिसान) गण्डकीले आयोजना गरेको प्रदेशस्तरीय निवन्ध लेखन प्रतियोगितामा पोखराको पालिखेचोकस्थित प्रतिभा माविकी छात्रा अनुष्का आचार्य प्रथम भएकी छिन । त्यस्तै तालचोकस्थित डायमन्ड माविकी कला भूजेल द्वितीय र करुणानिधी एजुकेसन फाउन्डेसन (केफ)की कृतिका गौतमले तेश्रो स्थान हात पारेकी छिन् । मासबारको स्टेप बाइ स्टेप विद्यालयकी निशा पोखरेल चौथो बनिन । विद्यार्थीमा भएको क्षमता बाहिर ल्याउने उद्देश्यले निवन्ध प्रतियोगिता आयोजना गरेको कार्यक्रम संयोजक तथा हिसान गण्डकीका सचिव डा. पुन्यप्रसाद शर्माले जानकारी दिए । गण्डकी हिसानका… पुरा पढौ

वातावरणीय साक्षरता दिलाउन पश्चिमाञ्चल मावि र जापानी विश्वविद्यालयबीच सम्झौता

पोखरा, पुस ११ वातावरण सम्बन्धि सचेतना फैलाउँदै पोखराको वायुमण्डलमा रहेको कार्बन डाइअक्साईडको मापन गर्न जापान सरकारको सहयोगमा विद्यालयस्तरमा अध्ययनका लागि सम्झौता भएको छ । जापान सरकारको शिक्षा मन्त्रालयमार्फत त्यहाँको नागोया साङग्यो विश्वविद्यालयले नेपालका विभिन्न सहरको वायुमण्डलमा रहेको कार्बन डाईअक्साइडको अवस्थाबारे अध्ययन गर्न थालेको हो । विद्यालयका विद्यार्थीमार्फत वातावरणसम्बन्धि साक्षरता फैलाउने र वायुमण्डलको कार्बन डाईअक्साइडको मापन गर्न सहकार्य गर्नेगरि गैहपाटनस्थित पश्चिमाञ्चल मावि र जापानी विश्वविद्यालयबीच सम्झौता पनि भएको छ । पोखरा, काठमाडौं, बुटवल लगायतका सहरका विभिन्न विद्यालयमार्फत ती ठाउँको वायुमण्डलमा रहेको… पुरा पढौ

पोखरा महोत्सवलाई ग्रीन डेभलपमेन्ट बैंकको साथ

पोखरा ११, पुष बाह्रौँ पोखरा महोत्सवमा ग्रीन डेभलपमेन्ट बैंकले सहकार्य गर्ने भएको छ । रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रयोजक रहेको बाह्रौँ पोखरा महोत्सलाई पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैैंकले महोत्सवको बैंकिङ पार्टनरमा रहेर सहकार्य गर्ने भएको हो । आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा हुने बाह्रौँ संस्करणको पोखरा महोत्सवमा सहकार्य गर्ने गरी युनाइटेड क्लबका कोषाध्यक्ष तथा महोत्सवका अर्थ ब्यवस्थापन संयोजक सूर्य बहादुर बानियाँ र ग्रीन डेभलपमेन्ट… पुरा पढौ

पोखरामा ‘१२ दुर्वासा’ नाटक मञ्चन तयारी

पुस ११, पोखरा पोखरामा नाटक ‘१२ दुर्वासा’ मञ्चन तयारी सुरु भएको छ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा यहीं पुष २६ गतेबाट मञ्चन हुने नाटकको यतिबेला धमाधम रिहर्सल भइरहेको हो । अमेरिकन नाटककार रेग्नाल्ड रोजले लेखेको नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गरेका छन् । परिवर्तनको निर्देशनमा तयार हुने नाटकमा १३ जना कलाकारले अभिनय गर्नेछन् । यो नाटकको लागि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘ट्राभर्स स्टेज’ निर्माण गरिदैछ । यस्तो स्टेजको प्रयोग गन्धर्व नाटकघरमा पहिलो भएकोलले दर्शकले नौलो अनुभव समेत गर्न पाउनेछन् ।… पुरा पढौ

नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको अध्यक्षमा गोपाल राई

पोखरा ११, पुष नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको केन्द्रीय अध्यक्षमा गोपाल राई निर्वाचित भएका छन । पोखरामा सम्पन्न नेपाल फिजिकल ट्रेनिङ एशोसियसन केन्द्रीय समितिको पाँचौ महाधिवेशनबाट गोपाल राई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका हुन । १३ सदस्यीय कार्यसमिति रहेको एशोसियसनको उपाध्यक्षमा टेक बहादुर गुरुङ, सु.मे. शेरबहादुर गुरुङ र अनिल राई निर्वाचित भएकाछन । त्यसैगरी महा सचिवमा हिमालय बिक्रम लिम्बु, कोषाध्यक्षमा केहरसिंह गुरुङ र सचिवमा बिमानसिं तामाङ निर्वाचित भएका छन । एशोसियसनको सदस्यहरुमा रिजन तामाङ, दयाराम राई, युवराज गुरुङ, गज बहादुर… पुरा पढौ