देश तथा समाज पत्रिका

भेट्रान्स टेनिस प्रतियोगिता सुरु, सरकारले लगानी गरेका खेल पूर्वाधारहरु बालुवामा पानी जस्तै भएको छ–मन्त्री लिम्बु

पोखरा, पौष १० नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्वुले खेलकुद क्षेत्रमा सरकारको लगानीमा रहेका धेरै पूर्वाधारहरु अधुरो रहेको जनाएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा मंगलबारबाट सुरु भएको “२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” को उद्घाटनको क्रममा सो कुरा बताएका हुन् । उनले भने–“म अहिले ४० जिल्लाको भ्रमणबाट फर्किएको छु । ति जिल्लाका खेल पूर्वाधारहरु निर्माण सम्पन्न नहुँदा खण्डहर बन्दै गएका छन् । सरकारको लगानी बालुवामा पानी जस्तै भएको छ ।… पुरा पढौ

कस्केली अधिकृत समाजद्वारा स्वास्थ्य सचेतना

पोखरा, १० पुुस कस्केली अधिकृत समाजले समाजका सदस्यलाई लक्षित गरी आज पोखरामा स्वास्थ्य सचेतना सम्पन्न गरेको छ । समाजको वार्षिक कार्ययोजना अनुुुरुप दुखाई व्यवस्थापन(पेन म्यानेजमेन्ट), क्लोरेष्टोर एवम् अन्य स्वास्थ्य सचेतना लगायत विविध विषयमा चिकित्सकहरूले प्रशिक्षण दिनुुभएको थियो । कार्यक्रममा पेन फिजिसियन डा.हरि पौडेलले दुखाई स्वास्थ्य समस्या रहेको बताउँदै बेलैमा यसबारे सचेत र उपचारविधि अपनाउन सकेमा शारिरिक एवम् मानसिक रुपमा पार्ने थप असरहरूबाट बच्न सकिने बताउनुुभयो । अर्का चिकित्सक डा. सन्तोष बानियाले आहारविहारमा सचेतना अपनाउन सकेमा क्लोरेष्टोर लगायतका स्वास्थ्य समस्याबाट जोगिन… पुरा पढौ

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लेखनाथ, ९ पुस ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको पाँचौ दिन सोमबार मात्रै ४० हजार दर्शकहरुले अवलोकन गरेका छन । सोमबार क्रिसमस डे बिदाको दिन समेत परेकाले महोत्सवमा दर्शकहरुको संख्या वढेको र यसले कारोबारमा समेत वृद्धि भएको महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी राजु ले जानकारी दिए । सोमबार मात्रै १ करोड भन्दा माथी कारोबार भएको सुबेदीले जानकारी दिए । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल… पुरा पढौ

सुखावतीको चौथो शाखा पोखरामा, पावरहाउस क्षेत्रमा सरसफाई

पोखरा, ९ पुुस सुखावती स्टोर फाउन्डेशन नेपालले आफ्नो चौथो शाखा पोखरा महानगरपालिका वडा नं १७ पावरहाउसमा सञ्चालनमा ल्याएको छ । प्रयोग भैसके पनि पुनः प्रयोग गर्न मिल्ने सामाग्री सङ्कलन÷प्रशोधन गरी न्युन मूल्यमा विक्री गरेर भएको आम्दानी परोपकारी काममा लगाउँदै आएको सस्थाले सन् २०१४ देखि सडकबाटै आफ्नो सेवा सञ्चालन गरेको थियो । सन् २०१६ मा कानुनी रुपबाटै नाफा वितरण नगर्ने संस्थाका रुपमा सेवा सुरु गरेको सुुखावती स्टोरका काठमाडौंमा तीनवटा शाखा सञ्चालनमा आइसकेकोमा यही अक्टोबर ११ बाट पोखरा महानगरपालिका वडा नं १७… पुरा पढौ

ब्राह्मण समाज पोखरा १ मा पराजुली

पोखरा, ९ पुस ब्राह्मण समाज नेपाल वडा ईकाई समिति पोखरा १ को अध्यक्षमा माधवप्रसाद पराजुली चयन भएका छन् । समाजको सम्पन्न तेस्रो साधारण सभा एंव अधिवेशनले पराजुलीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । पराजुली दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन । अधिवेशनले समितिको उपाध्यक्षमा रुद्र सुवेदी, सचिवमा कृष्ण सुवेदी, सहसचिवमा नारायणी सुवेदी, कोषाध्यक्षमा रामजी पौडेल सगै सदस्यहरुमा कल्पना (रोजी) पराजुली, लक्ष्मी शर्मा, कृष्ण प्रसाद बास्तोला, उमा कोईराला, सिता पराजुली र विष्णु पौडेललाई चयन गर्यो ।… पुरा पढौ

