राष्ट्रपतिद्वारा पत्रकार पौडेल परिवारप्रति समवेदना प्रकट

-


     पोखरा क्लिक     
     फागुन २४ गते २०८० मा प्रकाशित


राष्ट्रपति रामचन्द्र पौडेलले पोखराका अग्रज पत्रकार रमेश पौडेल परिवारप्रति समवेदना प्रकट गरेका छन् । रेडियो बाराहीका प्रबन्ध निर्देशक रमेश पौडेलका ममतामयी आमा इन्द्रकला पौडेलको गत फागुन १४ गते कुस्मा ९, कटुवाचौपारी ज्ञादीस्थित आफ्नै निवासमा निधन भएको थियो ।

राष्ट्रपति पौडेलले बिहीबार टेलिफोनमार्फत आमा इन्द्रकलाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै पत्रकार पौडेल परिवारप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।

त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिना, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्र थापा, कृषिमन्त्री महेन्द्रध्वज जिसी, एमाले, माओवादी पार्टीका नेता तथा गण्डकी प्रदेश सांसदहरुले पौडेल परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, गुरु बराल, नेपाली कांग्रेस गण्डकी प्रदेशका उपाध्यक्ष कल्पना तिवारी, महामन्त्री विष्णु लामिछाने, माननीयहरू, विभिन्न पालिकाका प्रमुख तथा अध्यक्षहरु, नेपाली कांग्रेस पार्टी पर्वत जिल्लाका सभापति युवराज जोशी माओवादी, एमाले लगायत पार्टीका नेताहरु, उद्योगपति, पर्यटन व्यवसायी, शुभचिन्तक, आफन्तजनबाट श्रद्धाञ्जली एवं परिवारप्रति समवेदना प्रकट गर्ने क्रम जारी नै रहेको छ ।

नेपाल प्रेस युनियनका निवर्तमान केन्द्रीय उपाध्यक्ष पत्रकार पौडेल गोरखापत्र दैनिकका गण्डकी ब्यूरोका प्रमुख हुन् । नेपाली कांग्रेस गण्डकी प्रदेश समिति सदस्य उनी रेडियो वाराहीका कार्यकारी निर्देशक हुन् ।

इन्द्रकलाका रमेशसहित स्व.खगेन्द्र पौडेल, प्रेमनारायण पौडेल, जय शर्मा पौडेल र नेल्टा गण्डकी अध्यक्ष सहदेव पौडेल र दुई छोरीहरु सीता सापकोटा र विना अधिकारी छन् ।



This will close in 20 seconds