अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न क्षेत्रका महिला सम्मानित

-


     पोखरा क्लिक     
     फागुन २५ गते २०८० मा प्रकाशित



पोखरा २५, फागुन

अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा गण्डकी प्रदेश सरकारले विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मान गरेको छ । महिलाहरुलाई उत्साह थप्न, शसक्तिकरणको जगलाई बलियो बनाउन र महिलाको क्षेत्रमा लगानी गरि समाजलाई समविकासको अवधारणामा गुडाउनका लागी विभिन्न क्षेत्रका महिलाहरुलाई प्रदेश सरकारले प्रोत्साहन गर्न सम्मान गरेको हो ।

गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय को उत्कृष्ट महिला सहयोग कार्यक्रम अन्र्तगत गण्डकीका विभिन्न जिल्लावाट विभिन्न विधामा सम्मानित प्रतिभाहरुलाई सम्मान गरेको हो । पत्रकारिता क्षेत्रवाट सम्मानित हुनुभएकोमा कास्कीका क्रियाशिल पत्रकार दुर्गा अधिकारी, राधिका कर्णेल, प्रतिक्षा काफ्ले, पत्रकार एवं हिमाल आरोही पूर्णिमा श्रेष्ठ, सामाजिक अभियन्ता विना सिलवाल दिदी, टेवानका अध्यक्ष कमला गिरी रहेकी छन्। उनीहरुलाई सम्मानको साथमा नगद पचास हजार प्रदान गरिएको छ ।

त्यस्तै हिमाल आरोही दिकी ल्हमु लामा, नानुमाया गुरुङ, उद्यमीहरु हिरा भट्टराई, कान्छी गुरुङ र चन्द्रकला राना, सामाजिक अभियन्ता कमला पराजुली, साहसिक पर्यटनतर्फ फुन्जो झाङ्मु लामा, मनु गुरुङ, खेलकुदबाट रेखमाया गुरुङ, भाषा संस्कृतिबाट तारामाया थापालाई सम्मान गरिएको सामाजिक विकास मन्त्रालयले पोखराक्लिकलाई जनाएको छ ।मन्त्रालयका सचिव प्रकाश पौडेल, गण्डकी प्रदेशको नीति तथा योजना आयोगका सदस्य डा। सुवास अधिकारी, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी लगायतले सम्मान गरे ।