पोखरामा यःमरी महोत्सवको रौनक जनवरी महिना भित्र पोखरालाई पर्यटकीय राजधानि घोषण गर्ने मेयर आचार्यको भनाई

दीननाथ बराल पोखरा ९, पुष पोखरा महानगरकाका मेयर धनराज आचार्यले पोखरालाई आउँदो जनवरी महिना भित्र पर्यटकीय राजधानिको रुपमा घोषण दाबी गर्नु भएको छ । पोखरा ४ स्थित गणेश टोलको सडकमा सोमबार संचालन भएको यःमरी महोत्सव एवम् यःमरी बनाउने प्रतियोगिताको उद्घाटन गर्दै मेयर आचार्यले उक्त कुरा बताउनु भएको हो । पोखरालाई पर्यटकीय राजधानिको रुपमा घोषणा गर्न गण्डकी प्रदेश सरकार र पोखरा महानगरको संयुक्त पहलमा संघ सरकार समक्ष आग्रह गर्दै आएको बताउदै मेयर आचार्यले जनवरी महिना भित्र संघ सरकारले पोखरालाई पर्यटकीय राजधानिको… पुरा पढौ

सुमेरु सेकुरिटीज (ब्रोकर नं ३९) को शाखा पोखरामा

पोखरा ९, पुष धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) ब्रोकर नं ३९ (सुमेरु सेकुरिटीज प्रा।लि) ले पोखराको सृजना चोकमा नयाँ शाखा शुरु गरेको छ । यो सँगै पोखरामा सेयर कारोबार गर्ने ब्रोकरको संख्या ११ पुगेको छ । पुस ९ गते सोमवार पूर्व उद्योग मन्त्री महेश बस्नेतले एक कार्यक्रममा विच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । यस अघि पोखरामा १० वटा ब्रोकरहरुले आफ्नो सेवा दिँदै आएका थिए । नेपाल धितोपत्र बोर्डले ब्रोकर विस्तार फुकुवा गरेसँगै यस वर्ष… पुरा पढौ

पुस १० मा प्रदर्शनी केन्द्रमा ख्रीष्टमश महोत्सव हुने

पोखरा ९, पुष पुस १० गते पोखराको प्रदर्शनी केन्द्रमा ख्रीष्टमश महोत्सव हुने भएको छ । मेलामा शुभकामना आदानप्रदानका लागि विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने छ । “सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरुसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति” भन्ने मूल नारासहित महोत्सव हुन लागेको हो । महोत्सवमा येशू ख्रीष्टको जन्मोत्सवको अवरमा पोखराका चर्च सदस्यबीच शुभकामना आदानप्रदानको लागि महोत्सव आयोजन हुन लागेको हो । महोत्सवमा चर्चित गायक कर्णदास, अमृत पुन, लिलि रसायली, जोएल खड्का, पिटर थापा, प्रेम तामाङ, अनुज कुलुङ, द गोस्पल… पुरा पढौ

स्वास्थ्य क्षेत्रमा धेरै अनियमितता छः मन्त्री बस्नेत

दीननाथ बराल पोखरा ९, पुष नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा धेरै अनियमितता भएको बताए । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाले आईतबार पोखरामा आयोजना गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ प्रादेशिक सार्वजनिकिकरण कार्यक्रममा वोल्दै मन्त्री बस्नेतले उक्त कुरा बताएका हुन्। देशको राजधानि काठमाण्डौं जस्तो स्थानमा पनि ९० प्रतिशत जसो अवैधानिक रुपमा मेडिकल तथा स्वास्थ्य संघ संस्थाहरु संचालन भएको बताउदै मन्त्री बस्नेतले यसको नियमन नियमित रुपमा हुनै पर्नेमा जोड दिए ।… पुरा पढौ

फुटपाथ व्यापारी र नगर प्रहरी बिच झडप हुँदा लेखनाथ महोत्सव केही समय प्रभावित झडपमा परी एक नगर प्रहरी घाइते

डि.एन.बी. पोखरा ८, पुष महोत्सवको गेट अगाडी फुटपाथ व्यापारी र पोखरा महानगरको नगर प्रहरी बिच झडप हुँदा लेखनाथ महोत्सव केही समय प्रभावित भएको छ । पोखराको तालचोकमा जारी १९ औं संस्करणको लेखनाथ महोत्सवको चौंथो दिन आईतबार करिब मध्यान्हः १२ः बजे देखि नगर प्रहरी र फुटपाथका व्यवसायीहरु बिच सामान्य भनाभन हुदै केही समय पछि एक आपसमा धकेलाधकेल हुदै झडप हुदा केही समय महोत्सव नै स्थगित गर्नु परेको थियो । महोत्सवको मुल गेट अगाडी झडप भएसंगै आइतबार दिउँसो केही समय महोत्सव स्थगित… पुरा पढौ